काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक बिहान १० बजे बस्ने भएको हो । बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने छ ।
सो नीति तथा कार्यक्रमलाई आजै दिउँसो बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने छन् ।
मन्त्रिपरिषद बैठकमा शिक्षक, चिकित्सक लगायतसँग भएको सहमति र अन्य मन्त्रालयगत नियमित एजेण्डामा पनि छलफल हुने बताइएको छ ।