काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले भिजिट भिसामा विदेश गएका नेपालीलाई भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हुन आग्रह गरेकी छन् । गृहमन्त्री रमेश लेखक नै विवादमा परेपछि उनले भिजिट भिसामा विदेश गएका नेपालीलाई भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हुन आग्रह गरेकी हुन् ।
सांसद गौतमले भिजिट भिसामा गएका नेपालीलाई आफू विदेश जाँदा अध्यागमन कार्यालयमा दिइएको घुसको विवरण उपलब्ध गराइदिन समेत आग्रह गरेकी छन् ।
सामजिक संजाल फेसबुकमा भनेकी छन् : ‘भिजिट भिसाामा विदेश जानुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई अनुरोध छ विदेश जानुअघि वा पछि तपाईँलाई कसले, कुन माध्यमबाट, कुन खातामा कति घुस तिर्न बाध्य बनायो ?,’ उनले फेसबुकमा लेखेकी छन्, ‘यदि तपाईँसँग प्रमाण छ भने, कृपया मलाई सोविताआरएसपी एटदरेट जिमेल डटकम ( sobitarsp@gmail.com) मा पठाइदिनुहोस् ।’
सांसद सोविताले अन्याय सहेर बस्ने नभएर बोल्ने र बदल्ने समय आएको पनि फेसबुकमा भनेकी छन् ।