काठमाडौं। अवैध र स्रोत नखुलेको ३२ हजार अमेरिकी डलरसहित बिमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३२ वर्षीय शोओजुन लुई छन्।
उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो । एअर चाइनाको उडानमार्फत उनी काठमाडौंबाट चाइना जान लागेका थिए ।
उनको लजेजमा ३२ हजार ४ सय अमेरिकी डलर भेटिएको प्रहरीले बताएको छ । पक्राउ परेका उनलाई उक्त रकमसहित राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक पठाइएको छ ।