• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम घटाउन अभियान, १,३१७ जनालाई खोप

तिजको रौनकले पशुपति क्षेत्र भरियो, दर्शनार्थी महिलाको बाक्लो घुइँचो

विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेनको छलफल

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

  • ४. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ५. चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

  • ६. चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

  • ७. आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा

  • ८. उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

  • ९. भदौ २४ लाई ओलीले भने: विध्वंसको दिन

  • १०. जेनजी दिवसमा रविले भने: एक इन्च पनि विचलित हुने छैनौं

डिजिटल वालेट सजिलो पे र बैंक खातामार्फत करिब १८ अर्बको अवैध कारोबारमा संलग्न २१ जना पक्राउ

  •   सोमबार, बैशाख १५, २०८२ मा प्रकाशित
  • काठमाडौँ । डिजिटल वालेट कम्पनीहरू सजिलो पे र पेवेल नेपाल प्रालिको बैंक खाता प्रयोग गरी झन्डै १८ अर्ब रुपैयाँ बराबरको अवैध वित्तीय कारोबार गरेको आरोपमा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ ।

    Advertisement

    ११ जिल्लामा गरिएको विशेष कारबाहीमा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जानकारी दिएको छ । सीआईबीका अनुसार आन्तरिक विप्रेषण बन्द रहेको अवस्थामा विदेशबाट प्राप्त हुने विप्रेषण रकमलाई गैरकानुनी रूपमा नेपाल भित्र्याउन र विभिन्न शंकास्पद गतिविधिबाट आर्जित रकमलाई व्यवस्थापन गर्न संगठित गिरोहले डिजिटल वालेट कम्पनी दुरुपयोग गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

    पक्राउ परेका व्यक्तिहरूले भन्सार छली, सुनको अवैध कारोबार, कर छलीजस्ता कार्यबाट कमाएको १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ ‘मनी म्युल’ (Money Mule) हरूको प्रयोग गरी सजिलो पे र पेवेलको बैंक खातामा जम्मा गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।

    त्यसपछि, विभिन्न रेमिट्यान्स भुक्तानीको अनुमति लिएका मनी ट्रान्सफर कम्पनीहरूमार्फत उक्त रकमलाई ई-मनीमा परिवर्तन गरी विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीका आफन्तहरूको खातामा स्थानान्तरण गर्ने गरेको अनुसन्धानमा देखिएको छ । यसरी उनीहरूले गैरकानुनी रूपमा विप्रेषणको हिसाब मिलान (सेटलमेन्ट) गर्ने गरेको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेहरूमा मोरङका ५९ वर्षीय विरेन्द्र प्रसाद साह, ३१ वर्षीय दिपेन्द्र प्रसाद साह, महोत्तरीका २४ वर्षीय श्रवण कुमार साह, सप्तरीका ३२ वर्षीय तारालाल यादव, सर्लाहीका २५ वर्षीय हरेराम महतो, धनुषाका ३१ वर्षीय निरोज कुमार महतो, ४५ वर्षीया अलिता देवी महतो, ३५ वर्षीय प्रकाश सिंह, २७ वर्षीय अरुण कुमार साह, पर्साका २६ वर्षीय प्रदिप कुमार साह र धनुषाका ४४ वर्षीय संजिव कुमार महतो रहेका छन् ।

    त्यस्तै नवलपरासीका २२ वर्षीय राज कमल लोनिया, ४३ वर्षीया भिम कुमारी गुरुङ, सप्तरीका ३५ वर्षीय राम विलास साह तेली, ३२ वर्षीया ममता कुमारी साह, पर्साका ३२ वर्षीय बिकर्ण जंग राणा, नवलपरासीका ३४ वर्षीय गणपति पाण्डे, वीरगंजकी ३८ वर्षीया सलमा खातुन, सप्तरीकी ३१ वर्षीया शुसिला कुमारी शाहु, चितवनका ६४ वर्षीय गोविन्द प्रसाद आचार्य र सप्तरीका २२ वर्षीय शम्भु मेहता पनि पक्राउ परेका छन् ।

    उनीहरू विभिन्न मनी ट्रान्सफर कम्पनी र एजेन्टको रूपमा संलग्न रहेको प्रहरीले जनाएको छ । जसमा डीएस ट्रेडर्स तथा रेमिट्यान्स, दिप ज्योति ट्रेडर्स, रिया ट्रेडर्स, आनन्द ट्रेडर्स, न्यू सन्ध्या इन्टरप्राइजेज, अलिता मनी ट्रान्सफर, श्री अन्जल इन्टरप्राइजेज, आर. एण्ड आर. सब रेमिट प्राइभेट लिमिटेड, जय माँ जानकी मनी ट्रान्सफर, पूजा सप्लायर्स, ताशी ट्राभल्स एण्ड टुर्स, शिवम इन्टरप्राइजेज, सास्विका मनी ट्रान्सफर, गोल्डेन स्काई टुर्स एण्ड ट्राभल्स, खुशी मनी ट्रान्सफर, राधिका ट्रेडर्स र सगरमाथा रेमिट्यान्स रहेका छन् ।

    नियामक निकाय नेपाल राष्ट्र बैंकको आदेश र निर्देशन विपरीत कार्य गरेको आरोपमा पक्राउ परेका व्यक्तिहरू र संलग्न मनी ट्रान्सफर कम्पनीहरूमाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले यस घटनालाई संगठित अपराधको रूपमा समेत अनुसन्धान अगाडि बढाउने भएको छ ।

    सोमबार, बैशाख १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम घटाउन अभियान, १,३१७ जनालाई खोप
    तिजको रौनकले पशुपति क्षेत्र भरियो, दर्शनार्थी महिलाको बाक्लो घुइँचो
    विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेनको छलफल
    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    • ४.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ५.
      चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

    • ६.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम घटाउन अभियान, १,३१७ जनालाई खोप

    • २.
      तिजको रौनकले पशुपति क्षेत्र भरियो, दर्शनार्थी महिलाको बाक्लो घुइँचो

    • ३.
      विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेनको छलफल

    • ४.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ६.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ७.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ८.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.