सुर्खेत। कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–३ स्थित ताडी आधारभुत स्वास्थ्य केन्द्रमा स्थानीयले ताला लगाएका छन् । खोकी लागेका र टाउको दुखेका बिरामी औषधि लिन जाँदा कार्यालय सहयोगीले आइरन चक्की वितरण गरेको भन्दै ताला लगाइएको हो ।
कार्यालयमा समयमा नआउने,सरकारले निःशुल्क उपलब्ध गराएका औषधि पनि सेवाग्राहीलाई उपलब्ध नगराएको भन्दै स्थानीयले स्वास्थ्य संस्थामा ताला लगाएका हुन । सो स्वास्थ्य केन्द्र करिब दुई हप्तादेखि कर्मचारीविहीन रहेको छ ।
कर्मचारीबाट विभिन्न समयमा पावर र पहुँच देखाउदै वडाका बिरामी नगरीलाई पटक-पटक थर्काउने,धम्काउने जस्ता क्रियाकलाप हुने गरेको स्थानियको आरोप छ ।