काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध खुलाउने विषयमा दलहरूबीच सकारात्मक छलफल भएको बताएका छन्।
संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग आइतबार कुरा गर्दै प्रचण्डले सबै दलसँग गतिरोध खुलाउने विषयमा सकारात्मक छलफल भएको बताएका हुन् । उनले निकासा निकाल्नका लागि माओवादी मात्रै लचक भएर नपुग्ने भन्दै सरकार पनि लचिलो हुनुपर्ने धारणा राखे । उनले भाषामा समझदारी बनेपछि छिटै सदन चल्ने उल्लेख गरे ।
भिजिट भिसा प्रकरणमा छानबिन आयोग गठन हुनुपर्ने विषयमा दलहरूबिच मतभेद हुँदा लामो समयदेखि सदन अवरुद्ध हुँदै आएको छ ।