• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

  • ४. रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

  • ५. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ६. चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

  • ७. साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

  • ८. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ९. भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

  • १०. भदौ २४ लाई ओलीले भने: विध्वंसको दिन

बागमती प्रदेशका मुख्यमन्त्री लामालाई कोदोको रक्सी समितिको ज्ञापनपत्र संगै ब्राण्डीङ र सिल गरेको तीन पाने


  •   मङ्गलबार, जेठ २०, २०८२ मा प्रकाशित
  • हेटौंडा । नेपाली कोदोको रक्सी संरक्षण तथा व्यवस्थापन केन्द्रीय समितिले बागमती प्रदेश सरकारलाई कोदोको रक्सीलाई वैधानिक मान्यता दिन र यस सम्बन्धमा स्पष्ट नीति निर्माण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । समितिका संयोजक छिरिङ ग्याल्बु लामा र उपसंयोजक कृष्णबहादुर आले मगर नेतृत्वको टोलीले मुख्यमन्त्री बहादुरसिंह लामालाई ज्ञापनपत्र बुझाएका हुन् ।

    Advertisement

    ज्ञापनपत्रमा आदिवासी जनजातिहरूको मौलिक संस्कृति र परम्परागत पेशासँग सम्बन्धित घरेलु रक्सी, विशेषतः कोदोको रक्सीको संरक्षण र व्यवस्थापन राज्यको प्राथमिकतामा पर्नुपर्ने माग गरिएको छ । परम्परागत विधिबाट उत्पादित रक्सी जैविक, रसायन मुक्त र गुणस्तरीय हुने भन्दै समितिले यसलाई कानुनी रूप दिनु राज्यको दायित्व भएको उल्लेख गरिएको छ ।

    “घरेलु रक्सी उत्पादन, वितरण तथा उपभोग आदिवासी समुदायको सांस्कृतिक पहिचान र आयआर्जनको स्रोत हो । तर राज्यले विभिन्न स्वार्थ समूहको प्रभावमा परी यसलाई प्रतिबन्धित गर्दै आएको छ, जुन अन्यायपूर्ण छ,” संयोजक लामाले बताए । उनले घरेलु रक्सीमा प्रतिबन्ध लगाएर गरीबको पेटमा लात हान्ने र विदेशी कम्पनीका रक्सीलाई प्रश्रय दिइने अवस्था अन्त्य गर्न माग गरे । ‘हामीले स्वादेशमा हाम्रो सिपको प्रयोग गरि राज्यलाई अरबौँ कर तिछौँ भन्दा राज्यले यसलाई बेवास्ता गरेको कारण अब हामी बलियोरुपमा यसको संरक्षण र प्रर्वद्धनमा जुटेका छौँ । सरकारले हामीलाई साथ दिनेमा समिति विश्वस्त छु’ उनले भने ।

    ज्ञापनपत्रमा उल्लेखित मागहरू अनुसार, राज्यले कोदोको रक्सीलाई वैधानिक मान्यता दिने नीति बनाउने, निर्यात र बजार व्यवस्थापन सुनिश्चित गर्ने, वैज्ञानिक विधिबाट गुणस्तर मापन गर्ने, रक्सी उद्योगलाई व्यवस्थित गर्दै मापदण्ड तय गर्ने, प्रत्येक स्थानीय तहमा संकलन केन्द्र स्थापना गर्ने, बाँझो जग्गामा कोदो खेतीलाई प्रवर्द्धन गर्दै अनुदान र सहुलियत ऋणको व्यवस्था मिलाउने लगायतका बुँदाहरू उठाइएको छ । मुख्यमन्त्री बहादुरसिंह लामालाई ज्ञापनपत्र संगै ब्राण्डीङ र सिल गरेको कोदोको रक्सी समेत बुझाएको समितिलले जनाएको छ ।

    समितिले कोशी प्रदेशमा सुरु भएको प्रक्रिया उदाहरणीय भएको भन्दै संघीय सरकार र अन्य प्रदेशले पनि यस्तै नीति अघि बढाउन आग्रह गरेको छ । साथै, गुणस्तरहीन, रसायन मिसिएको रक्सीको अनुगमन गरी कारवाही गर्न माग गरिएको छ भने परम्परागत तरिकाबाट कोदो र मर्चाको मात्र प्रयोग गरि उत्पादित रक्सीको उत्पादन र विक्री वितरणमा कुनै अवरोध नगर्न आग्रह गरिएको छ ।

    “घरेलु रक्सीलाई वैधानिकता दिनु सामाजिक न्याय, सांस्कृतिक संरक्षण र आर्थिक समृद्धिको मूल आधार हो,” उपसंयोजक आले मगरले बताए । उनले कोदोको रक्सीलाई व्यवस्थित र वैज्ञानिक ढंगले अघि बढाएमा रोजगारी, कर संकलन, विदेशी मुद्रा आर्जन जस्ता बहुआयामिक लाभ हुने विश्वास व्यक्त गरे ।

    संघीय सरकारका पूर्वकानूनमन्त्री शेरबहादुर तामाङ र कोशी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री उषाकला राईको संरक्षक रहेको समितिले यस अघि उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडले, मुख्य सचिव एकनारायण अर्याल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई समेत ज्ञापनपत्र बुझाएका थिए ।

    समितिले आगामी आर्थिक वर्षदेखि नै नीति र कानुनमार्फत घरेलु रक्सी व्यवस्थापनको प्रक्रिया सुरु गर्न आग्रह गर्दै बागमती प्रदेश सरकारको सकारात्मक पहलको अपेक्षा गरेको छ ।

    मङ्गलबार, जेठ २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    • ४.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    • ५.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ६.
      चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

    भर्खरै

    • १.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ४.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ५.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ७.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ८.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.