काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको माग राख्दै आफूहरूले गरिरहेको आन्दोलन नयाँ ढङ्गले अघि बढ्ने बताएका छन्। राप्रपा नेपालले बिहीबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन्।
अध्यक्ष थापाले आफूहरूले गरेको आन्दोलनमा केही कमी कमजोरी भएको भन्दै त्यसलाई सच्याउँदै नयाँ ढङ्गले आन्दोलन अघि बढाउने समेत बताए । उनले आफूहरूको आन्दोलन तुहिएको हो कि भन्ने भ्रममा नरहन आग्रह समेत गरे ।
उनले मुद्दालाई निर्णायक तहमा पुराउन संयुक्त जनआन्दोलन परिचालन समिति आगामी दिनमा सशक्त रूपमा आउने उनले बताए ।
संयुक्त जनआन्दोलन परिचालन समितिबाट केही समूहहरू अलग हुन थालेको भन्ने भ्रममा नरहन आग्रह गर्दै अध्यक्ष थापाले समिति अहिले पनि एकताबद्ध रहेको दाबी गरे । 
उनले राजसंस्थासहितको प्रजातन्त्रको कुरा गरेर निरङ्कुश व्यवस्थातर्फ फर्किन लागेको भन्ने कुरामा सत्यता नरहेको समेत बताए ।
                                                            
        
        
        
        
        
        
        
        
        
   
                           
                                                      
   
   
   
   
   
