×
शुक्रबार, असार २०, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

नजन्मनेछ!

च्यातिदेऊ त्यो प्रेमपत्र !

गाजा इजरायली आक्रमणमा १५ जनाको मृत्यु

संसद् र न्यायालयमा हामीले जनतासँग गरेको कबुलविपरीत छ :प्रचण्ड

प्रदेश सरकार नचाहिँने भन्नेहरू पनि एमालेमा रहेको सञ्चारमन्त्री गुरुङको दाबी

स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य छ :गृहमन्त्री लेखक

हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

भोका प्यालेस्टाइनीमाथि राहत वितरणमै चल्यो गोली

लोकप्रिय समाचार

  • १. राजावादी रविलाई अँगाल्दै..के रवि राजावादीसँग मिल्न लागेका हुन् त ?

  • २. जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ

  • ३. मुगुको कोटडाँडा नजिक केन्द्रविन्दु भएर भूकम्प

  • ४. शिक्षामन्त्री पन्त आएपछि देउवा पार्टीको बैठकबाट बाहिरिए

  • ५. शिक्षा विधेयकमा सहमति नजुटेपछि कांग्रेसको बैठकस्थल मै पुगे शिक्षामन्त्री

  • ६. बैंकिङ कसुरमा ६ मुद्दा खेपेका व्यक्ति पक्राउ

  • ७. भिजिट भिसा प्रकरणमा डिपी अर्याललाई छानविनको माग गर्दै उजुरी

  • ८. आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

  • ९. अध्यक्ष नेपाललाई मरेको सिनो भनेकी नेतृ रामकुमारी झाँक्रीमाथि नेकपा एसले थाल्यो कारबाही

  • १०. गगनप्रति पार्टी बैठकमै आगो भए मोहन बस्नेत, भने-कोही सग्लो छैनन्

पूर्वराष्ट्रपति भण्डारीको नाम उछालेर एमालेमा विवाद गराउने प्रयास भएको प्रधानमन्त्री ओलीको दाबी


  •   शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
  • स्पेन। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको नाम उछालेर नेकपा एमालेभित्र विवाद सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाएका छन् । उनले यस्ता गतिविधिबाट पार्टीभित्र गलत सन्देश दिन खोजिएको बताएका हुन् ।

    Advertisement

    स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बिहीबार साँझ म्याड्रिडस्थित नेपाली राजदूत निवासमा युरोपस्थित नेपाली समुदायका प्रतिनिधिसँगको छलफलमा भने, ‘पछिल्लो समय मेराविरुद्ध विद्या भण्डारी–विद्या भण्डारी भन्ने चर्चा चलाइएको छ । उहाँले आफैं केही भन्नुभएको छैन, अरूले उहाँको नाम अगाडि सारेका छन् ।’

    उनले नेकपा एमाले परिपक्व र जिम्मेवार पार्टी भएको उल्लेख गर्दै आन्तरिक विषयहरू समाधान गर्न पार्टी सक्षम रहेको दाबी गरे । ‘देशबाट गरिबी हटाउनु छ, नेपाललाई आधुनिक र विकसित बनाउनु छ,’ उनले भने, ‘एमालेले विभिन्न उतारचढाव पार गरेको छ र अझ जिम्मेवार भएर अघि बढ्नेछ ।’

    प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसभित्र पनि विवादहरू रहेको जनाउँदै ती विषयको पनि समाधान आवश्यक रहेको धारणा राखे । ‘नयाँ नाममा आएकाहरूको वास्तविकता खुलिसकेको छ’

    प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत केही समूहले निराशा र भ्रम फैलाउने काम गरिरहेको बताए । उनले विदेशमा रहेका नेपालीहरूलाई यस्ता भ्रामक प्रचारबाट प्रभावित नहुन आग्रह गर्दै भने, ‘देशमा सकारात्मक परिवर्तन सम्भव छ भन्ने विश्वासका साथ अघि बढ्नुपर्छ । तपाईंहरू विदेशमा भए पनि मातृभूमिको समृद्धिमा जोडिनु पर्छ ।’

    उनले पछिल्लो समय आफूलाई ‘नयाँ शक्ति’ भनेर चिनाउने केही समूहले सहकारीलगायत माध्यमबाट आर्थिक अनियमितता गरिसकेको आरोपसमेत लगाए ।
    ‘नयाँ नाममा आएका यस्ता शक्तिहरूको वास्तविकता जनतामाझ खुलिसकेको छ,’ उनले भने, ‘हल्ला र प्रचारले मात्रै राजनीति सम्भव छैन । जनताले विश्वास गर्ने आधार ठोस काम र स्पष्ट दृष्टिकोण हो ।’

    शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गाजा इजरायली आक्रमणमा १५ जनाको मृत्यु
    संसद् र न्यायालयमा हामीले जनतासँग गरेको कबुलविपरीत छ :प्रचण्ड
    प्रदेश सरकार नचाहिँने भन्नेहरू पनि एमालेमा रहेको सञ्चारमन्त्री गुरुङको दाबी
    स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
    वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य छ :गृहमन्त्री लेखक
    हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

    Facebook Page

    लोकप्रिय

    • १.
      राजावादी रविलाई अँगाल्दै..के रवि राजावादीसँग मिल्न लागेका हुन् त ?

    • २.
      जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ

    • ३.
      मुगुको कोटडाँडा नजिक केन्द्रविन्दु भएर भूकम्प

    • ४.
      शिक्षामन्त्री पन्त आएपछि देउवा पार्टीको बैठकबाट बाहिरिए

    • ५.
      शिक्षा विधेयकमा सहमति नजुटेपछि कांग्रेसको बैठकस्थल मै पुगे शिक्षामन्त्री

    • ६.
      बैंकिङ कसुरमा ६ मुद्दा खेपेका व्यक्ति पक्राउ

    भर्खरै

    • १.
      नजन्मनेछ!

    • २.
      च्यातिदेऊ त्यो प्रेमपत्र !

    • ३.
      गाजा इजरायली आक्रमणमा १५ जनाको मृत्यु

    • ४.
      संसद् र न्यायालयमा हामीले जनतासँग गरेको कबुलविपरीत छ :प्रचण्ड

    • ५.
      प्रदेश सरकार नचाहिँने भन्नेहरू पनि एमालेमा रहेको सञ्चारमन्त्री गुरुङको दाबी

    • ६.
      स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

    • ७.
      वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य छ :गृहमन्त्री लेखक

    • ८.
      हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.