• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, भदौ २५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले

सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

हिल्टन होटलमा आगजनी

भागे झलनाथ खनाल

कोशीका मन्त्री भण्डारीको घरमा तोडफोड, एमाले कार्यालयमा आगजनी

अनेरास्ववियुका अध्यक्ष कडरीयाद्वारा पद त्याग

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

सरकार छाड्न दुई महामन्त्रीको देउवालाई दबाब

लोकप्रिय समाचार

  • १. कन्सलटेन्सीको बदमासी : नागरिक बेचबिखनको नयाँ स्वरूप

  • २. के बन्द हुँदैछ फेसबुक ?

  • ३. किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

  • ४. १८ भदौ २०८२, बुधवार,September 03, 2025

  • ५. तराइका जिल्लामा संगठन विस्तारमा जनमत

  • ६. सामाजिक सञ्जाल बन्दविरुद्ध रास्वपाको ज्ञापनपत्र

  • ७. फेसबुक आजबाटै बन्द हुदै, अरु २६ वटा सामाजीक संजाल पनि बन्द हुने

  • ८. रुपन्देही उपनिर्वाचन : दलहरुको जनमत परीक्षण

  • ९. एमालेको विधान महाधिवेशन- पोखरेलको राजनैतिक प्रतिवेदन- के होला भण्डारीको राजनैतिक पुनरागमन ?

  • १०. सामाजिक सञ्जालहरु बन्द गरेर सरकारले स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ : अग्नि सापकोटा

माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा !


  •   सोमबार, भदौ २३, २०८२ मा प्रकाशित
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ। यस्तै सरकारले नरस‌ंहार गरेको दाबी गरेको छ।

    Advertisement

    ‘जनतासँग माओवादी: मध्यपहाडी पुष्पलाल लोकमार्ग– जनजागरण अभियान’ अन्तर्गत गोरखामा रहेका शीर्ष नेताहरूको अनौपचारिक बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो।

    जेनजी आन्दोलनका क्रममा सरकारले प्रदर्शन गरेको व्यवहार अनुचीत रहेको माओवादीको भनाइ छ । परिस्थिति सम्हाल्न पनि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने निष्कर्षमा पुगिएको नेताहरूले बताएका छन् ।

    जेनजीको प्रदर्शनका क्रममा अहिलेसम्म १५ जनाको मृत्यु भइसकेको छ । यो घटनापछि माओवादी नेताहरू अभियान स्थगित गरेर काठमाडौं फर्किँदैछन् ।

    अभियान टोलीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष, विभिन्न उपाध्यक्षहरू र महासचिव स्वयं सहभागी थिए । सबै नेतारू अभियान स्थगित गरेर काठमाडौं फर्किँदै गरेको माओवादी नेता माधव सापकोटाले जानकारी दिए ।

    ‘सरकारले ताकी ताकी गोली हानेको छ । यो हत्या नभएर नरंसहार नै गरेको देखियो । सुरुमा हेलचेक्याइ गर्‍यो र पछि गोली नै चलायो’ शीर्ष नेताहरूको निष्कर्ष सुनाउँदै सांसद सापकोटाले भने ।

    उनका अनुसार प्रधानमन्त्री ओलीले राजीनामा दिएर वातावरण सहज बनाउन सहयोग गर्नुपर्ने बुझाइमा नेताहरू छन् ।

    आन्दोलनकारीको प्रतिनिधित्वसहित संयुक्त राजनीतिक संयन्त्र निर्माण गरौँ : शर्मा

    यसैबीच नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वगृहमन्त्री जनार्दन शर्माले आन्दोलनकारीको माग पूरा गर्न सरकारले राजीनामा दिनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

    उनले आन्दोलनकारीको प्रतिनिधित्वसहित संयुक्त राजनीतिक संयन्त्र निर्माण गर्नुपर्ने पनि बताएका छन् ।

    शर्माले लेखेका छन्, ‘आन्दोलनकारीहरुको माग पूरा गर्न सरकारले राजीनामा दिई उनीहरुको प्रतिनिधित्वसहित संयुक्त राजनैतिक संयन्त्र निर्माण गरौं ।’

    उनले जेन–जी पुस्ताको आन्दोलनमा सरकारले दमन गरेको भन्दै निन्दा गरेका छन् । जेन–जी पुस्ताको आन्दोलनलाई दमनका माध्यमबाट नभई उनीहरूको मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै समाधानको बाटो पहिल्याउन उनले सरकारसमक्ष अपिल गरेका छन् । यसमा ढिलाइ गर्नु आत्मघाती कदम हुने चेतावनी उनले दिएका छन् ।

    ‘आन्दोलनलाई दमन गरेर रोक्न सकिँदैन भन्ने कुरा इतिहासले धेरैपटक पुष्टि गरिसकेको छ । यस विषयमा सरकार र राजनीतिक दलहरू गम्भीर बन्नैपर्छ,’ शर्माले लेखेका छन्, ‘सबैले आफ्ना कमजोरीहरू स्वीकार गरी जनतासँग माफी माग्नुको विकल्प छैन ।’

    पूर्वगृहमन्त्री शर्माले आन्दोलनकारीहरूलाई संयमित र शान्तिपूर्ण तरिकाले आन्दोलन सञ्चालन गर्न अपिल गसमेत गरेका छन् ।

    सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गर्न कूटनीतिक पहलमार्फत दर्ता प्रक्रिया अगाडि बढाउन पनि उनले माग गरेका छन् ।

    त्यस्तै, भ्रष्टाचारविरुद्ध कडा कदम चाँडै चाल्न र २०४६ सालयताका सम्पूर्ण सरकारी पदाधिकारीहरूको सम्पत्ति छानबिनका लागि स्वतन्त्र र शक्तिशाली आयोग गठन गर्न पनि उनले माग गरेका छन् ।

    सोमबार, भदौ २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !
    राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले
    सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी
    हिल्टन होटलमा आगजनी
    भागे झलनाथ खनाल
    कोशीका मन्त्री भण्डारीको घरमा तोडफोड, एमाले कार्यालयमा आगजनी

    Facebook Page

    लोकप्रिय

    • १.
      कन्सलटेन्सीको बदमासी : नागरिक बेचबिखनको नयाँ स्वरूप

    • २.
      के बन्द हुँदैछ फेसबुक ?

    • ३.
      किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

    • ४.
      १८ भदौ २०८२, बुधवार,September 03, 2025

    • ५.
      तराइका जिल्लामा संगठन विस्तारमा जनमत

    • ६.
      सामाजिक सञ्जाल बन्दविरुद्ध रास्वपाको ज्ञापनपत्र

    भर्खरै

    • १.
      प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

    • २.
      राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले

    • ३.
      सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

    • ४.
      हिल्टन होटलमा आगजनी

    • ५.
      भागे झलनाथ खनाल

    • ६.
      कोशीका मन्त्री भण्डारीको घरमा तोडफोड, एमाले कार्यालयमा आगजनी

    • ७.
      अनेरास्ववियुका अध्यक्ष कडरीयाद्वारा पद त्याग

    • ८.
      त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक 
    कौशिला बोहरा अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    निशा सिंह परियार

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.