×
शनिबार, भदौ ०७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

संविधान संशोधन प्रक्रिया प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि अघि बढाउनुपर्छ ;गगन थापा

आजको फलफूलको थोक मूल्य यस्तो छ ?

Connect IPS को नाममा ग्राहकहरूलाई ठगिन बाट सावधानी अपनाउन नेपाल टेलिकमको आग्रह !

कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

मन्थलीको पाखाबारीमा लरी दुर्घटना,चालक घाइते

जनताको भावना अनुरूप नै वर्तमान सरकार बनेको मन्त्री खड्काको दाबी

लोकप्रिय समाचार

  • १. युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

  • २. कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

  • ३. कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

  • ४. कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

  • ५. साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

  • ६. सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

  • ७. पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

  • ८. सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

  • ९. महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

  • १०. निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा प्रदर्शन !

“पुरातनवादी र असहिष्णु” तत्त्वहरू ‘देशमा केही भएन’ भन्ने एजेन्डासहित छटपटाइरहेका छन्: ओली


  •   बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित
  • ललितपुर, वैशाख २५ — प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा निराशा फैलाउने तत्वहरूलाई लक्षित गर्दै ती “पुरातनवादी र असहिष्णु” सोच बोकेको समूह भएको आरोप लगाएका छन्। उनले लोकतान्त्रिक प्रणालीबाट सत्ता प्राप्त गर्ने सम्भावना नदेखेका कारण केही तत्व ‘देशमा केही भएन’ भन्ने मिसनमा लागिएको टिप्पणी गरेका हुन्।

    Advertisement

    राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले ती तत्वहरू विगतमा दुई सय पचास वर्ष शासन गरिसकेको मानसिकता बोकेका भएको उल्लेख गरे। “यहाँ काम गर्ने मान्छे छैन, मान्छेहरू विदेश गइरहेका छन् भन्ने भाष्य बनाइएको छ,” उनले भने, “यो सोच पुरातनवादी तत्त्वहरूको हो, जसले लोकतान्त्रिक प्रणालीबाट आउन सक्दैनन् भनेर निराशा फैलाइरहेका छन्।”

    प्रधानमन्त्री ओलीले अधिनायकवाद र तानाशाह प्रवृत्तिमा विश्वास गर्नेहरूले आशावादप्रति आक्रोश पोखिरहेको बताए। उनले फिल्म क्षेत्रमा पनि आशावादी विचार राख्ने कलाकारको चलचित्रलाई बहिष्कार गर्ने मानसिकता देखिएको उदाहरण दिँदै यस्तो प्रवृत्ति लोकतन्त्र पचाउन नसक्नेहरूकै हो भने।

    उनका अनुसार लोकतन्त्र नै सबैभन्दा राम्रो प्रणाली हो र यसको कुनै विकल्प छैन। आशावाद पनि यथार्थवादी विकल्प भएको उनको भनाइ छ। “लोकतन्त्र पचाउन नसक्नेहरू संकीर्ण र असहिष्णु मानसिकताले ग्रसित छन्,” उनले भने।

    कार्यक्रमका प्रस्तोता विमल गौतमले मुलुकमा विकासका प्रयासहरू भइरहे पनि जनमानसमा निराशा किन देखिएको हो भन्ने प्रश्न उठाउँदा ओलीले सामाजिक सञ्जाल र युट्युबमा नकारात्मकता फैलाउनेहरूलाई दोषी ठहर गरे। “केही फेसबुक र युट्युबका हल्लावाजहरूले कालो चस्मा लगाएर हेर्ने दृष्टिकोण राखेका छन्, उनीहरूकै कारण मुलुक बदनाम भएको छ,” ओलीको आरोप थियो।

    प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा शुरु गरिएका राष्ट्रिय आयोजना र पूर्वाधार विकासका योजनाहरूलाई तीव्रता दिइएको बताउँदै युवाहरूलाई निराश नहुन र आशावादका साथ देशमै भविष्य खोज्न आग्रह गरे।

    बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा
    पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी
    संविधान संशोधन प्रक्रिया प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि अघि बढाउनुपर्छ ;गगन थापा
    आजको फलफूलको थोक मूल्य यस्तो छ ?
    Connect IPS को नाममा ग्राहकहरूलाई ठगिन बाट सावधानी अपनाउन नेपाल टेलिकमको आग्रह !
    कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

    Facebook Page

    लोकप्रिय

    • १.
      युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

    • २.
      कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

    • ३.
      कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

    • ४.
      कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

    • ५.
      साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

    • ६.
      सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

    भर्खरै

    • १.
      कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

    • २.
      पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

    • ३.
      संविधान संशोधन प्रक्रिया प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि अघि बढाउनुपर्छ ;गगन थापा

    • ४.
      आजको फलफूलको थोक मूल्य यस्तो छ ?

    • ५.
      Connect IPS को नाममा ग्राहकहरूलाई ठगिन बाट सावधानी अपनाउन नेपाल टेलिकमको आग्रह !

    • ६.
      कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

    • ७.
      प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      मन्थलीको पाखाबारीमा लरी दुर्घटना,चालक घाइते

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.