• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, भदौ २४, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

गृहमन्त्रीको भाषणमा रास्वपा नेताहरूकै असन्तुष्टि

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ३. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ४. कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

  • ५. रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

  • ६. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ७. स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

  • ८. बाढीपछि केरुङमै रोकिएकामध्ये ११३ जना आज नेपाल फर्किँदै

  • ९. रास्वपाले राहत वितरणमा छुट्टै संयन्त्र नबनाउने

  • १०. रसुवा बाढीपछि बंगलादेश पठाउने बिजुली रोकियो

उपमेयर सुनिता डंगोलको अपिल : संयमित भएर हातेमालो गर्दै बजेट ल्याऔं


  •   सोमबार, असार २३, २०८२ मा प्रकाशित
  • काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संविधान र कानूनले तोकेको परिधिभित्र रहेर संयमित र जिम्मेवार ढंगले बजेट ल्याउने प्रक्रियामा सहभागी हुन सबै जनप्रतिनिधिहरूलाई अपिल गरेकी छन्।

    Advertisement

    आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै उपमेयर डंगोलले महानगरको बजेट प्रक्रिया जटिल मोडमा पुगेको बेला सहकार्य, सहमति र सहअस्तित्वको भावनामा आधारित भएर अगाडि बढ्नुपर्नेमा जोड दिएकी हुन्।

    उनले भनेकी छन्, “हामीले संविधान र कानूनले तोकेको परिधिभित्र रहेर, खुला छलफल गरी, वातावरण बिगार्ने होइन, सम्हालेर, आवेग र उत्तेजनामा होइन, संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी बनौँ। डुंगा प्वाल पारेर अरूलाई खसाल्ने र आफू मात्र बाँच्ने दुर्भाग्यको बाटो रोज्ने प्रयास नगरौँ। हामी सबै हातेमालो गरेर अघि बढौँ।”

    संविधानअनुसार असार १० गतेभित्र महानगरको बजेट प्रस्तुत गर्नुपर्ने र मसान्तसम्म पारित गर्नुपर्ने बाध्यता रहेको स्मरण गराउँदै उनले हालसम्म बजेट तर्जुमा समिति वा स्रोत अनुमान समिति जस्ता महत्त्वपूर्ण बैठकहरूसमेत बस्न नसकेकोप्रति चिन्ता व्यक्त गरेकी छन्।

    डंगोलले आफ्नो पदीय भूमिकाबारे स्पष्ट गर्दै भनिन्, “उपप्रमुखको जिम्मेवारी सम्हालेदेखि नै मैले ‘सहकार्य, सहमति र सहअस्तित्व’ को सिद्धान्त आत्मसात गर्दै आएको छु। संविधान र कानूनले उपप्रमुखलाई तोकेको अधिकारको सीमाभित्र रही, महानगरवासीको हितलाई प्राथमिकतामा राखेर काम गर्दै आएकी छु।”

    उनले अनौपचारिक रूपमा पनि बजेटसम्बन्धी विषयमा निरन्तर छलफल गर्दै आएको उल्लेख गर्दै थपेकी छन्, “मैले जनप्रतिनिधिहरूसँग बारम्बार संवाद गर्दै बजेट समयमै ल्याउन आग्रह गर्दै आएकी छु। आइतबार मात्रै पनि मेयरज्यू, प्रवक्ताज्यू र केही कार्यपालिका सदस्यहरूसँग अनौपचारिक छलफलमा बोर्ड बैठक तथा नगरसभा छिटो सम्पन्न गर्न आग्रह गरें, र उहाँहरूबाट सकारात्मक संकेत प्राप्त गरेकी छु।”

    जनप्रतिनिधिहरूमाथि बजेट अवरोधको जिम्मा नआओस् भन्ने उद्देश्यले उनले प्रमुख प्रशासकीय अधिकृत (CAO) को भूमिकाबारे समेत स्पष्ट धारणा राखेकी छन्। “यदि प्रमुख प्रशासकीय अधिकृत दोषी ठहरिन्छन् भने उहाँलाई कानुनबमोजिम कारबाही हुनुपर्छ भन्नेमा म अडिग छु,” भन्दै उनले स्पष्ट पारिन्, “तर हाल प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिबिना नै बैठक राख्ने विषय कानुनी रूपमा समस्या उत्पन्न गर्ने विषय हो।”

    उनले बैठकहरूमा प्रमुख प्रशासकीय अधिकृतलाई समावेश नगराई, जनप्रतिनिधिलाई प्रश्न गर्ने अवसरबाट वञ्चित गराउनु गंभीर प्राविधिक त्रुटि हुने धारणा पनि व्यक्त गरेकी छन्।

    अन्त्यमा, उपमेयर डंगोलले यस संवेदनशील मोडमा सबै जनप्रतिनिधिहरूलाई आवेग होइन, विवेकको मार्ग रोजी समन्वय र सहकार्यका साथ अघि बढ्न आग्रह गर्दै राजधानीका नागरिकप्रति उत्तरदायी बन्न स्पष्ट सन्देश दिएकी छन्।

    उनको अपिलले महानगरको बजेट जटिलता समाधान गर्न अब कार्यपालिका, नगरसभा र प्रशासनबीच खुला संवाद अपरिहार्य भएको संकेत दिएको छ।

    सोमबार, असार २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन
    चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ३.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ४.
      कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

    • ५.
      रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

    • ६.
      चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

    भर्खरै

    • १.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • २.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ३.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ४.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ५.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ६.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ७.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    • ८.
      प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.