• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, बैशाख १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

संघीय संसदको मर्यादा विपरित रास्वपा सांसदहरू : शिक्षकलाई झपार्नेदेखि एसपीलाई ‘घिसार्ने’ सम्मको चेतावनी

नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री

जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने

बालेन सरकारले साम्राज्यवादीको एजेण्टको रुपमा काम गरिरहेको छ : महासचिव बास्तोला

नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

विपिन जोशीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

सुकुम्बासी बाउँछोरा भन्छन् : ‘गोली खान तयार छौं तर विस्थापन स्वीकार छैन’

थापाथलीका सुकुम्बासी रास्वपा कार्यालय घेराउ गर्न बनस्थली जाँदै

शुक्रबार सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. लोकतन्त्रका लागि ज्यान दिन तयार थियौँ, तर आजको नेतृत्वले जनताको पीडा बिर्सियो : सानुबाबु महर्जन

  • २. अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

  • ३. सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

  • ४. यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

  • ५. सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

  • ६. दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

  • ७. पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ :सांसद शाही

  • ८. संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका ३ वटा उपसमिति गठन

  • ९. डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

  • १०. देउवा समूह स्मार्ट प्यालेसमा भेला,शिर्ष नेताहरु सबै सहभागी

‘राजावादी आन्दोलन’ बलिको बोको ‘दुर्गा प्रसाईं’


  •   बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
  • काठमाडौँ। तीनकुनेको राजावादी प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईं एक त कट्टर राजावादि,उसो त राजकिय शैलिमा राजाकै शानले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा आरामदायी तवरले बसेका छन। प्रसाईंलाई राज्यविरुद्धको कसुरअन्तर्गत राजद्रोह र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट १२ दिनको म्याद लिएर हिरासतमा राखिएको छ।

    Advertisement

    हिरासतमा रहेका प्रसाईंलाई तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका बिषयमा कुनै पश्चाताप, कुनै आत्मग्लानी, कुनै पनि किसिमको चिन्ता उनको अनुहारमा देखिन्न। प्रहरीले सरकारी वकिल कार्यालयदेखि अदालत ल्याउने क्रममा क्यामेरा अगाडि मुसुक्क हाँसेर फिल्मि पोज दिएका प्रसाईं हिरासतमा पनि कुनै कसरमा मजाक गर्न छाड्दैनन्। उस्तै शैलीमा हिरासतमा पनि उस्तै तरिकाले हाँसी-मजाक गर्दै बसिरहेका प्रहरीहरु बताउँछन्।

    प्रसाईं पक्राउ परेपछि अदालत जाने क्रममा पनि अन्टसन्ट सरकारलाई गाली गरेर हैरान पारेका प्रसाईं अहिले पनि उस्तै लवजमा बस्ने गरेका हिरासतका डिउटमा खटेका प्रहरीहरु बताउँछन्। सुरुमा प्रसाईं पक्राउ परेपछि झापाको चन्द्रगढीस्थित विमानस्थलबाट काठमाडौं ल्याउने क्रममा विमान भित्रैबाट मुसुक्क हाँसेर पोज दिदै फोटो चै खिचाएका थिए र भनेका थिए “प्रधानमन्त्री केपी हजुरबालाई यो फोटो पठाइदिनू”। त्यस्तै अहिलेपनि त्यस्तै किसिमको अभिव्यक्ति दिने गरिरहेका छन्।
    उनको यो शैली हिरासतमा यथावत रहेको र स्वभाव कत्ति पनि नबद्लेको प्रहरीहरू बताउँछन्।

    आफूलाई भेट्न आउनेहरूसँग प्रसाईंले सरकारलाई भरपुर गाली गर्दै आक्रामक रातोपिरो भएर बोल्ने गरेको ‘सरकार र नेताहरूको निकै खेदो खन्दै अश्लिल किसिमले उनले आलोचना गर्ने गरेको’ बताईएको छ। भेट्न आउनेलाई उही झापाली शैलीमा “हेल्लो हाई” ठट्यौली गर्दै बोल्ने गरेको परिसर स्रोतले बताएको छ।

    दुई जनाको ज्यान गएको तीनकुने घटनाका मुख्य कमान्डर प्रसाईंमा यसबारे समेत कुनै प्रकारको चिन्ता नदेखिएको प्रहरी अधिकारीहरू बताउँछन्। उनी जहिले बिन्दास र मजकिया ठाँटमा हुने र सबैलाई हँसाई राख्ने प्रहरीहरु बताउँछन्।
    स्रोतका अनुसार उनलाई भेट्न परिवार र आफन्तहरु पनि हिरासत पुगेका छन्।

    नियमितजसो आफन्त र परिवारका मान्छेहरू भेट्न हिरासत पुगेका छन् तर पनि राजावादी भनिएका कुनै उच्च तहका नेता अहिलेसम्म प्रसाईंलाई भेट्न आएका भने छैनन्। यही घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महासचिव तथा सांसद डा. धवल शमशेर राणालाई भने भेट्न उनीहरूका शुभचिन्तकदेखि राप्रपाका ठुला ठुला नेताहरू पुग्ने गरेको पाइएको छ। तर प्रसाईंलाई भने कुनै नाम चलेका नेता भनेर चिनिएका नेता भेट्न नआएको परिसरले बताएको छ।

    प्रश्न उठ्छ,,,
    के दुर्गा पर्साइलाई राजावादि आनदोलनमा प्रयोग मात्र गरिएको हो ?
    राजावादी आन्दोलनको बलिको बोको नै भएका हुन् त दुर्गा पर्साइ?
    प्रश्न उठ्न सक्ने पाटोहरु धेरै छन् ।
    यसैगरि,प्रसाईं हिरासतमा एक्लै नै बस्दै आएका छन्। प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई समेत अलग्गै राखिएको छ। यसबारे, ‘परिसरमा ठूलो हिरासत छ। पहिलाको जस्तो कोचाकोच गरेर राख्नुपर्ने अवस्था छैन। त्यही भएर प्रसाईंलाई छुट्टै राखिएको हो।’ परिसरले रहस्ययुक्त अभिव्यक्ति दिएको छ । तर दुर्गा पर्साइ भने बिन्दास शैलीमा सबै दोष राज्यलाई दिँदै “म त छुटिहाल्छु” भन्दै आफूमा पुरा आत्मविश्वासी देखिन्छन्।

    २९ चैतदेखि परिसरको हिरासतमा रहेका प्रसाईंको आज सुरु भएको छ। अहिलेसम्म प्रहरीले उनीमाथि अनुसन्धान गर्ने र सामान्य सोधपुछ मात्रै गरेको थियो। सरकारी वकिल स्रोतका अनुसार प्रसाईंविरुद्ध ज्यान सम्बन्धी कसुरको कर्तव्य ज्यानको कसुरमा समेत अनुसन्धान गरेर बयान लिन सुरु गरिएको छ। यसका साथै ज्यान मार्ने उद्योग, संगठित अपराध, राज्यविरुद्धको कसुरभित्रको राजद्रोहको अपराध, आपराधिक उपद्रवको कसुरमा बयान सुरु भएको छ।बाँकि फैसला अदालतको हातमा छ। सरकारले सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावलोकन निवेदन दायर गर्ने निर्णय गरेकाले,स्थिति अझै अनिश्चित नै देखिन्छ ।

    बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघीय संसदको मर्यादा विपरित रास्वपा सांसदहरू : शिक्षकलाई झपार्नेदेखि एसपीलाई ‘घिसार्ने’ सम्मको चेतावनी
    नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री
    जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने
    बालेन सरकारले साम्राज्यवादीको एजेण्टको रुपमा काम गरिरहेको छ : महासचिव बास्तोला
    नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
    विपिन जोशीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

    Facebook Page

    लोकप्रिय

    • १.
      लोकतन्त्रका लागि ज्यान दिन तयार थियौँ, तर आजको नेतृत्वले जनताको पीडा बिर्सियो : सानुबाबु महर्जन

    • २.
      अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

    • ३.
      सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

    • ४.
      यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

    • ५.
      सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    • ६.
      दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

    भर्खरै

    • १.
      संघीय संसदको मर्यादा विपरित रास्वपा सांसदहरू : शिक्षकलाई झपार्नेदेखि एसपीलाई ‘घिसार्ने’ सम्मको चेतावनी

    • २.
      नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री

    • ३.
      जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने

    • ४.
      बालेन सरकारले साम्राज्यवादीको एजेण्टको रुपमा काम गरिरहेको छ : महासचिव बास्तोला

    • ५.
      नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

    • ६.
      विपिन जोशीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

    • ७.
      सुकुम्बासी बाउँछोरा भन्छन् : ‘गोली खान तयार छौं तर विस्थापन स्वीकार छैन’

    • ८.
      थापाथलीका सुकुम्बासी रास्वपा कार्यालय घेराउ गर्न बनस्थली जाँदै

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.