• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, जेठ २५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध मुद्दा दायर, अर्कैकी छोरीको बाबु बनेर नागरिकता दिलाएको आरोप

स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

अवारोध खुलाउँ तत्परता नदेखाउनु संसदप्रति अनादर हो : अर्जुननरसिंह केसी

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

सेनालाई सीमानामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ

लगातार चौथो दिन पनि घट्यो सुनको भाउ, तिन बाट दुई लाखमा झर्यो,कारोबार ३ कै आसपास

रविलाई लिङदेनको सुझाव- सरकारले परिपक्व व्यवहार देखाओस्

गुल्मीमा गाँजा सेवन गरेर सवारी चलाउने दुई जना पक्राउ

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ५. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ६. ‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

  • ७. आजका लागि विदेशी मुद्राको विनिमय दर कति ?

  • ८. टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

  • ९. अमेरिकी डलरसहित चितवनका एक चिकित्सक पक्राउ

  • १०. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

युक्रेनमा पश्चिमा सेना राखेमा आक्रमण जारी रहने पुटिनको चेतावनी


  •   शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
  • काठमाडौँ । रुस–युक्रेन युद्ध चार वर्षभन्दा बढी समयदेखि जारी छ । यसैबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले फेरि एकपटक पश्चिमा मुलुकहरूलाई कठोर चेतावनी दिएका छन् । पुटिनले स्पष्ट शब्दमा भनेका छन् कि यदि नाटो वा पश्चिमी मुलुकहरूले आफ्नो सेना युक्रेनमा तैनाथ गरे भने रुसले आक्रमण अझै तीव्र रूपमा जारी राख्नेछ ।

    Advertisement

    रुसी राजधानी मस्कोमा आयोजित पत्रकार सम्मेलनमा पुटिनले भने ‘युक्रेनलाई सहयोग गर्ने नाममा पश्चिमी सेनाको प्रत्यक्ष उपस्थितिले युद्धलाई अझ भयावह बनाउनेछ । हामी त्यसलाई आक्रमणको प्रत्यक्ष संकेतका रूपमा लिनेछौँ ।’ उनका अनुसार अहिले नै पश्चिमी मुलुकहरूले युक्रेनलाई हतियार, प्राविधिक सहयोग र वित्तीय सहायता दिइरहेकाले युद्ध लाम्बद्ध भएको छ ।

    पश्चिमा शक्तिहरू विशेषतः अमेरिका र युरोपेली मुलुकहरूले, रुसको आक्रमण रोक्न युक्रेनलाई निरन्तर सहयोग गर्दै आएका छन् । तर, प्रत्यक्ष रूपमा सेना पठाउनेबारे कुनै ठोस निर्णय नभए पनि नाटोभित्र यसबारे छलफल भइरहेको खबर बाहिर आएका यही सम्भावनाप्रति पुटिन आक्रोशित बनेको अन्तराष्ट्रीय संचार माध्यमहरुले जनाएका छन् ।

    पुटिनले नाटोमा सदस्य रहेका देशहरूलाई चेतावनी दिंदै भने, ‘युक्रेन हाम्रो सुरक्षा हितको प्रत्यक्ष सवाल हो। हाम्रो सीमामा विदेशी सेनाको उपस्थिति कहिल्यै स्वीकार्य हुँदैन । यदि उनीहरूले यस्तो साहस गरे भने त्यसको परिणाम उनीहरूले नै भोग्नुपर्नेछ ।’

    विश्लेषकहरूले पुटिनको यो चेतावनीलाई पश्चिमप्रति दबाब सिर्जना गर्ने रणनीति भएको बताएका छन् । उनका अनुसार रुस अहिले पनि युक्रेनका पूर्वी क्षेत्रमा व्यापक सैन्य कारबाहीमा सक्रिय छ । तर, युद्ध लामो समयसम्म खिचिनु र पश्चिमी सहयोग बढ्दै जानुका कारण रुस थप असहज स्थितिमा पुगेको देखिन्छ । यस्तो अवस्थामा पुटिनले पश्चिमी मुलुकहरूलाई डर देखाएर उनीहरूको प्रत्यक्ष हस्तक्षेप रोकिने अपेक्षा राखेका हुन् ।

    यता, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने पश्चिमी सहयोग अपरिहार्य रहेको दाबी गरेका छन् । उनका अनुसार ‘हामी मात्र रुसी आक्रमण रोक्न सक्दैनौँ। अन्तर्राष्ट्रिय सहयोगबिनाको संघर्षले हाम्रो सार्वभौमसत्ता नै खतरामा पार्नेछ ।’ जेलेन्स्कीले बारम्बार नाटो सदस्य मुलुकहरूसँग प्रत्यक्ष सुरक्षा ग्यारेन्टी माग्दै आएका छन् ।

    रुस-युक्रेन युद्ध सुरु भएको २०२२ फेब्रुअरीदेखि अहिलेसम्म दुवै देशका सीमाक्षेत्रबाट लाखौँ मानिस विस्थापित भएका छन् भने दुवै पक्षका हजारौँ सैनिक मारिएका वा घाइते भएका छन् । युद्ध कै कारण दुईटै देशतर्फका नागरिक पूर्वाधार, ऊर्जा संरचना र आवासीय क्षेत्रहरूमा व्यापक क्षति पुगेको छ ।

    केही समय अगाडी मात्रै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि युक्रेनमा प्रत्यक्ष सेना पठाउने सम्भावनाबारे सार्वजनिक टिप्पणी गरेका थिए । यद्यपि, जर्मनी, अमेरिका लगायतका मुलुकहरूले तत्काल यस्तो कदम चाल्ने सम्भावना नरहेको बताएका छन् । पुटिनको भर्खरै सार्वजनिक भएको ताजा चेतावनीले भने युद्धको भविष्य झन् जटिल बन्दै गएको सन्देश दिएको छ ।
    स्रोत : अन्तराष्ट्रीय संचार माध्यम

    शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध मुद्दा दायर, अर्कैकी छोरीको बाबु बनेर नागरिकता दिलाएको आरोप
    स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री
    अवारोध खुलाउँ तत्परता नदेखाउनु संसदप्रति अनादर हो : अर्जुननरसिंह केसी
    महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
    प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
    सेनालाई सीमानामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    • ५.
      प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

    • ६.
      ‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

    भर्खरै

    • १.
      वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध मुद्दा दायर, अर्कैकी छोरीको बाबु बनेर नागरिकता दिलाएको आरोप

    • २.
      स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

    • ३.
      अवारोध खुलाउँ तत्परता नदेखाउनु संसदप्रति अनादर हो : अर्जुननरसिंह केसी

    • ४.
      महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

    • ५.
      प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

    • ६.
      सेनालाई सीमानामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ

    • ७.
      लगातार चौथो दिन पनि घट्यो सुनको भाउ, तिन बाट दुई लाखमा झर्यो,कारोबार ३ कै आसपास

    • ८.
      रविलाई लिङदेनको सुझाव- सरकारले परिपक्व व्यवहार देखाओस्

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.