• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, पुष ०२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सुनको मूल्य सामान्यरुपमा बढ्दा चाँदीको मूल्य ह्वात्तै बढ्यो

भोट हाल्न जाँदा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने

ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो

नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प

एमाले नेतृत्व छान्न सुरु भयो मतदान प्रक्रिया, प्रतिनिधिहरू सक्रिय

नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट

पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

पासाङ शेर्पाको उम्मेदवारी खारेज

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • ३. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ४. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ५. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ६. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ९. एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

  • १०. श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

म्याद थप गर्दै दुर्गा प्रसाईँसहित ७ जनालाई ज्यान मुद्दा ,१९ वटा अनुसन्धान बाँकी


  •   सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
  • काठमाडौं । प्रहरीले तीनकुने प्रकरणमा दुर्गा प्रसाईँसहित ७ जनाविरुद्ध ज्यान मुद्दा लगाउने तयारी गरेको छ । उनीहरूलाई हिजो थप ५ दिन हिरासतमा राख्न प्रहरीले अदालतसँग अनुमति लियो ।

    Advertisement

    विभिन्न मितिमा पक्राउ परेका प्रसाईँसहित सन्तोष राजावादी भनिने सन्तोष कुमार सिलवाल, हरिहर चौलागाईँ, तारा राजावादी भनिने सरोज गौतम, गोकर्ण शाही, दण्डपाणि रेग्मी र हेमराज थारुलाई ज्यानसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको हो । विभिन्न मितिमा पक्राउ परेका उनीहरूलाई चैत १५ गते भएका विभिन्न हिंसात्मक घटनामा दोषी ठहर्‍याउने प्रहरीको प्रयास छ ।

    उनीहरूको बयान सकिएको छैन । वारदातको प्रत्यक्षदर्शी लगायत साक्षीहरूको थप घटना विवरण कागज गर्ने, सम्बद्ध विभिन्न कार्यालयहरूमा पत्राचार गरी जवाफ प्राप्त गर्ने लगायतका १९ वटा अनुसन्धान कार्य बाँकी रहेको प्रहरीको भनाइ छ । सोही कारण देखाएर प्रहरीले १५ दिन थप म्यादको माग गरेको थियो । तर जिल्ला अदालत काठमाडौंले ५ दिन उपलब्ध गरायो ।

    हिजो जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा भएको सुनवाइमा वादी सरकारका तर्फबाट सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता गोकुल बहादुर निरौलाले बहस गरेका थिए । प्रतिवादीहरूको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय विष्णुप्रसाद भट्टराई र डा. सुरेन्द्र भण्डारीले बहस गरे ।

    ‘प्रतिवादीहरूका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता तथा विद्वान् अधिवक्ताहरूले मिति २०८०/०१/१० मा भएको म्याद थप अनुसार कसुरमा संलग्नता देखिने प्रमाण संकलन गर्न बाँकी रहेको स्पष्ट विवरण अनुसन्धान पेश गर्न नसकेको, प्रतिवादीमध्येका रवीन्द्र मिश्रको हकमा अनुसन्धान गर्नु पर्ने कार्य के कति रहे भएको हो म्याद थप पत्रमा स्पष्ट हुन नसकेको साथै बाँकी अनुसन्धान कार्य के कति दिनभित्र गर्न सकिने हो इजलासबाट स्पष्ट गरी म्याद थप हुनु पर्छ भनी गर्नु भएको बहससमेत सुनियो ।

    अदालतको आदेशमा उल्लेख गरिए अनुसार प्रतिवादीहरूको गत वैशाख १० गते म्याद थपपश्चात् प्रतिवादी देवीप्रसाद संग्रौलाको बयान, खानतलासी तथा बरामदी मुचुल्का, फरार रहेका प्रतिवादीहरूको पक्राउ, निजहरूको बयान लगायतको मूल्याङ्कन भएको थियो । त्यसपछि वैशाख १५ गते पुन ७ दिन म्याद थप गरियो । उक्त म्याद थप पछि भिडियो विवरण पेश गरेको प्रतिवेदन, विभिन्न व्यक्तिहरूको घटना विवरण कागजहरू, विभिन्न कार्यालयहरूमा पत्राचार, फरार प्रतिवादी पक्राउ गर्ने कार्य, पक्राउ प्रतिवादीको बयान, घटनाक्रमहरूको समय तालिका विवरणसमेतको कार्य सम्पन्न गरिएको’ आदेशमा उल्लेख छ ।

    केही प्रतिवादीहरूको ज्यान सम्बन्धी कसुरमा बयान कार्य बाँकी नै रहेको र पत्राचार गरिएका कार्यालयबाट जवाफ प्राप्त गर्ने कार्यसमेतका बाँकी नै देखिएको अदालतले जनाएको छ । उपस्थित प्रतिवादीहरूलाई बाँकी अनुसन्धान शीघ्रताको साथ सम्पन्न गर्न संगठित अपराध निवारण ऐन, २०७० को दफा १४ बमोजिम मिति २० गतेदेखि लागू हुने गरी छैटौं पटक दिन ५ (पाँच) म्याद थप गरिदिए थियो ।

    प्रतिवादीमध्येका दुर्गा प्रसाद प्रसाईँले क्यान्सरको उपचारको लागि साधारण तारिख वा हाजिर जमानीमा छाड्न पाउँ भनी निवेदन दिएका छन् । तर उनको ज्यान सम्बन्धी कसुर मुद्दामा बयान गराउने कार्य बाँकी नै रहेको भन्ने देखिएकोले निवेदन माग अनुसार साधारण तारेख वा हाजिर जमानीमा छाड्न नमिलेको अदालतले बताएको छ ।

    प्रसाईँको स्वास्थ्य उपचारमा उचित प्रबन्ध गर्न यसअघि भएको आदेशलाई न्यायाधीशले निरन्तरता दिएका छन् । पूर्वदेशानुसार प्रतिवादी दुर्गा प्रसाद प्रसाईँको स्वास्थ्य उपचारको लागि उचित प्रबन्ध गर्न आदेश गरिएको छ ।

    सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा
    ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की
    कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन् ः मन्त्री पुन
    दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै
    गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • ३.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ४.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ५.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ६.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    भर्खरै

    • १.
      सुनको मूल्य सामान्यरुपमा बढ्दा चाँदीको मूल्य ह्वात्तै बढ्यो

    • २.
      भोट हाल्न जाँदा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने

    • ३.
      ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो

    • ४.
      नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प

    • ५.
      एमाले नेतृत्व छान्न सुरु भयो मतदान प्रक्रिया, प्रतिनिधिहरू सक्रिय

    • ६.
      नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

    • ७.
      महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट

    • ८.
      पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.