• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ५. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,


  •   मङ्गलबार, कार्तिक ११, २०८२ मा प्रकाशित
  • ११ कात्तिक, काठमाडौं । सरकार गठनमा निर्णायक भूमिका खेलेका काठमाडौं मेयर बालेन शाहले यसबीचमा प्रधानमन्त्री सुशीला कार्कीलाई दुईपटक भेटिसकेका छन् । उनी संघीय सरकारका प्रमुखलाई भेट्न यसअघि आनाकानी गर्दै आएका पालिका प्रमुख हुन् ।

    Advertisement

    सरकारका एक मन्त्रीका अनुसार केही दिनअघि उनले फेरि प्रधानमन्त्री कार्कीलाई भेटे । अघिल्लोपल्ट कुमार बेनसहित सौहार्द गफ गरी फर्केका उनले यसपल्ट एक्लै बालुवाटार गए । सरकारमाथि दबाब बढाउने गरी प्रस्तुत भएका उनले आफ्ना चार सरोकारहरु कार्कीसँग राखे ।

    एक, जेनजी आन्दोलनमा दमनको निर्देशन दिने तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल गिरफ्तार गर्नुपर्ने ।

    दुई, दुर्गा प्रसाईलाई पक्रेर उनका गतिविधि नियन्त्रण गर्नुपर्ने ।

    तीन, सरकारका मन्त्रीहरुको समग्र कार्यक्षमता र गतिमा ढिलाइ, जेनजी मन्त्री चयन ।

    चार, गृहमन्त्री ओमप्रकाश अर्यालको बिदाई । गणपतिलाल श्रेष्ठको नामबारे चासो ।

    कार्कीले प्रधानमन्त्री चुन्न निर्णायक भूमिका खेलेका बालेनले राखेका प्रस्तावहरु जेनजी युवाहरुकै प्रतिनिधि प्रस्तावजस्तो भए पनि प्रचलित कानुन र आन्दोलनको भावना दुवै तालमेल मिलाउँदै अघि बढ्ने आफ्नो प्रयास हुने बताएकी थिइन् । ‘आन्दोलनको भावना सम्बोधन गर्दा कानुन बिर्सन भएन, कानुन हेर्दा युवाको माग बिर्सन भएन,’ कार्कीले बालेनलाई भनेकी थिइन्, ‘ओली, लेखक वा अरु जोकोहीमाथि कारबाही गर्नैका लागि गौरीबहादुर कार्कीको आयोग बनेको छ । त्यसलाई पहिले जाँचबुझ गर्न दिउँ ।’

    स्रोतका अनुसार त्यसअघि प्रधानमन्त्री कार्कीले डाकेको सर्वदलीय बैठकमा उनी तथा मन्त्रीहरुको प्रस्तुतिलाई लिएर समेत बालेनले चासो राखेका थिए । आन्दोलनकारी पक्षको समर्थनमा प्रधानमन्त्री तथा मन्त्री बनेका व्यक्तिले सरकारको कमजोरी उदांगो पार्नेगरी बोल्दा दलका प्रतिनिधिहरुले कम आँक्न थालेको उनको भनाइ थियो ।

    बालेनको भनाइ थियो– ‘मुख्य कुरा अहिले फेरि आन्दोलन जुलुसको तयारी देखिन्छ । दुर्गा प्रसाईलगायत समुहरुले आन्दोलनको कुरा गर्दैछन्, तर सरकारको तयारी चाहिँ फितलो देखियो ।’

    यसैसँग जोडेर उनले ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई तत्काल गिरफ्तार गरिहाल्न समेत माग गरेका छन् । प्रसाईले अहिलेको सरकार बाह्य इशारामा बनेको तथा चलेको भन्दै आन्दोलन चर्काउने चेतावनी दिन थालेका छन् । प्रसाईले निरन्तर आफू लगायत केही व्यक्ति लक्षित भड्काउ अभिव्यक्ति दिएको भन्दै बालेनले तुरुन्तै निगरानी तथा नियन्त्रणमा लिनुपर्ने माग गरेका थिए ।

    कार्कीले भने बोलेकै आधारमा, सानातिना गतिविधिकै आधारमा पहिल्यै पक्राउ गर्न कानुनी कठिनाइ पर्ने भन्दै सीमा सम्झाउन खोेजेकी थिइन् । प्रसाईले आपत्तिजनक काम गरेमा सरकार पछि नपर्ने भन्दै अहिले संयम हुन कार्कीले बालेनलाई आग्रह गरेको उनी निकट स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

    प्रधानमन्त्रीसँग मेयर बालेनले सरकारका मन्त्रीहरुमा राजनीतिक परिवर्तनपछिको संक्रमण व्यवस्थापन गर्ने हतारो कम देखिएको भन्दै गति बढाउन निर्देशन दिनुपर्ने आग्रह गरे । उनले मन्त्रीहरुमा नियमित समयको मन्त्री भएको जस्तो अनुभूति देखिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

    बालेनले कार्कीलाई भेट्दाको बेलासम्म जेनजीका तर्फबाट मन्त्रीको नाम गइसकेको भए पनि नियुक्ति भएको थिएन । सरकारले युवामध्येबाट गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र खगेन्द्र सुनारको नाम अघि बढाउने क्रममा थियो । बालेनले संस्कृति र सम्पदा क्षेत्रमा काम गर्दै आएका गणपतिलाल श्रेष्ठबाट महानगरका कतिपय काममा असहयोग भइरहेको गुनासो गरेका थिए । उनले श्रेष्ठ र सुनारको नाम नतोकी विवादित पृष्ठभूमिहरु र उठबसहरुबारे थप अध्ययन गरेर अघि बढ्दा राम्रो हुने आग्रह गरेका थिए ।

    प्रधानमन्त्रीसँग बालेनले भेटका क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीबारे गम्भीर चासो राखेका थिए । विगतमा सुशासनका थुप्रै एजेन्डाहरुमा सक्रिय नागरिक पैरवी तथा वकालत गर्दै आएका गृहमन्त्री अर्याल मन्त्रीका रुपमा भने खरो उत्रिन नसकेको बालेनको गुनासो थियो ।

    यसअघि काठमाडौं महानगरका कानुनी सल्लाहकार रहेका अर्याललाई बालेनकै प्रस्तावमा मन्त्री बनाइएको चर्चा हुने गरे पनि यथार्थ त्यसभन्दा भिन्न देखिन्छ । मन्त्री अर्याल स्वयंले आफूलाई बालेन प्रतिनिधिजस्तो गरी चर्चा हुने गरे पनि सर्वदलीय बैठकमा त्यसभन्दा भिन्न ढंगले पेश भएका थिए ।

    स्रोतहरुका अनुसार महानगर सल्लाहकार हुन अर्याल गएका भए पनि बालेनसँग उनको विरलै भेट भएको थियो । अर्यालले आफू व्यावसायिक व्यक्ति भएकाले त्यसभन्दा बढ्ता अपेक्षा नगर्न र बालेनका अरु गतिविधिसँग जोडेर कनेक्सन नखोज्न समेत आग्रह गरेका थिए ।

    क्याबिनेटमा अर्यालको खोजी स्वयं सुशीला कार्कीले नै गरेकी थिइन् ।

    अर्यालले आफू प्रधानमन्त्री को सल्लाहकारमात्रै हुन चाहे पनि परिस्थितिले मन्त्री बनाएको भन्दै अहिले विभिन्न आशंकाहरु जन्माइएकामा दिक्दारीसमेत पोखेका थिए । ‘मलाई समयमा चुनाव गराएर जिम्मेवारी कहिले बिसाउँजस्तो भइरहेको छ,’ अर्यालले अघिल्लो साता अनलाइनखबरसँग भनेका थिए ।

    उनले यस्तै प्रकृतिका भनाइहरु विभिन्न दलका प्रतिनिधिसँगको संयुक्त बैठकमा राखेका थिए । प्रधानमन्त्री कार्कीले पनि अर्यालकै जोडबल तथा भूमिकाको कारण आफू प्रधानमन्त्री बनेको उक्त संयुक्त बैठकमा खुलस्त राखेकी थिइन्, जसकारण बालेनले आफूलाई महत्व नदिइएको महसुस गरेका छन् ।

    ‘गृहमन्त्रीले प्रचलित कानुन देखाएर युवाहरुको अपमान गर्न खोज्नुभयो, यत्रो शहीद हुँदा कुन कानुन हेरिएको थियो ? दोषीलाई पक्रिनु पर्दैन ?’ बालेनको प्रश्न थियो ।

    बालेनले सरकारले विद्रोहको म्यान्डेट कार्यान्वयन नगरे अप्रिय परिस्थिति आउन सक्ने बताएको समेत स्रोतले बताएको छ । onlinekhabar बाट

    मङ्गलबार, कार्तिक ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र
    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ५.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • २.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • ३.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ४.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ५.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    • ६.
      दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

    • ७.
      गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    • ८.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.