काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद् रामेश्वर चौधरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् ।
यसअघि सरकार फेरिएपछि भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीको पद गुमाएका थिए। विवादित अडियोका कारण लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएपछि नाउपाको मन्त्रीको एक कोटा खाली भएकाले चौधरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका हुन् ।
उनको साँझ ५ बजे शपथग्रणको तयारी छ ।