• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, पुष ०४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

उच्च अदालत पाटन परिसरमा आत्महत्या प्रयास गरेकी महिलाको आईसीयूमा उपचार जारी

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ३. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ४. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ५. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ६. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ७. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ८. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

  • ९. एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

  • १०. एमालेको बन्दसत्र फेरि सर्‍यो, १ बजेदेखि सुरु हुने

रविको पक्षमा मनिषा कोइरालाको हस्ताक्षर,कांग्रेसलाई ४४० भोल्डको झट्का


  •   बिहिबार, असार २६, २०८२ मा प्रकाशित
  • काठमाडौं। कांग्रेस अहिले अचम्म माथि अचम्म परेको छ। कांग्रेसलाई ४४० भोल्टको झट्का लागेर रनथनिएको छ भन्दा फरक नपर्ला। रास्वपा र कांग्रेसबीच ठाकठुक चलिरहँदा अहिले कांग्रेसकै सम्माननीय स्वर्गीय नेताकी नातिनी तथा छोरीले रवि र रास्वपाको समर्थन गरेपछि कांग्रेसभित्र भूकम्प आएको छ।

    Advertisement

    सुप्रख्यात अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका हिरासतमा रहेका सभापति रवि लामिछानेको न्यायका लागि हस्ताक्षर गरेकी छन्। रास्वपाले असार ७ गते रविले अपिल जारी गरेपछि सुरु गरेको “राज्यद्वारा गरिएको अन्यायविरुद्ध” को हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाउन, पार्टी कार्यालय बनस्थलीमा बिहीबार आयोजित कार्यक्रममा कोइराला आफैं पुगेर हस्ताक्षर गरेकी हुन्।

    मनिषा कोइराला नेपाली अभिनेत्री हुन्, जसले भारतीय चलचित्रहरू विशेषतः हिन्दी र तमिल भाषामा अभिनय गर्छिन्। उनी राजनीतिक रूपमा प्रख्यात कोइराला परिवारमा जन्मिएकी हुन्। प्रकाश कोइरालाकी छोरी र बीपी कोइरालाकी नातिनी, मनिषा आफ्नो समयकी सबैभन्दा लोकप्रिय र सर्वाधिक पारिश्रमिक पाउने अभिनेत्रीहरूमध्ये एक हुन्। उनले तीनवटा फिल्मफेयर अवार्ड, एक फिल्मफेयर साउथ अवार्ड र एक ओटीटी अवार्ड जितेकी छन्।

    अहिले नेपाल आएकी कोइरालाले रविको पक्षमा हस्ताक्षर गरेलगत्तै पत्रकारहरूले उनलाई घेरेका थिए। जन्मजात कांग्रेस पृष्ठभूमिबाट आएकी मनिषा कोइरालाले रास्वपाको समर्थन गर्नु राजनीतिक तहमा अप्रत्यासित विषय बन्न पुगेको छ। राजनैतिक विरासत बोकेको परिवारमा हुर्केकी कोइरालाजस्तो व्यक्तित्वबाट यस्तो कदम आउनु कांग्रेसमाथि प्रत्यक्ष राजनीतिक धावा सरह देखिएको विश्लेषण हुन थालेको छ।

    हस्ताक्षरपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै कोइरालाले भनिन्, “रविलाई राज्यबाट अन्याय र दुर्व्यवहार भइरहेको छ। उनलाई यसरी हिरासतमा सडाएर राख्नु सरकारको सड्यन्त्र हो।”
    उनले थपिन्, “म कुनै पार्टीमा आबद्ध छैन। आम नागरिकको हैसियतले राज्यद्वारा भइरहेका अन्यायविरुद्ध आवाज उठाउन आएको हुँ। त्यतिमात्र भन्नु छ।”

    पत्रकारले सोधेको “रवि लामिछानेलाई अन्याय भएको तपाईंको ठम्याइ हो?” भन्ने प्रश्नमा उनले छोटो जवाफ दिइन्, “डेफिनेट्ली भएको हो।”

    अन्ततः, मनिषा कोइरालाको यो कदमले कांग्रेसलाई आत्ताएको छ। यद्यपि उनी राजनीति बाहिर रहेकी अभिनेत्री हुन्, उनको जीवन सधैं राजनीतिक वातावरणकै वरिपरि घुमेको छ। कोइरालाले रास्वपालाई समर्थन गर्नु भनेको अहिलेको राजनीतिक सन्दर्भमा कांग्रेसमाथिको सिधा प्रहारसरह हो।


    बीपी कोइरालाकी नातिनी भएको नाताले पनि, यदि मनिषा भविष्यमा सक्रिय राजनीतिमा प्रवेश गर्छिन् भने उनी एक्लो नहुने अनुमान गर्न सकिन्छ। पहिले पनि राजनीतिक विषयमा विवादास्पद अभिव्यक्ति दिँदै आएकी मनिषाले अहिलेको संवेदनशील समयमा रास्वपालाई समर्थन गर्नु कांग्रेसलाई राजनीतिक रूपमा कालो र न निलो बनाइदिएको छ।

    यसरी नै रास्वपाले निरन्तर राजनीतिक सहानुभूति बटुल्दै गएका कारण र अन्य दलको लोकप्रियता घट्दो क्रममा रहेको सन्दर्भमा, आगामी २०८४ सालको निर्वाचनमा रास्वपाले बाजी मार्न सक्ने सम्भावना उच्च रहेको विज्ञहरू बताइरहेका छन्।

    बिहिबार, असार २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !
    अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता
    केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने
    चाबहिलबाट फरार कैदीबन्दी पक्राउ
    प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द
    एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ३.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ४.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ५.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    • ६.
      एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    भर्खरै

    • १.
      एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

    • २.
      अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

    • ३.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ४.
      चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

    • ५.
      प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

    • ६.
      एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    • ७.
      भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

    • ८.
      कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.