• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, चैत २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

उपसभामुख निर्वाचनमा एमालेको नो भोट

लोकप्रिय समाचार

  • १. जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

  • २. संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

  • ३. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ४. मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

  • ५. डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

  • ६. सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयको जिम्मेवारी शिवराज भट्टलाई

  • ७. ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

  • ८. महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

  • ९. एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

  • १०. जेनजी आन्दोलनपछि विस्थापित कोशी प्रदेशसभाः दुई महिमा १५ बैठक, आमसञ्चार विधेयक सर्वसम्मत पारित

भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण


  •   शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
  • भारतले ‘पहलगाम हमला’को बदलामा पाकिस्तानमाथि सुरु गरेको ‘अपरेशन सिन्दूर’ पछिल्लो समय भारत–पाकिस्तान सम्बन्धमा पुनः एकपटक तनावको उच्च बिन्दुमा पुर्‍याउने कारकतत्व बनेको छ। यस अपरेशन अन्तर्गत भारतीय सेनाले पाकिस्तानमा २४ वटा क्षेप्यास्त्र प्रहार गरेको दाबीपछि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान दक्षिण एशियातर्फ तानिएको छ।

    Advertisement

    “यो घटनाले दुई आणविक शक्तिहरूबीचको शक्ति-सन्तुलनबारेको बहसलाई पुनः जाज्वल्यमान बनाइदिएको छ। भारत र पाकिस्तानबीचको तनावले सिंगो दक्षिण एशियालाई अनिश्चितता र अस्थिरताको भुमरीमा तानेको छ । अपरेशन सिन्दूरपछिको सैन्य प्रहार र त्यसको सम्भावित प्रतिक्रियाले यो युद्घ कहिलेसम्म जारी रहला र कुन पक्ष बलियो प्रमाणित होला भन्ने चासो विश्वभर फैलिएको छ।

    अहिलेको बहस केवल शक्तिको होडमा सीमित छैन, यो बहस हो दुई आणविक राष्ट्रबीचको संभाव्य भिडन्तले समग्र मानव,अर्थतन्त्र र भूराजनीतिमा पार्ने गहिरो प्रभाव पार्न सक्छ । सर्वत्र उठिरहेको छ यसको मूल्य कति क-कसले चुकाउनु पर्नेछ?”

    ग्लोबल फायर पावर २०२५ अनुसार भारत संसारको चौथो शक्तिशाली सैन्य राष्ट्र हो भने पाकिस्तान १२औँ स्थानमा रहेको तथ्यांकले देखाउँछ। भारतले आफ्नो क्षेत्रीय प्रभुत्वका लागि सैनिक क्षमताको बिस्तार र आधुनिकीकरणलाई उच्च प्राथमिकतामा राखेको छ। भारतसँग लगभग २२ लाख सक्रिय सैनिक छन् भने पाकिस्तानसँग झन्डै १३ लाख ११ हजार सक्रिय सैनिक रहेका छन्।

    ट्याङ्कको सन्दर्भमा,भारतसँग ४,२०१ ट्याङ्क छन् भने पाकिस्तानसँग २,६२७ रहेको दावी गरिएको छ। यस्तै भारतसँग बख्तरबन्द सवारी झन्डै एक लाख पाँच हजार रहेको छ। पाकिस्तानसँग यो संख्या उल्लेखनीय रूपमा कम छ, तैपनि स्थल युद्धमा पाकिस्तान भारतभन्दा कम छैन। पाकिस्तानले सेल्फ प्रोपेल्ड र मल्टी ब्यारल रकेट आर्टिलरीलाई विकसित बनाएको देखिन्छ, जसले युद्धमा पाकिस्तानलाई भारतसँग तुलनात्मक रूपमा प्रतिस्पर्धी बनाएको छ।

    वायुसेनाको कुरा गर्दा,भारतको वायुसेना ५१३ लडाकु विमानसहित कुल २,२२९ विमान छन् भने पाकिस्तानसँग ३२८ लडाकु विमानसहित कुल १,३९९ विमान छन्। संख्यात्मक दृष्टिले भारतको अग्रता स्पष्ट छ। भारतसँग ८९९ हेलिकप्टर छन्, जसमा ८० हमलाकारी हेलिकप्टर छन् भने पाकिस्तानसँग जम्मा ५७ हमलाकारी हेलिकप्टर छन्।

    ड्रोन युद्धको सन्दर्भमा भारत अगाडि देखिन्छ। भारतले अमेरिकासँग ३१ वटा प्रिडेटर ड्रोन खरिद गरेको छ, जसले युद्धलाई अझ खतरनाक बनाउन सक्ने आँकलन गर्न सकिन्छ। पाकिस्तानले पनि टर्की र चीनबाट आधुनिक ड्रोन लिएको छ र आफ्नै ‘बराक’ तथा ‘शाहपर’ ड्रोन विकास गरेको छ। यद्यपि, भारत प्रविधिमा अग्र स्थानमा रहेको छ।

    हिन्द महासागर क्षेत्रमा भारतीय नौसेनासँग दुई विमानवाहक युद्धपोत, १३ डिस्ट्रोअर, १४ फ्रिगेट, १८ पनडुब्बी र कुल २९३ जहाज छन्। पाकिस्तानसँग भने ९ फ्रिगेट, ८ पनडुब्बी र ६९ गस्ती जहाज छन्। यसले भारतको समुद्री सैन्य शक्ति स्पष्ट रूपमा प्रबल रहेको देखाउँछ। भारतको नौसेनालाई अझ सुदृढ बनाउने कार्य ‘मेक इन इन्डिया’ अभियानमार्फत जारि छ, जसले हिन्द महासागर क्षेत्रको प्रमुख शक्ति भारतलाई बनाइरहेको छ।

    रणनीतिक रुपमा भारतले सन् २०२५ सम्ममा आफ्ना सबै सैन्य शाखाहरूलाई एकीकृत आदेश प्रणालीमा लैजाने रणनीति लिएको छ। डिजिटल युद्ध प्रणाली, कृत्रिम बुद्धिमत्ता, साइबर युद्व तयारी र अन्तरिक्ष सुरक्षा प्रणालीमा भारतले उल्लेखनीय लगानी गरिरहेको छ। पाकिस्तानले पनि यस प्रतिस्पर्धामा भाग लिँदै साइबर सुरक्षा, ड्रोन्स, इलेक्टोनिक वारफेयर र चिनियाँ प्रविधिको प्रयोगमार्फत प्रतिरोधको तयारी गरिरहेको छ।

    भूराजनीतिक हिसाबले भारतलाई अमेरिका, इजरायल, फ्रान्स, जापानजस्ता राष्ट्रहरूको सहयोग प्राप्त छ भने पाकिस्तान चीन, टर्की र केही मुस्लिम राष्ट्रहरूको समर्थनमा रहेको देखिन्छ। यद्यपि, युद्धका बेला सहयोग कसरी र कहाँ पुग्ने भन्ने कुरा परिस्थितिमा भर पर्ने देखिन्छ।

    ऐतिहासिक पृष्ठभूमिमा हेर्दा, भारत–पाकिस्तान सम्बन्ध सन् १९४७ को विभाजनदेखि नै तनावपूर्ण रहँदै आएको छ। कश्मीर मुद्दालाई लिएर भएको तीन युद्ध र सर्जिकल स्ट्राइकदेखि पुलवामा हमलासम्मका घटनाले यी दुई देशहरूबीचको द्वन्द्वको गहिराइ दर्शाउँछ। पछिल्लो हमला र यसको प्रतिक्रियाले यी देशहरू युद्धको डिलमा उभिएको स्पष्ट देखिन्छ।

    आणविक हतियारको सन्दर्भमा भारतसँग करिब १६० आणविक वारहेड छन् भने पाकिस्तानसँग पनि करिब १७० वटासम्म रहेको अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएका छन्। दुबै देशहरू आणविक रणनीति र सेक्युरिटी डक्ट्रिनमा ‘नो फर्स्ट युज’ नीतिमा आधारित छन्, तर युद्ध अवस्था आउँदा यो नीति व्यवहारिक रहन्छ कि रहँदैन भन्ने गम्भीर चिन्ता रहेको छ।

    वारावरण,अर्थतन्त्र,र क्षेत्रीय स्थायित्वका लागि आणविक युद्ध विनाशकारी मात्र होइन, समग्र दक्षिण एशियाको भविष्यलाई अन्धकारतर्फ धकेल्ने खतरा समेत हो। विश्लेषकहरू भन्छन्, यस्तो युद्धको प्रभाव केवल भारत–पाकिस्तानमा सीमित नहुने, सम्पूर्ण विश्वमा यसको छायाँ पर्नेछ।

    यसै सन्दर्भमा, अन्तर्राष्ट्रिय कूटनीतिक प्रयासहरू आवश्यक देखिन्छ। संयुक्त राष्ट्रसंघ, अमेरिकी नेतृत्व, युरोपेली संघ लगायतका शक्तिहरूले दुवै देशलाई संयम अपनाउन र वार्तामा फर्कन जोड दिइरहेका छन्। दक्षिण एशियाको शान्ति मात्र द्वन्द्व टारेर सम्भव छैन, दिगो संवाद, कूटनीति र क्षेत्रीय सहयोग आवश्यक शर्त हुन्।

    सरसर्ती समग्रमा हेर्दा सैन्य जनशक्ति, हतियार संख्या, वायुसेना, नौसेना तथा प्रविधिगत क्षमताहरूको तुलनात्मक विश्लेषण गर्दा भारत स्पष्ट रूपमा पाकिस्तानभन्दा अगाडि देखिन्छ तर पाकिस्तानले चीन र टर्की जस्ता मुलुकहरूसँगको सहकार्य, ड्रोन्स र विशेष प्रकारका आर्टिलरीमार्फत आफ्नो क्षमतामा सन्तुलन कायम गर्ने प्रयास गरिरहेको देखिन्छ। निष्कर्षमा युद्ध जित्ने सम्भाव्यता भारततर्फ झुकेको देखिए पनि, आणविक शक्ति भएको दुबै देशबीच युद्धले गम्भीर मानवीय, आर्थिक र भू–राजनीतिक संकट निम्त्याउने भएकाले यसको अन्त्य संवाद, कूटनीति र अन्तर्राष्ट्रिय दबाबमार्फत समन्वय गर्नु नै हितकर हुने विश्लेषकहरू बताउँछन् ।

    शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मध्यपूर्वी देशमा द्वन्द्व : २८ जना घाइते, ११ नेपाली पक्राउ
    इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास
    यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
    ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने
    यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
    मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

    Facebook Page

    लोकप्रिय

    • १.
      जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

    • २.
      संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

    • ३.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    • ४.
      मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

    • ५.
      डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

    • ६.
      सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयको जिम्मेवारी शिवराज भट्टलाई

    भर्खरै

    • १.
      सुनचाँदीको मूल्य बढ्यो

    • २.
      काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

    • ३.
      संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

    • ४.
      कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

    • ५.
      मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

    • ६.
      अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

    • ७.
      नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

    • ८.
      रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.