• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, मङि्सर २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

“एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

“एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ५. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ६. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • ९. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • १०. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

म हट्ने नहट्ने फेसबुकले भन्ने होईन कमिटीले भन्ने होला : ओली


  •   बुधबार, असोज २९, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेकपा‍ एमाले अध्यक्ष केपी शर्मा ओलीले कसैले भन्दैमा आफूले पार्टीबाट पद नछोड्ने घोषणा गरेका छन् ।मंगलबार केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले आफू बस्ने कि हट्ने केन्द्रीय कमिटी वा महाधिवेशनले निर्णय गर्ने बताए ।

    Advertisement

    मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन यो कमिटीले भन्नुपर्छ,’ उनले भने ,’यो कमिटीले भन्छ भने यसको आदेशमा जनुसुकै निर्णय गर्न तयार छु ।’आफू कुनै पनि परिस्थितिमा विचलित नहुने स्वाभावको भएको बताउँदै ओ‌लीले पार्टीका कतिपय नेताहरू लोकप्रियताको पछि लागेको टिप्पणी गरे ।

    एमालेलाई मन नपराउने विरोधीहरूले च्यासलको पार्टी कार्यालय र नेताहरूको घर जलाएको उनको आरोप छ ।

    केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सम्बोधनको अंश :

    पार्टीभित्र पनि केही सुरवीरहरूलाई एउटा लहर चलेको देख्छु, लहड चलेको देख्छु- अध्यक्षले छोड्नुपर्छ । कसैले मेरो राम्रो बौद्धिक स्तर र विश्लेषण क्षमता राम्रो भएको हुनाले छोडेर सबैलाई खुसी पारिदिन्छ, देश अलपत्र पार्छ भन्ने पनि व्याख्या गरेको सुन्छु । मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन । यो कमिटीले भन्ने हो ।

    यो कमिटीले हट्नुपर्छ भन्छ भने एकदम खुसी साथ, अँध्यारो मुख लगाउन घर जले पनि जानेको छैन । केही भए पनि जानेको छैन । मारिने अवस्था सिर्जना हुँदा पनि अँध्यारो मुख लगाउन जानेको छैन । फेरि पनि कमरेडहरूको आदेशमा यो आदेश दिने ठाउँ हो । यसको आदेशमा जुनसुकै कुरा पनि गर्न तयार छु । तर यो कमिटीमा बसेर यो कमिटीको कोही सदस्यले बाहिर गएर अखबारबाजी गरेर लोकप्रियतावादको पछि कुदेर ….।

    के लोकप्रियतावाद हुनु कतिपय साथीहरूले मलाई भन्नुहुन्छ- तपाईंलाई त बोकेर जानै सकिंदैन । किन बोक्नुपर्‍यो म आफैं हिंड्छु । किन बोक्नुपर्‍यो । हिंड्न नसक्ने होइन, दौडन सक्ने अवस्थामा छु । बोक्नु पर्दैन । प्रश्न के हो- कसैलाई मन पर्दैन होला । नबोक्नु । प्रश्न के हो- केन्द्रीय कमिटीले के भन्छ, महाधिवेशनले के भन्छ । व्यक्तिगत इच्छा पूरा गर्न म हिंडेको होइन । यो देशको इच्छा पूरा गर्न कामको अगुवाइ यो पार्टीले गर्छ । पार्टीले जे भन्छ त्यही गर्छु । हट्ने पनि प्रक्रिया हुन्छ ।

    विरोधीहरूलाई त घर र पार्टी कार्यालयमा आगो लगाउन मन लागेको थियो । एमाले मन नपराएर त हो नि हाम्रो केन्द्रीय कार्यालय जलाएको ? हाम्रा कार्यालयहरू जलाएको । हाम्रा नेताहरूको घर जलाएको ? आई लभ यु भनेर त होइन होला । त्यसैलाई देखाएर तपाईंको घर जलाइदिए तपाईं त अनपपुलर हुनुभयो । अलोकप्रिय हुनुभयो ? के भएर अलोकप्रिय ? भ्रष्टाचार गरेका छौं ? अनैतिकता गरेका छौं ? नराम्रो व्यवहार गरेका छौं ? आचरण खराब गरेका छौं ? भिजन छैन कि ? काम गर्न सक्रियता छैन कि ? के छैन र हामी बदनाम भयौं ? विरोधीहरूले एक ढंगले भन्ने हो भने देशभरीका युवाहरूले केपी बा भनेको विरोधीहरूको मनमा पीडा भएर सही नसक्नु भएर अनेक नक्कल गर्ने पनि कोसिस गरे । अनेक कोसिस गरे । केही गर्दा नभएपछि कहिले चरित्र हत्या गरेका छन् ।

    कहिले विदेशमा यति पैसा लुकाएको छ भनेको छ । फलानो देशको टेलिकममा लगानी गरेको छ भनेको छ । कहिले पशुपतिनाथमा पित्तल चढायो भनेको छ । पशुपतिनाथको जलहरी उप्काएर जाँचेको होइन, सुन हो कि पित्तल हो ? तौलिएको होइन, तराजु बोकेर ? लाज शरम छैन ।

    एक वचन तपाईंमाथि यस्तो आरोप लगायौं, जाँच्यौं सबै गर्‍यौं होइन रहेछ है । झुटो आरोप लगाइएको छ । नैतिकता हुन्छ नि मान्छेको । त्यो पनि छैन । अचम्म लाग्छ ।

    अझै भन्छन् केही केही तत्वहरूले केपी ओली सप्रेको छैन भनेर । बिग्रेको भए पो सप्रिनु । बिग्रिएको भए पनि सप्रिनु । बिग्रिएकाहरू नै सप्रिनु पर्‍यो नि । अरुका ३र आगो लगाउँदै हिंडेका सप्रिनु पर्‍यो नि । सिंहदरबार जलाउनेहरू सच्चिनुपर्‍यो नि !

    बुधबार, असोज २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”
    “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”
    राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने
    पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल
    एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु
    श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ५.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    • ६.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    भर्खरै

    • १.
      “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

    • २.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ३.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ४.
      पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

    • ५.
      एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

    • ६.
      श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

    • ७.
      ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    • ८.
      बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.