• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, बैशाख ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

नदीमा पौडी खेल्नेक्रममा बालक बेपत्ता

नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

आठपहरिया समुदायले मनाए बैशाखे बिसु पर्व

नेपाल–भारत सीमामा कडाइको असर :नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक

भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्‌ले लगायो ताला

ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न,२२ एमएमको ढुंगा निकालियो

सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

लोकप्रिय समाचार

  • १. यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर

  • २. महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

  • ३. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ४. इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

  • ५. गैरकानुनी रुपमा संकलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ६. नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

  • ७. मंगलबजारमा छुरा प्रहार प्रकरण : रिस नियन्त्रण गर्न नसक्दाको घातक परिणाम

  • ८. छुरा प्रहार घटनामा संलग्न दुई जना पक्राउ

  • ९. जनताको आकांक्षा पूरा गर्न जनकल्याणकारी कानुन निर्माण गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

  • १०. ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

मोरङमा तिन प्रहरी इन्स्पेक्टरबीच कुटाकुट,कारबाही प्रक्रिया विवादित


  •   आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
  • विराटनगर। मोरङको विराटनगरस्थित एक होटलमा तीन जना प्रहरी निरीक्षकबीच भएको कुटाकुटको घटना सामाजिक सञ्जालमा भाइरल भएको छ । प्रहरीमाथि प्रश्न उठाउने उक्त घटना सार्वजनिक भएपछि प्रहरी संगठनभित्र कारबाहीको प्रक्रिया सुस्त भएको भन्दै झन् आलोचना सुरु भएको छ ।

    Advertisement

    स्रोतका अनुसार जिल्ला ट्राफिक कार्यालय मोरङका इन्चार्ज राजन लम्साल, जिल्ला घुमुवा कमाण्डर सरोज खनाल र रंगेली इलाका प्रहरी कार्यालयका इन्चार्ज सन्तोष खड्का बीच मदिरापानको क्रममा विवाद उत्पन्न भएको थियो । एउटै ब्याचका तीन इन्स्पेक्टरबीच बिल तिर्ने विषयलाई लिएर सुरु भएको भनाभन कुटाकुटमा परिणत भएको थियो ।

    विवाद उत्कर्षमा पुग्दा होटलका कर्मचारीहरुले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेका सुरक्षाकर्मीले हस्तक्षेप गर्न खोज्दा केही जवान र अधिकृत समेत अभद्र व्यवहारमा परेका थिए । घटनाका एक सहभागी निरीक्षक लम्साल अत्यधिक मदिरा सेवनपछि सडकमा बस्त्रविहीन अवस्थामा देखिएका थिए ।

    उक्त घटना गुपचुप राख्ने प्रयास भए पनि शुक्रवार बेलुका भिडियो सार्वजनिक भएपछि आलोचना चुलिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले तत्काल अनुसन्धान र आवश्यक कारबाही गर्न निर्देशन दिएका छन् । तर घटना भएको समयमा मेडिकल परीक्षण नगरिएकाले कानुनी रूपमा प्रमाण जुटाउन कठिन भएको प्रहरी स्रोतले जनाएको छ ।

    कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी भीमबहादुर दाहाल र जिल्ला प्रहरी प्रमुख एसपी नारायण चिमौरियाले सुरुमा चासो नदिएको भन्दै उनीहरूप्रति पनि प्रश्न उठ्न थालेको छ । विशेष आरोप सरोज खनालमाथि लागेको छ, जसले जिल्लाभरका घुमुवा संकलनको जिम्मा लिएका कारण शक्तिशाली रूपमा चिनिन्छन् । यस्तै, सन्तोष खड्काले पनि राजनीतिक पहुँच प्रयोग गरी प्रभावशाली पद पाएको चर्चा छ ।

    प्रहरी भित्रैको अनुशासन र जवाफदेहिता कायम राख्नुपर्ने बेलामा उच्च अधिकृतहरूको भूमिका कमजोर देखिएको भन्दै संगठनको छविमा आँच आउने खालका यस्ता घटनामा गम्भीर कारबाहीको माग उठ्न थालेको छ ।

    आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नदीमा पौडी खेल्नेक्रममा बालक बेपत्ता
    नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।
    बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह
    आठपहरिया समुदायले मनाए बैशाखे बिसु पर्व
    नेपाल–भारत सीमामा कडाइको असर :नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक
    भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्‌ले लगायो ताला

    Facebook Page

    लोकप्रिय

    • १.
      यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर

    • २.
      महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

    • ३.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    • ४.
      इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

    • ५.
      गैरकानुनी रुपमा संकलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ६.
      नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

    भर्खरै

    • १.
      नदीमा पौडी खेल्नेक्रममा बालक बेपत्ता

    • २.
      नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

    • ३.
      बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

    • ४.
      आठपहरिया समुदायले मनाए बैशाखे बिसु पर्व

    • ५.
      नेपाल–भारत सीमामा कडाइको असर :नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक

    • ६.
      भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्‌ले लगायो ताला

    • ७.
      ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न,२२ एमएमको ढुंगा निकालियो

    • ८.
      सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.