• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, भदौ १७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

आन्दोलन गर्ने लघुवित्त पिडितको चेतावनी

प्रधान सेनापति ट्रफि २०८२ प्रतियोगिता सुरु

रुपन्देही उपनिर्वाचन : सङ्गठन जोगाउनुपर्ने दबाबमा माओवादी

रास्वपाको सिको गर्दै राप्रपा

एससिओ सम्मेलन विश्वव्यापी सहयोगमा नयाँ युगको सुरुवात

टि-२० अन्तराष्ट्रीय क्रिकेटबाट मिचेल स्टार्कको सन्यास

धमाधम अतिक्रमित सामाग्री हटाउदै चन्द्रपुर नगरपालिका

अन्तराष्ट्रीय स्तरमा ओली, पुटिनद्वारा रस्सा भ्रमणको निम्तो

मंगलबार एकैदिन देशका दुई ठाउँमा भुकम्प

लोकप्रिय समाचार

  • १. १७ भदौ २०८२, मंगलवार September 02, 2025

  • २. हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

  • ३. कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेट, कृषि र रोजगारमा सहकार्य बढाउने

  • ४. रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

  • ५. रुबि हत्या प्रकरण: पासवानले गरे हत्याको स्वीकार

  • ६. प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो :सचिवालय

  • ७. झिंगा भेटिएपछि ‘मुस्ताङ गोल्ड’ उत्पादकमाथि कारबाही, २ लाख जरिवाना

  • ८. मन्त्री दाहालले गरे सडक आयोजना कार्यालय भवन उद्घाटन

  • ९. ऊर्जा मन्त्री र तीन सचिवबीच कार्यसम्पादन सम्झौता

  • १०. एकै मंचमा मोदी, सी र पुटिन

सुशासन र रोजगारीको एजेन्डामा एकीकृत समाजवादीले पठायो ६ हजारलाई इमेल


  •   सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीले सुशासन र रोजगारीको एजेन्डालाई प्राथमिक बनाउँदै रचनात्मक आन्दोलन थालेको छ ।

    Advertisement

    राजसंस्था धर्म आदि मुद्दालाई केन्द्रमा राखेर केही शक्तिहरुले जनताका जायज र ज्वलन्त एजेन्डालाई छायाँमा पार्न खोजेको भन्दै नेकपा एकीकृत समाजवादीले वास्तविक मुद्दामा ठोस छलफलका प्रस्ताव अघि सारेको छ ।

    केन्द्रीय आन्दोलन संयोजन कमिटीका संयोजकसमेत रहेका महासचिव घनश्याम भुसालका अनुसार सुशासन र रोजगारी केन्द्रीत आन्दोलनमा दर्जनबढी विषयगत छलफल भएका छन् । सुझाव माग्दै ६ हजारलाई इमेल पठाइएको छ ।

    चैत एक गतेदेखि सुरु अभियानमा महासचिव भूसालले प्रारम्भिक अवधारणा राख्दै ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ नारा प्रस्ताव गरेका थिए । सुशासन र रोजगारीको ग्यारेन्टी गर्दै समाजवादको आधार तयार गर्ने आजको राजनीतिक एजेण्डा तय गर्ने उनको मत थियो । त्यस अन्तर्गत मुलधारका मिडियाका सम्पादक, नागरिक अगुवा, कृषि, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र आर्थिक क्षेत्रका विज्ञहरुसँग छट्टुाछुटट्टै छलफल भयो ।

    साथै अन्य क्षेत्रसँग पनि क्रमशः छलफल गरिने भुसालले बताए । उनले राजनीतिमा नयाँ पात्रहरु आउने र सपनाहरु बाँडेर सत्तामा पुग्ने बाहेक केही नभएको उनको ठम्याइ छ ।

    ‘मानव तथा प्राकृतिक श्रोतको प्रचुरता हुँदा हुँदै पनि दशकौँदेखि हामी व्यापार घाटा, निरन्तर बढ्दो ऋण, औद्योगिक उत्पादनमा ह्रास, रोजगारीको अभाव र भ्रष्टाचारमा छौँ,’ उनले प्रस्तावमा भनेका छन्, ‘राजनीतिमा नयाँ नयाँ पात्रहरु आउने, रोमाञ्चक सपनाहरु बाँडेर सत्तामा पुग्ने तर फेरि राज्य दोहन गर्ने र नयाँ धनाढ्य वर्ग जन्मिने परम्परा रोकिएन । यसरी आधुनिक नेपालको ७५ वर्षमा पनि रोजगारी र सुशासन भएन । यो हाम्रो इतिहासको कलंकको, अपमानको पाटो हो ।’

    मुख्य दलहरुले राजनीतिलाई केवल सत्ताभोगको औजार बनाउदा समाजमा चौतर्फी निराशा फैलिँदै गएको उनको आरोप छ। ‘गणतन्त्र आएपछि पनि कलङ्कको यो इतिहास फेर्न कुनै ठोस पहलकदमी नहुनु, राष्ट्रले उज्यालो भविष्य देख्न नपाउनु, मुलुकका ऐतिहासिक अवसरहरुमाथि खेलवाड गरिनु र मुलुक उस्तै बेरोजगारी र कुशासनको दुश्चक्रमा फसिरहनु दुर्भाग्य हो । मुख्य दलहरुले राजनीतिलाई केवल सत्ताभोगको औजार बनाउदा समाजमा चौतर्फी निराशा फैलिँदै गएको छ ।’ उनले प्रस्तावमा भनेका छन् ।

    साथै जनताको निराशालाई उत्तेजक बनाएर मुलुकलाई चौतर्फी अराजकतातर्फ धकेल्न प्रयास भइरहेको उनको ठहर छ । ‘मौका पर्खेका पुनरुत्थानवादी शक्तिहरुले जनताको निराशालाई उत्तेजक बनाएर मुलुकलाई चौतर्फी अराजकतातर्फ धकेल्न प्रयास गरिरहेका छन् । यो राष्ट्रिय निराशाको समाधान राष्ट्रिय एजेण्डा बन्नु पर्थ्यो, राजनीतिक पार्टीहरु, सरकार, बौद्धिक समुदाय तथा सञ्चार माध्यमको मुख्य मुद्दा बन्नु पर्थ्यो ।’ भुसालले भनेका छन् ।

    चैत्र १५ गते राजावादी समूहले गरेको तोडफोड र अपराधलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने सुझाव दिन्छन् । उनले भनेका छन्, ‘ चैत्र १५ गते तथाकथित राजावादी हुल्लडवाजले गरेका अपराधको निन्दा–भर्त्सना गरेर र तिनमाथि कार्बाही गरेर मात्रै गणतन्त्र सुरक्षित छ भन्ने ठान्नु घोर नालायकी हुनेछ, समाजको निराशाले अझ भयावहरुप लिनेछ । नागरिकलाई नयाँ जीवनको बाटो नदेखाउने कुनै पनि व्यवस्था संसारभरी कहीँ पनि सुरक्षित छैनन् । यसलाई राष्ट्रिय एजेण्डा बनाउन ढिलो भैसकेको छ ।’

    विमर्श र अन्तरक्रिया तथा सञ्चार र सम्पर्क कार्यक्रमबाट प्राप्त सुझावहरु र पार्टीको प्रस्तुत अवधारणाका आधारमा बैशाख १० गते सरकारलाई ज्ञापनपत्र बुझाउने एकीकृत समाजवादीले बताएको छ।

    भुसालले राखेको ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ एजेन्डाको पूर्णपाठ :
    CPN US Movement proposal1-Final

    सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुपन्देही उपनिर्वाचन : सङ्गठन जोगाउनुपर्ने दबाबमा माओवादी
    रास्वपाको सिको गर्दै राप्रपा
    एससिओ सम्मेलन विश्वव्यापी सहयोगमा नयाँ युगको सुरुवात
    अन्तराष्ट्रीय स्तरमा ओली, पुटिनद्वारा रस्सा भ्रमणको निम्तो
    सङ्घीय निजामती सेवा विधेयक राष्ट्रियसभामा पेस
    संचार कानुनहरु संशोधन गर्न धेरै चुनौती रहेको मन्त्री गुरुङको दाबी

    Facebook Page

    लोकप्रिय

    • १.
      १७ भदौ २०८२, मंगलवार September 02, 2025

    • २.
      हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

    • ३.
      कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेट, कृषि र रोजगारमा सहकार्य बढाउने

    • ४.
      रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

    • ५.
      रुबि हत्या प्रकरण: पासवानले गरे हत्याको स्वीकार

    • ६.
      प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो :सचिवालय

    भर्खरै

    • १.
      आन्दोलन गर्ने लघुवित्त पिडितको चेतावनी

    • २.
      प्रधान सेनापति ट्रफि २०८२ प्रतियोगिता सुरु

    • ३.
      रुपन्देही उपनिर्वाचन : सङ्गठन जोगाउनुपर्ने दबाबमा माओवादी

    • ४.
      रास्वपाको सिको गर्दै राप्रपा

    • ५.
      एससिओ सम्मेलन विश्वव्यापी सहयोगमा नयाँ युगको सुरुवात

    • ६.
      टि-२० अन्तराष्ट्रीय क्रिकेटबाट मिचेल स्टार्कको सन्यास

    • ७.
      धमाधम अतिक्रमित सामाग्री हटाउदै चन्द्रपुर नगरपालिका

    • ८.
      अन्तराष्ट्रीय स्तरमा ओली, पुटिनद्वारा रस्सा भ्रमणको निम्तो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.