• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, जेठ २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ५. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. भुर्तेलको ऐतिहासिक इनिङ्समा नेपालद्वारा चीनसामु ३१४ रनको विशाल लक्ष्य

  • ८. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ९. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • १०. ‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

भैरहवा कारागारबाट रविको स्पष्टीकरण ‘यो राजनीतिक प्रतिशोध हो,मैले पैसा खाएको छैन’


  •   शनिबार, असार ०७, २०८२ मा प्रकाशित
  • काठमाडौं। भैरहवा कारागारबाट रास्वपाका सभापति रवि लामिछानेले आफूलाई सोधिने केही प्रश्नहरुको उत्तर दिएका छन् । उनले आफू कुनै सहकारीको सदस्य नरहेको र जीवी राईमार्फत सञ्चालित गोर्खा मिडिया प्रालिमा आफू समाचार र कार्यक्रमको क्षेत्राधिकारमा सीमित रहेको स्पष्ट पारेका छन्।

    Advertisement

    यस्तो छ रविले अपिलमार्फत गरेको प्रश्नाेत्तर

    १ आफू एमडी र सेयरधनी भएको कम्पनीमा कहाँबाट पैसा आयो भन्ने कुरा थाहा छैन भन्न मिल्छ?

    मैले थाहा छैन भनेको होइन, यो त मिडियाले भनेका हुन्। मैले त जीवी राईले कहाँबाट ल्याए त्यो चाहिँ थाहा छैन भनेको हुँ। गोर्खा मिडियाको आधिकारिक रेकर्डमा त्यहाँ आएको पैसा जीवी राईले दिएको सर्टट्रम लोन भनिएको छ। आधिकारिक अडिट रिपोर्टमा पनि त्यही उल्लेख छ।

    २) कम्पनीको जिम्मेवार व्यक्ति भएपछि कम्पनीमा आएको पैसाको जिम्मा लिनुपर्दैन?
    लिनुपर्छ। त्यसैले संसदीय छानबिन समितिले भनेअनुसार कम्पनीमा आइसकेपछि सो पैसाको खर्च र परिचालनमा जिम्मेवार र जवाफदेही हुँ भनेकै छु। सहकारीमा भएका कारोबार र क्रियाकलापमा म कसरी जिम्मेवार हुने?

    ३) सहकारीबाट सोझै पैसा आएको छ रे, होइन?
    कुनै पनि सहकारीबाट मेरो खातामा एक पैसा पनि आएको छैन। म कुनै
    सहकारीको सदस्य, सेयरधनी, ऋणी, कर्मचारी केही पनि होइन।

    ४) कम्पनीको एमडी सेयरधनी हुनुअघि नै कम्पनीमा तपाईँसहित तीनजनाको नाममा खाता खुलेको छ रे, हो?

    जीवी राई र छविलाल जोशीले गरेको सम्झौता बमोजिम म न्यूज–२४ छोडी उनीहरूसँग सहकार्यमा आउँछु भन्ने सुनिश्चितताका लागि गोर्खा मिडियाको खाता खोलिएको हो, अन्य खाता होइन। सम्झौताअघि कुनै किसिमको कारोबार भएको छैन। सहकारीसँग त मेरो कुनै हिसाब–किताब र लेनदेन छँदैछैन।

    ५) कम्पनी छोडिसकेपछि पनि सही गरेका चेकहरू छन् रे त !
    सही गरेका सबै चेकहरू सही गरेकै दिनमा साटिँदैनन्। कतिपय चेकमा दुई÷चार महिना पछाडिको मिति राखेर दिइन्छ। मेरै दुई महिनाको तलब बाँकी थियो। कम्पनी छोड्ने बेलामा चेक लिएको थिएँ, पछि खातामा पैसा भएको जानकारी पाएपछि भुक्तानी लिएँ। निजी क्षेत्रमा यो प्रचलित अभ्यास हो।

    ६) तपाईँकै हस्ताक्षर भएका चेकमार्फत सहकारीमा भुक्तानी भएको रहेछ नि?
    मसँग भएको लिखित सम्झौताअनुसार कुनै पनि आर्थिक मामलामा मेरो हस्तक्षेप हुन सक्दैनथ्यो। मेरो क्षेत्राधिकार समाचार र कार्यक्रममा मात्र सीमित थियो।
    छविलाल जोशी देशबाहिर र जीवी राई निरन्तर यात्रामा रहनेभएकाले हस्ताक्षर नगर्ने विकल्प मसँग थिएन। कार्य सहजताका लागि खाली चेकमा समेत हस्ताक्षर गरिन्थ्यो। सम्पूर्ण लगानी ल्याउने मान्छेलाई कुन चेक कसलाई किन दिएको भनेर प्रश्न सोध्ने मेरो नैतिक हैसियत थिएन। कुनै विवाद वा उजुरी नभएका कारण सोध्नुपर्ने आवश्यकता पनि भएन।

    ७) सहकारीले निजी क्षेत्रमा लगानी गर्न पाउँदैन भन्ने कुरा तपाईँ जतिको मान्छेलाई थाहा हुनुपर्दैन?
    मेरो कार्यकालमा बोर्ड बैठकबाट कुनै पनि सहकारीसँग ऋण लिने निर्णय वा सम्झौता भएको छैन। कुनै पनि सहकारीले बक्यौता वा किस्ता तिर्न सूचना र जानकारी पनि दिएको छैन। कम्पनीमा पैसा ल्याउने र बिल–बिजकबमोजिम तिर्ने सम्पूर्ण कार्य जीवी राईको प्रत्यक्ष निगरानीमा उनका विश्वास पात्रहरूबाट मात्रै हुन्थ्यो। म कार्य सहजताका लागि हस्ताक्षरकर्ता मात्रै थिएँ, लगानीकर्ता होइन।

    ८) तपाईँको नाममा गाडी छन् रे,सहकारीको सिस्टममा तपाईंको नाममा लोन छ रे नि !
    मैले कहिँ पनि ऋण लिएको छैन। मेरो नाममा कुनै सवारी साधन पनि छैन। मैले लिएको भनिएका ऋणहरु सहकारीले आफैले मेरो नाम राखी खडा गरेका हुन्। मलगायत सयौं मान्छेको नाममा यस्ता फर्जी खाता खोलिएका रहेछन्।
    जीसीएस सिस्टम भनेको उनीहरूको आफ्नै सिस्टम हो। अर्को पक्षको उपस्थिति, संलग्नता र हस्ताक्षर बिना आफैले एक पक्षीय रुपमा जो कोहीको नाम इन्ट्री गर्न सकिने सिस्टममा जसले जे इन्ट्री गरे पनि हुन्छ। आफ्नो डायरीमा आफै लेखेर आफैले राख्ने कुरा जस्तै हो। मेरो उपस्थिति कतै छैन। कतै मेरो निवेदन छैन, हस्ताक्षर छैन। सब फर्जी हुन्।

    ९) सहकारीबाट पैसा ल्याउने र टिभी खोल्ने सम्पूर्ण योजना तपाईंको र जीवी राईको हो रे भनेर छविलाल जोशीको बयान भन्दै मिडियामा आयो, के हो?
    न यो कुरा सत्य हो, न छविलालले बयानमा यस्तो भनेका नै छन्। यो मिडियामा मात्रै आएको कुरा हो।

    १०) तपाईँ जतिको मान्छेलाई लगानीको स्रोत के हो भन्ने कुरा थाहा हुनुपर्दैन?
    जीवी राईले हेटाैंडामा रहेको जग्गा बेचेर टिभीमा लगानी गरेको भन्ने कुरा कम्पनीको आधाकारिक जानकारीमा उल्लेख थियो। पछि अनुसन्धान गर्दा पो उनले विभिन्न सहकारीबाट रकम अपचलन गरी ल्याएका रहेछन् भन्ने थाहा भयो।

    हिजो कुनै गुनासो नआउँदा, उजुरी नपर्दा सहकारीहरूका खाता मैले कसरी हेर्ने? जीवीको व्यक्तिगत खाता कसरी हेर्ने? यो त अनुसन्धान पछि न थाहा भयो। अनि, राज्य लागेर गरेको अनुसन्धानबाट सहकारीमा मेरो संलग्नता भेटियो त? म कुनै सहकारीको सदस्य रहेछु त? ऋण लिन दिएको रहेछु त मैले कुनै निवेदन? कतै रहेछ त मेरो हस्ताक्षर? त्यसैले यो राजनीतिक प्रतिशोध हो, सिंगो राज्य मिलेर ममाथि गरेको संगठित अपराध हो।

    शनिबार, असार ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ४.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ५.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.