• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, भदौ २७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ !

सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भए सुन तस्कर नाइके गोरे !

कैदी भाग्न खोजेपछि रामेछापमा गोली चल्यो, २ जनाको मृत्यु !

संसद विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पर्नु हो : सोबिता गौतम

विना काम घरबाहिर ननिस्कन सेनाको आग्रह !

प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले

सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

हिल्टन होटलमा आगजनी

लोकप्रिय समाचार

  • १. सामाजिक सञ्जाल बन्दविरुद्ध रास्वपाको ज्ञापनपत्र

  • २. प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

  • ३. दुर्गा प्रसाईं सहित भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध माइतीघरमा उर्लिंदै जेन्- जी

  • ४. संसद विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पर्नु हो : सोबिता गौतम

  • ५. भोलिदेखि स्कुल,कलेज र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गर्ने जेन जीको घोषणा !

  • ६. सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सूचिकृतपछि बढ्यो चासो

  • ७. राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले

  • ८. चर्को आलोचनापछि काठमाडौंका सीडीओले वेबसाइटबाट आफ्नो तस्वीर हटाए !

  • ९. जेन्-जीले गरे नेताहरुको खटिया खडी,स्थिती नियन्त्रण बाहिर भएपछी ओलीको जिना हराम

  • १०. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

डिजिटल वालेट सजिलो पे र बैंक खातामार्फत करिब १८ अर्बको अवैध कारोबारमा संलग्न २१ जना पक्राउ


  •   सोमबार, बैशाख १५, २०८२ मा प्रकाशित
  • काठमाडौँ । डिजिटल वालेट कम्पनीहरू सजिलो पे र पेवेल नेपाल प्रालिको बैंक खाता प्रयोग गरी झन्डै १८ अर्ब रुपैयाँ बराबरको अवैध वित्तीय कारोबार गरेको आरोपमा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ ।

    Advertisement

    ११ जिल्लामा गरिएको विशेष कारबाहीमा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जानकारी दिएको छ । सीआईबीका अनुसार आन्तरिक विप्रेषण बन्द रहेको अवस्थामा विदेशबाट प्राप्त हुने विप्रेषण रकमलाई गैरकानुनी रूपमा नेपाल भित्र्याउन र विभिन्न शंकास्पद गतिविधिबाट आर्जित रकमलाई व्यवस्थापन गर्न संगठित गिरोहले डिजिटल वालेट कम्पनी दुरुपयोग गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

    पक्राउ परेका व्यक्तिहरूले भन्सार छली, सुनको अवैध कारोबार, कर छलीजस्ता कार्यबाट कमाएको १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ ‘मनी म्युल’ (Money Mule) हरूको प्रयोग गरी सजिलो पे र पेवेलको बैंक खातामा जम्मा गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।

    त्यसपछि, विभिन्न रेमिट्यान्स भुक्तानीको अनुमति लिएका मनी ट्रान्सफर कम्पनीहरूमार्फत उक्त रकमलाई ई-मनीमा परिवर्तन गरी विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीका आफन्तहरूको खातामा स्थानान्तरण गर्ने गरेको अनुसन्धानमा देखिएको छ । यसरी उनीहरूले गैरकानुनी रूपमा विप्रेषणको हिसाब मिलान (सेटलमेन्ट) गर्ने गरेको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेहरूमा मोरङका ५९ वर्षीय विरेन्द्र प्रसाद साह, ३१ वर्षीय दिपेन्द्र प्रसाद साह, महोत्तरीका २४ वर्षीय श्रवण कुमार साह, सप्तरीका ३२ वर्षीय तारालाल यादव, सर्लाहीका २५ वर्षीय हरेराम महतो, धनुषाका ३१ वर्षीय निरोज कुमार महतो, ४५ वर्षीया अलिता देवी महतो, ३५ वर्षीय प्रकाश सिंह, २७ वर्षीय अरुण कुमार साह, पर्साका २६ वर्षीय प्रदिप कुमार साह र धनुषाका ४४ वर्षीय संजिव कुमार महतो रहेका छन् ।

    त्यस्तै नवलपरासीका २२ वर्षीय राज कमल लोनिया, ४३ वर्षीया भिम कुमारी गुरुङ, सप्तरीका ३५ वर्षीय राम विलास साह तेली, ३२ वर्षीया ममता कुमारी साह, पर्साका ३२ वर्षीय बिकर्ण जंग राणा, नवलपरासीका ३४ वर्षीय गणपति पाण्डे, वीरगंजकी ३८ वर्षीया सलमा खातुन, सप्तरीकी ३१ वर्षीया शुसिला कुमारी शाहु, चितवनका ६४ वर्षीय गोविन्द प्रसाद आचार्य र सप्तरीका २२ वर्षीय शम्भु मेहता पनि पक्राउ परेका छन् ।

    उनीहरू विभिन्न मनी ट्रान्सफर कम्पनी र एजेन्टको रूपमा संलग्न रहेको प्रहरीले जनाएको छ । जसमा डीएस ट्रेडर्स तथा रेमिट्यान्स, दिप ज्योति ट्रेडर्स, रिया ट्रेडर्स, आनन्द ट्रेडर्स, न्यू सन्ध्या इन्टरप्राइजेज, अलिता मनी ट्रान्सफर, श्री अन्जल इन्टरप्राइजेज, आर. एण्ड आर. सब रेमिट प्राइभेट लिमिटेड, जय माँ जानकी मनी ट्रान्सफर, पूजा सप्लायर्स, ताशी ट्राभल्स एण्ड टुर्स, शिवम इन्टरप्राइजेज, सास्विका मनी ट्रान्सफर, गोल्डेन स्काई टुर्स एण्ड ट्राभल्स, खुशी मनी ट्रान्सफर, राधिका ट्रेडर्स र सगरमाथा रेमिट्यान्स रहेका छन् ।

    नियामक निकाय नेपाल राष्ट्र बैंकको आदेश र निर्देशन विपरीत कार्य गरेको आरोपमा पक्राउ परेका व्यक्तिहरू र संलग्न मनी ट्रान्सफर कम्पनीहरूमाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले यस घटनालाई संगठित अपराधको रूपमा समेत अनुसन्धान अगाडि बढाउने भएको छ ।

    सोमबार, बैशाख १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ !
    सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भए सुन तस्कर नाइके गोरे !
    विना काम घरबाहिर ननिस्कन सेनाको आग्रह !
    प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !
    राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले
    सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

    Facebook Page

    लोकप्रिय

    • १.
      सामाजिक सञ्जाल बन्दविरुद्ध रास्वपाको ज्ञापनपत्र

    • २.
      प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

    • ३.
      दुर्गा प्रसाईं सहित भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध माइतीघरमा उर्लिंदै जेन्- जी

    • ४.
      संसद विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पर्नु हो : सोबिता गौतम

    • ५.
      भोलिदेखि स्कुल,कलेज र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गर्ने जेन जीको घोषणा !

    • ६.
      सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सूचिकृतपछि बढ्यो चासो

    भर्खरै

    • १.
      प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ !

    • २.
      सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भए सुन तस्कर नाइके गोरे !

    • ३.
      कैदी भाग्न खोजेपछि रामेछापमा गोली चल्यो, २ जनाको मृत्यु !

    • ४.
      संसद विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पर्नु हो : सोबिता गौतम

    • ५.
      विना काम घरबाहिर ननिस्कन सेनाको आग्रह !

    • ६.
      प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

    • ७.
      राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले

    • ८.
      सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    निशा सिंह परियार

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.