काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको पद निलम्बनको सूचना सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा पढेर सुनाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको सुनाउँदै उनले स्वतः निलम्बनको कानुनी प्रवधानबारे संसद्लाई जानकारी गराएका हुन् ।
                                                            
        
        
        
        
        
        
        
        
        
   
                           
                                                      
   
   
   
   
   
