• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, जेठ २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ५. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. भुर्तेलको ऐतिहासिक इनिङ्समा नेपालद्वारा चीनसामु ३१४ रनको विशाल लक्ष्य

  • ८. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ९. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • १०. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

संविधान संशोधन प्रक्रिया प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि अघि बढाउनुपर्छ ;गगन थापा


  •   शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको संविधान संशोधन अब विलासिता वा विकल्प नभई देशको शासन प्रणालीमा देखिएका गम्भीर समस्या समाधानका लागि अनिवार्य आवश्यकता बनिसकेको बताएका छन्। स्थानीय नेतृत्व विकास मञ्चद्वारा आयोजित ‘नेपालमा संघीयताको एक दशक ः एक समीक्षा र भावि कार्यदिशा’ विषयक विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन्।

    Advertisement

    उनले संघीयताको कार्यान्वयन, निर्वाचन प्रणाली र शासकीय स्वरूपमा देखिएका कमजोरीलाई सम्बोधन गर्न प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि संशोधनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए। थापाले तीन तहको सरकारको संरचना र अधिकारमा पनि स्पष्टता आवश्यक रहेको बताए।

    नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सात बुँदे सहमतिमा संविधान संशोधन गर्ने उल्लेख भएकाले अब यसलाई गम्भीरताका साथ अगाडि बढाउनुपर्ने महामन्त्री थापाको भनाइ थियो।नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संघीयता कार्यान्वयनको एक दशक बितिसक्दा पनि अपेक्षित प्रगति हुन नसकेको स्वीकार गर्दै संविधान निर्माणका क्रममा राखिएका केही अव्यवहारिक प्रावधानले जटिलता थपेको बताए।

    देशमा भएका राम्रा काम ओझेलमा परेका र भ्रष्टाचार तथा कुशासनका मुद्दाले नकारात्मक भाष्य निर्माण भएको उनको भनाइ थियो।‘काम नभएका होइनन्, धेरै भएका छन्। तर भ्रष्टाचार र कुशासनका कुराले हामीलाई बदनाम गरायो, जसले गर्दा लोकतन्त्र र संविधान नै बदनाम हुने खतरा बढेको छ,’ प्रमुख सचेतक घिमिरेले भने।

    उनले संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण भइरहेको भए पनि बजेट विनियोजनमा स्पष्टताको अभाव रहेको बताए। स्थानीय तहदेखि प्रदेश र संघसम्म यो समस्या विद्यमान रहेको उल्लेख गर्दै उनले स्पष्ट कानुनी व्यवस्थाविना सुशासनको प्रत्याभूति दिन नसकिने बताए।

    नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संघीयताको सबलीकरण र यसको प्रभावकारी कार्यान्वयन नै वर्तमान सत्ता गठबन्धन सरकारको प्रमुख आधार रहेको बताए। उनले संघीयता कार्यान्वयनमा देखिएका जटिलता हटाउन संविधान संशोधन आवश्यक रहेको र सरकार यही ध्येयका साथ अघि बढेको स्पष्ट पारे।

    उनले विगत १० वर्षमा राजनीतिक संघीयता प्रभावकारी रूपमा कार्यान्वयन भए पनि प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन अझै धेरै काम गर्न बाँकी रहेको बताए।संविधान संशोधन राजनीतिक स्थायित्वका लागि आवश्यक भए पनि संसदभित्रको शक्ति सन्तुलनका कारण यो प्रक्रिया जटिल रहेको मुख्य सचेतक बर्तौलाले बताए।

    ‘संविधान संशोधनको एउटा स्कोप हामीले बनाएका छौँ, तर पार नलाग्ने विषयलाई बहसमा ल्याएर मुलुकमा अनावश्यक ध्रुविकरण सिर्जना गर्नुहुँदैन,’ उनले भने। राष्ट्रियसभा सदस्य गोपीबहादुर शार्की अछामीले वित्तीय र प्रशासनिक कोणमा संघीयता कमजोर देखिएको बताए। सांसद कृष्णबहादुर रोकायले संघीयतासँग जोडिएका थुप्रै कानुन बन्न बाँकी भएको भन्दै संविधानमा भएका समस्या खोज्नुपर्ने बताए।

    शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ४.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ५.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.