• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, पुष ०३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली

एमालेको १९ सदस्यीय पदाधिकारी यस्तो बन्यो

एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

४० वटा मेसिनका ११३९ मत गणना, कुन पदाधिकारीको कति ? (सूची)

कर एवम् राजस्व वृद्धिले अर्थतन्त्र चलायमान भएको संकेत गर्छ : अर्थमन्त्री

गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने

एमाले मतगणना अपडेट : ओली ८४३, पोखरेल २९६

पूराना अनुहारले कांग्रेस संकटमा, नयाँ नेतृत्व अपरिहार्य : उमेश श्रेष्ठ

सुनको भाउ फेरि २ लाख ६० हजार नाघ्यो, चाँदी हालसम्मकै उच्च

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • ३. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ४. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ५. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ६. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ९. एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

  • १०. श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

चुनाव लड्ने सागर ढकालको तयारी रास्वपाले टिकट नदिए ‘हिस्स बुढी हरिया दाँत’


  •   बुधबार, असार १८, २०८२ मा प्रकाशित
  • यतिबेला रुपन्देही–क्षेत्र नं ३ उपचुनावले देशमा राजनीतिक माहोल बनाएको छ। कतिपय राजनीतिक दलहरूले आफ्ना उम्मेदवारहरू सार्वजनिक गरिसकेका बेला, रास्वपाले रुपन्देहीमा को उठाउला भनेर आम जनतादेखि स्वयं राजनीतिक दलहरूको समेत अर्जुन दृष्टि अहिले रास्वपामै केन्द्रित भएको छ।

    Advertisement

    रास्वपा सभापति रवि लामिछाने समेत पुर्पक्षका लागि थुनामा रहेकाले,रुपन्देहीको उपनिर्वाचनमा रास्वपाले कसलाई उम्मेदवारी दिन्छ भन्ने आम चासो रहेको आकलन गर्न सकिन्छ। यही बेला भने, डडेल्धुरामा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएर चर्चामा आएका सागर ढकाल उपचुनाव लड्न जुर्मुराएका छन्। रास्वपाको समर्थन लिएर उम्मेदवारी दिने उनले ताक पारेका छन्।

    बीबीसीको ‘साझा सवाल’ मा तत्कालीन प्रधानमन्त्री देउवाको हप्की खाएर भाइरल भएका ढकाल २०७९ सालको आम निर्वाचनमा उनै देउवाविरुद्ध चुनाव नै लड्न डडेल्धुरा पुगेका थिए। चुनाव जित्न नसके पनि उनले नसोचेको भोट ल्याए। देउवाले २५,५३४ भोट ल्याएर चुनाव जित्दा ढकाल १३,०४२ मत ल्याएर दोस्रो भएका थिए।

    त्यतिबेलानै हारको नमिठो स्वाद पाएका ढकाल यतिबेला फेरि रुपन्देहीबाट चुनावी सिँगोउरी खेल्न सिङ तिखारी रहेको बुझ्न सकिन्छ। अहिले सागर ढकाल रुपन्देही क्षेत्र नं ३ बाट उपचुनाव लड्ने भनेर प्रचार गर्दै हिँडिरहेका छन्। सकेसम्म रास्वपाको समर्थन लिएर उम्मेदवारी दिने र त्यो सफल नभए स्वतन्त्र भए पनि चुनाव लड्ने भनेर कम्मर कसिरहेका ढकालका निकटस्थहरू बताउँछन्।

    हिजो मात्र पनि ढकालले आफ्नो फेसबुकमा लेखेको स्टाटसले पनि त्यस्तै संकेतको सुई त्यतै लागेको आकलन गर्न सकिन्छ। उनले “रुपन्देही क्षेत्र नं ३ मा नेपालको इतिहास रच्न तयार हुनुहुन्छ” भनेर स्टाटस लेखेका थिए। उनले चितवन–२ मा रविको ५४,१७६ र काठमाडौँमा बालेनको ६१,७६७ मत उल्लेख गर्दै, “अब रुपन्देही–३ मा करिब ९०,००० मत छन्, त्यसमा तपाईं–हामीले ६२,००० मत पार गर्नुपर्छ र नेपालको इतिहास रच्नुपर्छ। कांग्रेस–एमाले–माओवादी एउटै हुन्, यिनको राणा शासनको अन्त्य ०८४ मा गर्नको लागि सुरुआत यहाँबाट गर्नुपर्छ।” भनेर लेखेका थिए।

    उनले यो स्टाटसमा चुनाव लड्ने भनेर सिधा घोषणा नगरे पनि स्पष्ट संकेत भने दिएका छन्। स्टाटसबाट उनी रवि, बालेनदेखि कुलमानका समर्थकसम्मलाई रिझाउने प्रयासमा रहेको बुझ्न सकिन्छ। बुझिए अनुसार, रास्वपाको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिने र बालेन–कुलमानको नाम लिएर चुनाव जित्ने उनको रणनीति हो। तर, उनलाई रास्वपाले समर्थन गर्ने स्थिति अहिलेसम्म देखिएको छैन। साथै, रास्वपा स्रोतले ढकाललाई “बकवास प्रचार गर्दै हिँड्नु भएको” र “रास्वपाले ढकाललाई चुनाव उठाउने विषयमा कुनै छलफल नभएको” बताएको छ।

    पार्टीले चुनावमा उम्मेदवारको खोजी भने गरिरहेको छ। अघिल्लो चुनावमा यस क्षेत्रमा रास्वपाले समानुपातिकतर्फ दोस्रो सर्वाधिक मत ल्याएको थियो। त्यसैले यसपटक भारी मतले चुनाव जित्ने गरी “कफन बाँधेर” होमिने रास्वपाको तयारी छ। सभापति रवि लामिछाने स्वयंले पार्टी पंक्तिलाई यो चुनाव जितेरै देखाउनुपर्ने सन्देश पठाइरहेको रास्वपा निकटस्थहरू दाबी गर्छन्। पार्टीले सकेसम्म स्थानीय र लोकप्रिय व्यक्तिको खोजी गरिरहेको बुझिएको छ।

    तर,अहिलेसम्म कसैको नाम पनि चर्चामा नल्याइएकोले, रास्वपा निकटस्थ नेताहरूका अनुसार उम्मेदवारी घोषणा ठूलै ‘सरप्राइज’ हुन सक्ने दाबी छ। रवि लामिछानेलाई जेल हालेपछि उनीप्रति जनसहानुभूति बढेको हुँदा पार्टीको भोट उल्लेखनीय रूपमा बढ्न सक्ने अनुमान स्वतन्त्र विश्लेषकहरूको तर्क छ। तर,रास्वपाले कसलाई उठाउनेछ भन्ने जनमानसको चासोको विषय बन्दै गएको छ।

    रुपन्देही क्षेत्र नं ३ का जनता तथा समग्र नेपालको जनमानसको चासोको विषय अहिले यही उपनिर्वाचन बनेको छ। तर सागर ढकाल भने रास्वपाका नेताहरूसँग सामीप्यता बढाउने नकाम कोसिसमा रहेको बुझ्न सकिन्छ। उनको चुनाव प्रतिको हुटहुटीले चुनाव लड्ने छाँटकाँट पक्का देखिन्छ, तर रास्वपाको आन्तरिक रणनीति भने सागर ढकाललाई “हिस्स बुढी हरिया दाँत” बनाउने जस्तो रहेको विज्ञहरू बताउँछन्।

    बुधबार, असार १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली
    एमालेको १९ सदस्यीय पदाधिकारी यस्तो बन्यो
    एमाले अध्यक्षमा ओलीको ह्याट्रिक
    ४० वटा मेसिनका ११३९ मत गणना, कुन पदाधिकारीको कति ? (सूची)
    कर एवम् राजस्व वृद्धिले अर्थतन्त्र चलायमान भएको संकेत गर्छ : अर्थमन्त्री
    गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • ३.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ४.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ५.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ६.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    भर्खरै

    • १.
      निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली

    • २.
      एमालेको १९ सदस्यीय पदाधिकारी यस्तो बन्यो

    • ३.
      एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

    • ४.
      ४० वटा मेसिनका ११३९ मत गणना, कुन पदाधिकारीको कति ? (सूची)

    • ५.
      कर एवम् राजस्व वृद्धिले अर्थतन्त्र चलायमान भएको संकेत गर्छ : अर्थमन्त्री

    • ६.
      गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने

    • ७.
      एमाले मतगणना अपडेट : ओली ८४३, पोखरेल २९६

    • ८.
      पूराना अनुहारले कांग्रेस संकटमा, नयाँ नेतृत्व अपरिहार्य : उमेश श्रेष्ठ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.