• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

मध्यरातमा सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहद्वारा बालुवाटारमा नाराबाजी

आज तीन मन्त्रीको शपथको तयारी !

प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ !

सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भए सुन तस्कर नाइके गोरे !

कैदी भाग्न खोजेपछि रामेछापमा गोली चल्यो, २ जनाको मृत्यु !

संसद विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पर्नु हो : सोबिता गौतम

विना काम घरबाहिर ननिस्कन सेनाको आग्रह !

प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले

लोकप्रिय समाचार

  • १. संसद विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पर्नु हो : सोबिता गौतम

  • २. प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

  • ३. प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ !

  • ४. जेन्-जीले गरे नेताहरुको खटिया खडी,स्थिती नियन्त्रण बाहिर भएपछी ओलीको जिना हराम

  • ५. भोलिदेखि स्कुल,कलेज र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गर्ने जेन जीको घोषणा !

  • ६. राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले

  • ७. चर्को आलोचनापछि काठमाडौंका सीडीओले वेबसाइटबाट आफ्नो तस्वीर हटाए !

  • ८. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

  • ९. कोशीका मन्त्री भण्डारीको घरमा तोडफोड, एमाले कार्यालयमा आगजनी

  • १०. सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भए सुन तस्कर नाइके गोरे !

मध्यरातमा सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहद्वारा बालुवाटारमा नाराबाजी


  •   सोमबार, भदौ ३०, २०८२ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ ।

    Advertisement

    मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै युवाहरुले मध्यराति बालुवाटार पुगेर नाराबाजी गरेका हुन् ।

    नाराबाजीको क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत मागे । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेतले सुदन गुरुङको उपस्थितिमा ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाएका थिए ।

    बालुवाटारस्थित प्रधानमन्त्री निवासको तीन नम्बर गेट अगाडि सुदन गुरुङले भनेका छन्, ‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’

    सुदन नेतृत्वको ‘हामी नेपाल’ समूहका युवाहरुकै प्रस्तावमा सुशीला कार्की गत शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनले आइतबार तीन मन्त्री नियुक्त गरेको समाचार सार्वजनिक भइरहेका छन् ।

    प्रधानमन्त्री कार्कीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई गृह मन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्री र विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गरेको समाचार सार्वजनिक भएको छ ।

    तर सुदनको समूह आफूहरुसँग सल्लाह नगरी मन्त्री नियुक्त गरिएको भन्दै असन्तुष्ट छ ।

    सुदन गुरुङले ओमप्रकाश अर्यालको नाम लिएर आक्रोश पोखेका छन् । ‘यो ओमप्रकाश लयर आफैंले गृहमन्त्री बनाउँदो रहेछ त्यहाँ भित्र बसेर,’ उनले आक्रोशमा भनेका छन् ।

    सुदनका समर्थकहरुहरुले आफूहरुको आन्दोलन हाइज्याक भएको भन्दै आक्रोशित भएका थिए ।

    युवाहरु नाराबाजीमा उत्रिएपछि प्रधानमन्त्री निवास अगाडि सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो ।

    सोमबार, भदौ ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज तीन मन्त्रीको शपथको तयारी !
    प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ !
    सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भए सुन तस्कर नाइके गोरे !
    कैदी भाग्न खोजेपछि रामेछापमा गोली चल्यो, २ जनाको मृत्यु !
    संसद विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पर्नु हो : सोबिता गौतम
    विना काम घरबाहिर ननिस्कन सेनाको आग्रह !

    Facebook Page

    लोकप्रिय

    • १.
      संसद विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पर्नु हो : सोबिता गौतम

    • २.
      प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

    • ३.
      प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ !

    • ४.
      जेन्-जीले गरे नेताहरुको खटिया खडी,स्थिती नियन्त्रण बाहिर भएपछी ओलीको जिना हराम

    • ५.
      भोलिदेखि स्कुल,कलेज र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गर्ने जेन जीको घोषणा !

    • ६.
      राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले

    भर्खरै

    • १.
      मध्यरातमा सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहद्वारा बालुवाटारमा नाराबाजी

    • २.
      आज तीन मन्त्रीको शपथको तयारी !

    • ३.
      प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ !

    • ४.
      सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भए सुन तस्कर नाइके गोरे !

    • ५.
      कैदी भाग्न खोजेपछि रामेछापमा गोली चल्यो, २ जनाको मृत्यु !

    • ६.
      संसद विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पर्नु हो : सोबिता गौतम

    • ७.
      विना काम घरबाहिर ननिस्कन सेनाको आग्रह !

    • ८.
      प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    निशा सिंह परियार

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.