• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, भदौ १६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

१५ भदौ २०८२, आइतवार August 31, 2025

अफगानिस्तानमा भूकम्पमा परेर ८ सयभन्दा बढीको मृत्यु

नक्कली कागजात बनाएको भन्दै सामाखुसीबाट तीनजना पक्राउ

नयाँ जनवादी मोर्चा, नेपालले राष्ट्रिय भेला गर्ने

अगस्तमा मात्रै नेपालमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक आए

मन्त्रीले खोसे सचीवको चाबी

वडामा चुनाव जिताउन नसक्नेहरु पनि एमालेमा नेता भए : एमाले उपमहासचीव ज्ञवाली

कर्णाली नदीले तटबन्ध बगाउदा पुरै गाउ नै जोखिममा

एकै मंचमा मोदी, सी र पुटिन

लोकप्रिय समाचार

  • १. हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

  • २. भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न नसकिने रास्वपाको दाबी

  • ३. रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

  • ४. कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेट, कृषि र रोजगारमा सहकार्य बढाउने

  • ५. रुबि हत्या प्रकरण: पासवानले गरे हत्याको स्वीकार

  • ६. पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट

  • ७. प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो :सचिवालय

  • ८. झिंगा भेटिएपछि ‘मुस्ताङ गोल्ड’ उत्पादकमाथि कारबाही, २ लाख जरिवाना

  • ९. मन्त्री दाहालले गरे सडक आयोजना कार्यालय भवन उद्घाटन

  • १०. ऊर्जा मन्त्री र तीन सचिवबीच कार्यसम्पादन सम्झौता

बागमती प्रदेशका मुख्यमन्त्री लामालाई कोदोको रक्सी समितिको ज्ञापनपत्र संगै ब्राण्डीङ र सिल गरेको तीन पाने


  •   मङ्गलबार, जेठ २१, २०८२ मा प्रकाशित
  • हेटौंडा । नेपाली कोदोको रक्सी संरक्षण तथा व्यवस्थापन केन्द्रीय समितिले बागमती प्रदेश सरकारलाई कोदोको रक्सीलाई वैधानिक मान्यता दिन र यस सम्बन्धमा स्पष्ट नीति निर्माण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । समितिका संयोजक छिरिङ ग्याल्बु लामा र उपसंयोजक कृष्णबहादुर आले मगर नेतृत्वको टोलीले मुख्यमन्त्री बहादुरसिंह लामालाई ज्ञापनपत्र बुझाएका हुन् ।

    Advertisement

    ज्ञापनपत्रमा आदिवासी जनजातिहरूको मौलिक संस्कृति र परम्परागत पेशासँग सम्बन्धित घरेलु रक्सी, विशेषतः कोदोको रक्सीको संरक्षण र व्यवस्थापन राज्यको प्राथमिकतामा पर्नुपर्ने माग गरिएको छ । परम्परागत विधिबाट उत्पादित रक्सी जैविक, रसायन मुक्त र गुणस्तरीय हुने भन्दै समितिले यसलाई कानुनी रूप दिनु राज्यको दायित्व भएको उल्लेख गरिएको छ ।

    “घरेलु रक्सी उत्पादन, वितरण तथा उपभोग आदिवासी समुदायको सांस्कृतिक पहिचान र आयआर्जनको स्रोत हो । तर राज्यले विभिन्न स्वार्थ समूहको प्रभावमा परी यसलाई प्रतिबन्धित गर्दै आएको छ, जुन अन्यायपूर्ण छ,” संयोजक लामाले बताए । उनले घरेलु रक्सीमा प्रतिबन्ध लगाएर गरीबको पेटमा लात हान्ने र विदेशी कम्पनीका रक्सीलाई प्रश्रय दिइने अवस्था अन्त्य गर्न माग गरे । ‘हामीले स्वादेशमा हाम्रो सिपको प्रयोग गरि राज्यलाई अरबौँ कर तिछौँ भन्दा राज्यले यसलाई बेवास्ता गरेको कारण अब हामी बलियोरुपमा यसको संरक्षण र प्रर्वद्धनमा जुटेका छौँ । सरकारले हामीलाई साथ दिनेमा समिति विश्वस्त छु’ उनले भने ।

    ज्ञापनपत्रमा उल्लेखित मागहरू अनुसार, राज्यले कोदोको रक्सीलाई वैधानिक मान्यता दिने नीति बनाउने, निर्यात र बजार व्यवस्थापन सुनिश्चित गर्ने, वैज्ञानिक विधिबाट गुणस्तर मापन गर्ने, रक्सी उद्योगलाई व्यवस्थित गर्दै मापदण्ड तय गर्ने, प्रत्येक स्थानीय तहमा संकलन केन्द्र स्थापना गर्ने, बाँझो जग्गामा कोदो खेतीलाई प्रवर्द्धन गर्दै अनुदान र सहुलियत ऋणको व्यवस्था मिलाउने लगायतका बुँदाहरू उठाइएको छ । मुख्यमन्त्री बहादुरसिंह लामालाई ज्ञापनपत्र संगै ब्राण्डीङ र सिल गरेको कोदोको रक्सी समेत बुझाएको समितिलले जनाएको छ ।

    समितिले कोशी प्रदेशमा सुरु भएको प्रक्रिया उदाहरणीय भएको भन्दै संघीय सरकार र अन्य प्रदेशले पनि यस्तै नीति अघि बढाउन आग्रह गरेको छ । साथै, गुणस्तरहीन, रसायन मिसिएको रक्सीको अनुगमन गरी कारवाही गर्न माग गरिएको छ भने परम्परागत तरिकाबाट कोदो र मर्चाको मात्र प्रयोग गरि उत्पादित रक्सीको उत्पादन र विक्री वितरणमा कुनै अवरोध नगर्न आग्रह गरिएको छ ।

    “घरेलु रक्सीलाई वैधानिकता दिनु सामाजिक न्याय, सांस्कृतिक संरक्षण र आर्थिक समृद्धिको मूल आधार हो,” उपसंयोजक आले मगरले बताए । उनले कोदोको रक्सीलाई व्यवस्थित र वैज्ञानिक ढंगले अघि बढाएमा रोजगारी, कर संकलन, विदेशी मुद्रा आर्जन जस्ता बहुआयामिक लाभ हुने विश्वास व्यक्त गरे ।

    संघीय सरकारका पूर्वकानूनमन्त्री शेरबहादुर तामाङ र कोशी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री उषाकला राईको संरक्षक रहेको समितिले यस अघि उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडले, मुख्य सचिव एकनारायण अर्याल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई समेत ज्ञापनपत्र बुझाएका थिए ।

    समितिले आगामी आर्थिक वर्षदेखि नै नीति र कानुनमार्फत घरेलु रक्सी व्यवस्थापनको प्रक्रिया सुरु गर्न आग्रह गर्दै बागमती प्रदेश सरकारको सकारात्मक पहलको अपेक्षा गरेको छ ।

    मङ्गलबार, जेठ २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अफगानिस्तानमा भूकम्पमा परेर ८ सयभन्दा बढीको मृत्यु
    नक्कली कागजात बनाएको भन्दै सामाखुसीबाट तीनजना पक्राउ
    नयाँ जनवादी मोर्चा, नेपालले राष्ट्रिय भेला गर्ने
    अगस्तमा मात्रै नेपालमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक आए
    मन्त्रीले खोसे सचीवको चाबी
    वडामा चुनाव जिताउन नसक्नेहरु पनि एमालेमा नेता भए : एमाले उपमहासचीव ज्ञवाली

    Facebook Page

    लोकप्रिय

    • १.
      हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

    • २.
      भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न नसकिने रास्वपाको दाबी

    • ३.
      रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

    • ४.
      कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेट, कृषि र रोजगारमा सहकार्य बढाउने

    • ५.
      रुबि हत्या प्रकरण: पासवानले गरे हत्याको स्वीकार

    • ६.
      पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट

    भर्खरै

    • १.
      १५ भदौ २०८२, आइतवार August 31, 2025

    • २.
      अफगानिस्तानमा भूकम्पमा परेर ८ सयभन्दा बढीको मृत्यु

    • ३.
      नक्कली कागजात बनाएको भन्दै सामाखुसीबाट तीनजना पक्राउ

    • ४.
      नयाँ जनवादी मोर्चा, नेपालले राष्ट्रिय भेला गर्ने

    • ५.
      अगस्तमा मात्रै नेपालमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक आए

    • ६.
      मन्त्रीले खोसे सचीवको चाबी

    • ७.
      वडामा चुनाव जिताउन नसक्नेहरु पनि एमालेमा नेता भए : एमाले उपमहासचीव ज्ञवाली

    • ८.
      कर्णाली नदीले तटबन्ध बगाउदा पुरै गाउ नै जोखिममा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.