जिल्ला अदालत काभ्रेपलाञ्चोकले दलित अभियन्ता खगेन्द्र सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको छ । न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
सुनारमाथि अदालतको अपहेलना र अधिवक्तामाथि अपशब्द प्रयोग गरेको आरोपमा विद्युतीय कारोबारसम्बन्धी मुद्दा दायर गरिएको थियो । बिहीबार बिहान उनी काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका थिए ।
 
                                                             
         
         
         
         
         
         
         
         
                                                                                           
    
    
    
    
    
   

