• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, जेठ २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ५. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. भुर्तेलको ऐतिहासिक इनिङ्समा नेपालद्वारा चीनसामु ३१४ रनको विशाल लक्ष्य

  • ८. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ९. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • १०. ‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, यस्ता छन् निर्णयहरू


  •   बुधबार, असार ३२, २०८२ मा प्रकाशित
  • काठमाडौं। असार २३ र ३० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले २३ र ३० गते बसेको मन्त्रिपरिषद्का निर्णयहरु बुधबार सार्वजनिक गरेका हुन् ।

    Advertisement

    मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीलाई न्यूयोर्कमा हुने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई चीन भ्रमणमा सहभागी हुन स्वीकृति दिएको छ ।

    यसैगरी नेपाल राष्ट्र बैंकबाट नयाँ हजार रुपैयाँ दरका नोट प्रकाशनको तयारी स्वरूप नोटको चित्र तथा आकार स्वीकृत गरिएको छ । साथै, विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि विश्व बैंकबाट थप १०.८ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार्ने निर्णय भएको छ । साथै, प्रत्येक वर्ष साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’ को रूपमा मनाउने र उखु उत्पादक कृषकहरूलाई प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान दिने निर्णय गरेको छ।

    यसैगरी मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका ३७ जना महासेनानीहरूको सरुवा गर्ने, एकजना प्रमुख सेनानीलाई महासेनानी दर्जामा र एक महासेनानीलाई सहायक सेनानीमा बढुवा गर्ने निर्णय गरेको छ।

    वन तथा वातावरण मन्त्रालयले गुल्मीको रेसुङ्गा नगरपालिकामा जिपलाइन तथा स्काई साइक्लिङ परियोजनाका लागि राष्ट्रिय वनको प्रयोग तथा नर्वे र चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा मन्त्रीहरूको सहभागितालाई स्वीकृति दिएको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चीनको संघाईमा हुने ‘ विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलन २०२५’ मा मन्त्री पृथ्वी सुब्बा गुरुङलाई, तथा शिक्षा मन्त्रालयले ‘Nuclear Security Response Workshop’ मा सचिवलाई चीन पठाउने निर्णय गरेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई चीनको बेइजिङमा हुने ‘Global Health Forum२०२५’ मा सहभागी हुने स्वीकृति प्रदान गरिएको छ ।

    यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

    १. २०८२ असार ३० गतेदेखि साउन ८ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

    २.नेपाल–चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसरमा २०८२ साउन ६ गतेदेखि १२ गतेसम्म गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डेलाई चीन भ्रमणको लागि स्वीकृति प्रदान गर्ने ।

    ३. नेपाल राष्ट्र बैंकबाट एक हजार रुपियाँ दरको नयाँ बैंक नोट प्रकाशनको लागि बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने ।

    ४ं विश्व बैंकबाट विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने थप १०.८ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता प्राप्त गर्ने ।

    ५.प्रत्येक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने ।

    ६.आर्थिक वर्ष २०८१ ÷ ८२ का लागि उखु उत्पादक कृषकहरूलाई प्रदान गर्ने अनुदान रकम प्रतिक्वीन्टल रु.३५ कायम गर्ने ।

    ७.नेपाली सेनाका ३७ जना महासेनानीहरूको सरुवा गर्ने ।

    ८.रेसुङ्गा नगरपालिका गुल्मीलाई जिपलाइन र स्काई साइक्लिङ निर्माणको लागि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं ८ मा रहेको राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति प्रदान गर्ने ।

    ९. २०८२ साउन ९ गतेदेखि १४ गतेसम्म नर्वेमा आयोजना हुने कार्यक्रममा सहभागी हुन माननीय वन तथा वातावरण मन्त्रीलाई स्वीकृति प्रदान गर्ने ।

    १०. ग्रामिण सडक सञ्जाल सुधार आयोजनालाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) जिल्लाको कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकामा रहेको आलोक चक्रपथअन्तर्गत गिरुवारी– झ्यालबास– डण्डा – चौराहा– पनौती– बसन्तपुर सडकखण्ड स्तरोन्नतिका लागि राष्ट्रिय वनको ३.९९ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

    ११.कोशी गाउँपालिका, सुनसरीको केन्द्र वडा नं. १ लौकहीबाट परिवर्तन गरी वडा नं. ३ बद्रीपुल कायम गर्ने ।

    १२.कालिगण्डकी गाउँपालिका, स्याङ्जाको केन्द्र वडा नं. ४ कट्टीबाट । परिवर्तन गरी वडा नं. ४ गहलाम कायम गर्ने ।

    १३.२०८२ साउन १० गतेदेखि १२ गतेसम्म चीनको संघाईमा आयोजना । हुने २०२५ मा सहभागी हुन सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङलाई स्वीकृति प्रदान गर्ने।

    १४. स्वास्थ्य तथा जनसङ्ख्या २०८२ साउन ८ र ९ गते चीनको बेइजिङमा आयोजना हुने सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय प्रदीप पौडेललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

    १५. रफ्रेश सेन्टर प्रा.लि. लाई पर्यापर्यटन व्यवसाय गर्ने ।

    १६. कार्यको लागि सुनकोशी गाउँपालिका वडा नं. ६ सिन्धुलीमा रहेको हैसियत बिग्रेको राष्ट्रिय वनको जग्गा र धार्चे कृषि जडिबुटी उत्पादन तथा प्रशोधन फार्मलाई वन पैदावरमा आधारित उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्ने कार्यको लागि धार्चे गाउँपालिका वडा नं. ४ लाप्राक, गोरखामा रहेको हैसियत बिग्रेको राष्ट्रिय वनको जग्गा कबुलियती वनको रूपमा उपलब्ध गराउन स्वीकृति दिने ।

    १७. शिक्षा, विज्ञान तथा प्रविधि २०८२ साउन ५ गतेदेखि १६ गतेसम्म चीनमा आयोजना हुने कार्यक्रममा सचिव (विज्ञान तथा प्रविधि) लाई सहभागी हुन स्वीकृति दिने।

    १८. नेपाल र जापान सरकारबिच सन् २०१९ मार्च २० मा हस्ताक्षर भएको जापानमा निश्चित सीपयुक्त कामदार पठाउने विषयको समझदारीपत्रको अवधि १९ मार्च २०२४ बाट थप पाँच वर्षका लागि नवीकरण गर्न स्वीकृति दिने ।

    १९. जल तथा उर्जा आयोगको सचिवालय र अन्तर्गतका कार्यालयहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने ।

    २०. नेपाल लेखापरीक्षण सेवा समुहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा नायव महालेखापरीक्षक श्री नारायण एम. सी. लाई बढुवा गर्ने।

    २१.२०८२ साउन ११ गतेदेखि १३ गतेसम्म इथियोपियामा आयोजना हुने कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. जय बहादुर टण्डनलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

    २२. नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष श्री शरद ओझाको आचरण, कार्यक्षमता र पदीय जिम्मेवारी पालना सम्बन्धमा समग्र रूपमा छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश श्री कृष्ण गिरीको अध्यक्षतामा श्री जीवन प्रकाश सिटौला र श्री कपिलदेव ओली सदस्य रहेको छानबिन समिति गठन गर्ने ।

    २३. छानबिन समाप्त भई अर्को व्यवस्था नहुन्जेल सम्मका लागि नेपाल बीमाप्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई कामकाज गर्ने गरी अर्थ मन्त्रालयका सहसचिव श्री सेवन्तक पोखरेललाई तोक्ने ।

    २४. निर्माणाधीन नागढुंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ५ अर्ब ७० करोड बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने ।

    २५. २०८२ साउन ६ गतेदेखि ८ गतेसम्म दक्षिण अफ्रिकाको जोहानसबर्गमा आयोजना हुनेमा दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा. कपिल मान श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

    २६. जिल्ला समन्वय समिति डडेल्धुराको नाममा रहेको २–६–१–२ रोपनी जग्गा अमरगढी नगरपालिका, डडेल्धुरालाई बहुउद्देश्यीय भवन निर्माणको लागि उपयोग गर्न स्वीकृति दिने ।

    २७.राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्ष पदमा डा. खगराज शर्मा, रुपन्देहीलाई नियुक्ति गर्ने ।

    २८. फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यावधि मिति २०८२ /३ / २९ देखि चार महिनाका लागि थप गर्ने ।

    बुधबार, असार ३२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ४.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ५.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.