• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, पुष ०१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट

पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

पासाङ शेर्पाको उम्मेदवारी खारेज

निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

भृकुटीमण्डपमा व्यंग्यको विस्फोट: ‘ओलीले ईश्वर मागे, ईश्वरले ओली!’

सुरक्षा ब्रिफिङमा चेतावनी: चुनावका बेला दल–जेनजीबीच झडप हुने मुख्य खतरा

देउवा र शेखरबीच भेटवार्ता, क्रमसंख्या उल्लेख नभएको फारमबारे छलफल

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • ३. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ४. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ५. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ६. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ७. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ८. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ९. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • १०. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

बाराका प्रहरी प्रमुख तामाङको कार्यशैलीप्रति पत्रकार महासंघको आपत्ति, प्रधानमन्त्री कार्यालय बुझाए प्रेस विज्ञप्ति


  •   आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
  • बारा: नेपाल पत्रकार महासंघ, बारा शाखाले जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख (प्रहरी प्रमुख) श्रीमान सन्तोष तामाङका पछिल्ला क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अविलम्ब सच्याउन माग गरेको छ। महासंघको बारा शाखाले मिति २०८२/०७/०२ गते एक प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय लगायत सम्बन्धित निकायहरूमा ज्ञापनपत्र पठाएको छ।

    Advertisement

    ​महासंघले विज्ञप्तिमा प्रहरी प्रमुख तामाङका गतिविधिले जिल्लामा कार्यरत क्रियाशील पत्रकारहरूको मनोबल गिराउने काम गरेको र पत्रकारका नेता तथा नागरिक समाजका अगुवाहरूलाई अनावश्यक निगरानीमा राख्ने र प्रताडित गर्ने गरेको सूचना प्राप्त भएको उल्लेख गरेको छ।

    ​विज्ञप्तिमा प्रहरी प्रमुख तामाङमाथि शान्ति सुव्यवस्था कायम गर्नुभन्दा अवैध धन आर्जन गरेको भन्ने प्रशस्त सूचनाहरू सार्वजनिक भएको र यस्ता विषयमा प्रश्न गर्ने तथा समाचार लेख्ने पत्रकारमाथि दुश्मनी साँध्ने खालको व्यवहार गर्न थालेपछि जिल्लाको शान्ति र सुव्यवस्था उहाँकै कारण बिग्रिने खतरा बढेको दाबी गरिएको छ।

    ​विशेष गरी नेपाल पत्रकार महासंघ, बाराका अध्यक्ष श्री रमेश सुवेदीले लेख्नुभएको समाचारलाई लिएर अध्यक्ष सुवेदीलाई निगरानीमा राखी मानसिक प्रताडना दिइएको घटनाले सम्पूर्ण सञ्चारकर्मी दुःखी भएको महासंघले जनाएको छ। एकजना पत्रकारले दिएको सामान्य जाहेरीलाई आधार बनाई प्रहरी प्रमुख तामाङले अध्यक्ष सुवेदीलाई दुई दिनसम्म मानसिक प्रताडना दिएको र जाहेरीकर्ता भन्दा एक कदम अगाडि बढेर जाहेरीकर्ताकै पक्षमा वकालत गर्नुभएको आरोप लगाइएको छ। सोही कारण ७० औं प्रहरी दिवस विशेष कार्यक्रममा समेत पत्रकारहरूले अनुपस्थित भई सांकेतिक विरोध जनाएका थिए।

    ​महासंघले सतहमा सामाजिक सञ्जालमा गालीगलौज गरिएको विषय भनिए पनि दशैंको दुई दिनअगाडि प्रहरी प्रमुख तामाङको ‘तस्करसँगको मिलिभगतका विषयमा अध्यक्ष सुवेदी, उपाध्यक्ष पन्नालाल दासले लेख्नुभएको समाचारको बदला लिन उहाँ उद्दत भएको स्पष्ट’ देखिएको दाबी गरेको छ।

    ​पत्रकारिताको मर्यादालाई कायम राख्दै पत्रकारहरूको सुरक्षा र निर्भीक पत्रकारिता गर्ने वातावरणको सुनिश्चितताका लागि पहलकदमी लिइदिन सम्बन्धित सबै निकायमा विनम्र अनुरोध गर्दै ज्ञापनपत्रमा प्रहरी प्रमुखको दम्भपूर्ण व्यवहारप्रति सम्पूर्ण सञ्चारकर्मीहरूले आपत्ति जनाएको उल्लेख छ। महासंघका सचिव पुष्पराज खतिवडाले हस्ताक्षर गरेको उक्त विज्ञप्ति प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा बोधार्थका लागि पठाइएको छ।

    आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा
    ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की
    कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन् ः मन्त्री पुन
    दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै
    गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • ३.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ४.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ५.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ६.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    भर्खरै

    • १.
      नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

    • २.
      महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट

    • ३.
      पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

    • ४.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ५.
      निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

    • ६.
      एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    • ७.
      भृकुटीमण्डपमा व्यंग्यको विस्फोट: ‘ओलीले ईश्वर मागे, ईश्वरले ओली!’

    • ८.
      सुरक्षा ब्रिफिङमा चेतावनी: चुनावका बेला दल–जेनजीबीच झडप हुने मुख्य खतरा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.