• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, भदौ २७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ !

सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भए सुन तस्कर नाइके गोरे !

कैदी भाग्न खोजेपछि रामेछापमा गोली चल्यो, २ जनाको मृत्यु !

संसद विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पर्नु हो : सोबिता गौतम

विना काम घरबाहिर ननिस्कन सेनाको आग्रह !

प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले

सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

हिल्टन होटलमा आगजनी

लोकप्रिय समाचार

  • १. सामाजिक सञ्जाल बन्दविरुद्ध रास्वपाको ज्ञापनपत्र

  • २. संसद विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पर्नु हो : सोबिता गौतम

  • ३. प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

  • ४. दुर्गा प्रसाईं सहित भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध माइतीघरमा उर्लिंदै जेन्- जी

  • ५. राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले

  • ६. भोलिदेखि स्कुल,कलेज र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गर्ने जेन जीको घोषणा !

  • ७. चर्को आलोचनापछि काठमाडौंका सीडीओले वेबसाइटबाट आफ्नो तस्वीर हटाए !

  • ८. सामाजिक संजाल बन्दको प्रभाव : नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, सूचिकृतपछि बढ्यो चासो

  • ९. जेन्-जीले गरे नेताहरुको खटिया खडी,स्थिती नियन्त्रण बाहिर भएपछी ओलीको जिना हराम

  • १०. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै


  •   आइतबार, बैशाख १४, २०८२ मा प्रकाशित
  • काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ ।

    Advertisement

    शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।

    छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

    सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् ।

    सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको उनले बताए । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।

    दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताए ।

    ्यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ । मातातीर्थमा मेलाको सम्पूर्ण तयारी पूरा भएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए । यस वर्ष गुरु अस्त भएकाले र विश्वका केही देशमा सूर्यग्रहण देखिने भएकाले आमाको मुख हेर्न नहुने भनी गरिएको प्रचार सही नभएको समितिले जनाएको छ ।

    आइतबार, बैशाख १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ !
    सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भए सुन तस्कर नाइके गोरे !
    विना काम घरबाहिर ननिस्कन सेनाको आग्रह !
    प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !
    राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले
    सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

    Facebook Page

    लोकप्रिय

    • १.
      सामाजिक सञ्जाल बन्दविरुद्ध रास्वपाको ज्ञापनपत्र

    • २.
      संसद विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पर्नु हो : सोबिता गौतम

    • ३.
      प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

    • ४.
      दुर्गा प्रसाईं सहित भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध माइतीघरमा उर्लिंदै जेन्- जी

    • ५.
      राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले

    • ६.
      भोलिदेखि स्कुल,कलेज र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गर्ने जेन जीको घोषणा !

    भर्खरै

    • १.
      प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ !

    • २.
      सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भए सुन तस्कर नाइके गोरे !

    • ३.
      कैदी भाग्न खोजेपछि रामेछापमा गोली चल्यो, २ जनाको मृत्यु !

    • ४.
      संसद विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पर्नु हो : सोबिता गौतम

    • ५.
      विना काम घरबाहिर ननिस्कन सेनाको आग्रह !

    • ६.
      प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

    • ७.
      राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले

    • ८.
      सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    निशा सिंह परियार

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.