काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका छन् ।
अध्यक्ष माधव कुमार नेपालले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गरेपछि खनालले पहिलो पटक एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।
गएराति गुण्डु पुगेका खनालले आफ्नो जीवनसंगिनी रवि लक्ष्मी चित्रकारको उपचारको सिलसिलामा कमरेड केपी ओलीले देखाएको सद्भावलाई विशेष धन्यवाद दिएका छन् ।
भेटमा वर्तमान राजनीतिको बारेमा पनि सामान्य छलफल भएको छ । भेटपछि प्रेस नोट जारी गर्दै खनालको सचिवालयले सञ्चारमाध्यममा आएको जस्तो भ्रमपूर्ण समाचारका पछि नलाग्न आग्रह गरेको छ ।
यस्तै आज उनले नेकपा (माओवादी केन्द्र) का संयोजक कमरेड पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने कार्यक्रम रहेको खनालका प्रेस सहयोगी मिलन उपाध्यायले जानकारी दिएका छन् ।
माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय भए पनि खनाललगायतका नेताहरूले भने बहिस्कार गरेका छन् ।

