काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले विचार मिल्नेहरु पार्टीसँग ऐक्यवद्वता जनाउदै अघि बढ्नुपर्ने बताएका छन् ।
शनिवार ३२औं मदन-आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न लगातार लागिरहेको बताए ।
उनले भने,
‘ससाना टुक्रामा छरिएका समूहहरुलाई एकताबद्ध बनाउँदै पनि गयौं । कोही एकताबद्ध भए, कोही भएनन् । कोही एकताबद्ध भएर पनि बीचैमा छाडेर पनि गए । यस्तो भइरहन्छ । त्यसैले आत्तिने काम गर्नुहुँदैन । आफ्नो विचार ठीक छ कि छैन भन्ने आत्मविश्वास हुनुपर्छ । त्यही शक्तिमा एकताबद्ध बनाउन जुट्नुपर्छ । विचार, दृष्टिकोण र धारणा मिल्नेहरुसँग हातेमालो गर्नुपर्छ, मोर्चा बनाउनुपर्छ । सहकार्य गर्नुपर्छ । सम्भव हुन्छ भने पार्टी एकता पनि गरेर जानुपर्छ ।’
अध्यक्ष नेपालले मदन भण्डारीको नेतृत्वमा पनि धेरै समूहलाई एकताबद्ध गर्ने काम भएको स्मरण गरे ।