काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन दलबीच दुई बुँदे सहमति भएपछि सदन खुल्ने बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अब रास्वपा आफ्नो ढंगले जाने बताए ।
प्रचण्डले भने, ‘अब हाउस खुल्छ । रास्वपासँग हाम्रा मूलभूत विषयमा केही समस्या छैन, तर उहाँहरूका केही अडानका कारणले आफ्नो ढंगले जानुहुन्छ । हामीबीच विमती र आरोप प्रत्यारोप हुँदैन ।’
रास्वपाले तीन दलबीचको सहमतिमा असन्तुष्टि जनाउँदै भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको अडान कायमै राखेको छ ।