×
शनिबार, भदौ ०७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

संविधान संशोधन प्रक्रिया प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि अघि बढाउनुपर्छ ;गगन थापा

आजको फलफूलको थोक मूल्य यस्तो छ ?

Connect IPS को नाममा ग्राहकहरूलाई ठगिन बाट सावधानी अपनाउन नेपाल टेलिकमको आग्रह !

कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

मन्थलीको पाखाबारीमा लरी दुर्घटना,चालक घाइते

जनताको भावना अनुरूप नै वर्तमान सरकार बनेको मन्त्री खड्काको दाबी

लोकप्रिय समाचार

  • १. कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

  • २. युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

  • ३. कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

  • ४. कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

  • ५. साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

  • ६. पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

  • ७. सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

  • ८. सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

  • ९. महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

  • १०. सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको रास्वपा सांसद नेपालीको आरोप

भारतको ‘अप्रेशन सिन्दूर’बारे माओवादी केन्द्रमा मतभेद, महासचिव र उपमहासचिवको भनाइ बाझियो


  •   बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित
  • काठमाडाैं । भारतले पाकिस्तानविरुद्ध थालेको सैन्य अभियान ‘अप्रेशन सिन्दूर’ को विषयमा नेकपा माओवादी केन्द्रभित्र मतभेद देखिएको छ। पार्टीका महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्माले यसबारे सार्वजनिक रूपमा बाझिने अभिव्यक्ति दिएका छन्।

    Advertisement

    उपमहासचिव शर्माले सामाजिक सञ्जालमार्फत भारतको कदमको समर्थन गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, “भारतले आतंकवाद विरुद्ध अपरेसन सिन्दूर सञ्चालन गरेको छ। आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो। त्यसविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो। शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक छ।”

    तर, पार्टी महासचिव देव गुरुङले भने भारतको सैन्य कारबाहीलाई ‘न्यायोचित ठहर गर्न नसकिने’ भन्दै आलोचना गरेका छन्। उनले लेखेका छन्, “हिजो भारतले पाकिस्तानको विभिन्न क्षेत्रमा हवाईमार्फत क्षेप्यास्त्र आक्रमण गरेको छ। यो अत्यन्तै दु:खद विषय हो। भारतले आक्रमणको कारण काश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणलाई देखाएको छ। तर, पहलगामको आक्रमण कसले गरेको हो भन्ने स्वतन्त्र रूपमा पुष्टि भएको देखिँदैन।”

    गुरुङले सैन्य कारबाही तत्काल बन्द गरी भारत–पाकिस्तानबीच संवाद हुनुपर्नेमा जोड दिएका छन्। साथै, पहलगाम घटनाबारे अन्तर्राष्ट्रिय कमिसन गठन गरी छानबिन गर्नुपर्ने माग पनि गरेका छन्।

    “भारत र पाकिस्तान दुवै हाम्रो छिमेकी राष्ट्र हुन्। छिमेकीबीचको द्वन्द्वबाट नेपाल पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित हुन्छ। यस्तो संवेदनशील अवस्थामा नेपाल मौन बस्न मिल्दैन,” उनले लेखेका छन्।

    यद्यपि, माओवादी केन्द्रले यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन। पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपाल प्रेससँग कुरा गर्दै, “पार्टीभित्र छलफल गरेर व्यवस्थित ढंगले धारणा सार्वजनिक गरिने” जानकारी दिएका छन्।

    भारतको सैन्य कदमको पक्ष र विपक्षमा रहेका माओवादी नेताहरूको सार्वजनिक अभिव्यक्तिले पार्टीभित्र गम्भीर अन्तरविरोध देखिएको संकेत गरेको छ। यस्तो अवस्थामा माओवादी केन्द्रको औपचारिक र एकीकृत धारणा सार्वजनिक हुने प्रतिक्षामा सबैको नजर रहेको छ।

    बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा
    पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी
    संविधान संशोधन प्रक्रिया प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि अघि बढाउनुपर्छ ;गगन थापा
    आजको फलफूलको थोक मूल्य यस्तो छ ?
    Connect IPS को नाममा ग्राहकहरूलाई ठगिन बाट सावधानी अपनाउन नेपाल टेलिकमको आग्रह !
    कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

    Facebook Page

    लोकप्रिय

    • १.
      कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

    • २.
      युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

    • ३.
      कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

    • ४.
      कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

    • ५.
      साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

    • ६.
      पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

    भर्खरै

    • १.
      कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

    • २.
      पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

    • ३.
      संविधान संशोधन प्रक्रिया प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि अघि बढाउनुपर्छ ;गगन थापा

    • ४.
      आजको फलफूलको थोक मूल्य यस्तो छ ?

    • ५.
      Connect IPS को नाममा ग्राहकहरूलाई ठगिन बाट सावधानी अपनाउन नेपाल टेलिकमको आग्रह !

    • ६.
      कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

    • ७.
      प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      मन्थलीको पाखाबारीमा लरी दुर्घटना,चालक घाइते

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.