काठमाडौँ। प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरिरहेका प्रमुख प्रतिपक्षी माओवादीका एक सांसदको माइकको लाइन सभामुख देवराज घिमिरेले काटेका छन् ।
प्रमुख प्रतिपक्षी माओवादीकी सांसद छिरिङ ल्हामु लामा तामाङले प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्नका लागि समय पाएका थिए । सभामुखलाई आफू के विषयमा बोल्न लागेको हो भनेर सांसदले समय र विषय टिपाएका थिए । तर, बोल्ने क्रममा प्रधानमन्त्री ओलीको आलोचना गर्न थालेपछि सभामुख घिमिरेले पटकपटक विषयमा बोल्न निर्देशन दिए र बोलि नसक्दै लाइन काटिदिए ।
सांसद तामाङले कर्णाली प्रदेशको विकासमा प्रधानमन्त्री ओलीसँग जानकारी नरहेको र केन्द्र सरकारले आवश्यक बजेट र स्रोत साधन उपलब्ध नगराएको आरोप लगाएकी थिइन् । त्यस क्रममा सभामुखले पटकपटक बोल्न अवरोध पुर्याएका थिए ।

