• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

  • ४. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ५. रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

  • ६. चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

  • ७. भदौ २४ लाई ओलीले भने: विध्वंसको दिन

  • ८. बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

  • ९. चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

  • १०. भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

जनताको अधिकार खोस्न खोजे महँगो पर्नेछ : प्रचण्ड

  •   मङ्गलबार, फागुन १३, २०८१ मा प्रकाशित
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता जागिसकेकाले अब कसैले जनताको अधिकार खोस्न नसक्ने बताएका छन् । अधिकार खोस्ने प्रयास गरे महँगो पर्ने उनको चेतावनी छ ।
    ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’अन्तर्गत आज मोरङको रतुवामाई नगरपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

    Advertisement

    कसैको दया–मायाबाट नभई संघर्षको बलमा जनताका अधिकार प्राप्त भएको भन्दै उनले त्यसमा आँखा नलगाउन चेतावनी दिए ।
    ‘हिजो गणतन्त्र प्राप्तिको आन्दोलनलाई बयलगाढा चढेर अमेरिका पुगिँदैन भनेर जनताको आन्दोलनलाई होच्याउनेहरू अहिले जनताले पाएका अधिकारलाई माओवादी एजेन्डा देख्न थालेका छन्,’ उनले भने, ‘जुन कुनै बहानामा जनताका अधिकार खोस्न खोजियो भने त्यो महंगो पर्नेछ ।’

    अन्य दलसँग संघर्षभन्दा बढी समन्वय गर्दा पार्टी र आफ्ना एजेन्डा कमजोर भएको उल्लेख गर्दै उनले कांग्रेससँग मिल्दा कांग्रेस र एमालेसँग मिल्दा एमाले बलियो हुने तर माओवादी सधैं कमजोर हुने अवस्था अब आउन नदिने बताए ।
    अध्यक्ष प्रचण्डले अब दलाल, बिचौलिया र भ्रष्ट दलहरूसँग होइन, उत्पीडित जनतासँग मिलेर समाजवादको यात्रामा अघि बढ्न सङ्कल्पसहित जनतामा आएको धारणा राखे ।

    ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’अन्तर्गत आज मोरङको रतुवामाई नगरपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्ड ।
    गिरिजाप्रसाद कोइराला र कुनै समय मदन भण्डारीको समेत निर्वाचन क्षेत्रमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोइारला शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता र भण्डारी जनवादी क्रान्तिको तयारीमा आफूलाई समर्पित गर्ने नेता भन्दै स्मरण गरेका थिए । अहिलेको सरकार दुवै व्यक्तित्वको सपना पूरा गर्नतिर भन्दा निश्चित दलालको चाहनामा अघि बढिरहेको उनले आरोप लगाए ।

    प्रचण्डले पहिलोपटक प्रधानमन्त्री हुँदा ३० हजार रुपैयाँसम्मको कृषि ऋण मिनाहा गरेको, दोस्रोपटक प्रधानमन्त्री हुँदा राष्ट्रिय सहमति जुटाएर संविधान कार्यान्वयन गरेको, नेपाललाई लोडसेडिङमुक्त घोषणा गरेर उज्यालोको नयाँ युग सुरु गरेको भन्दै तेस्रोपटक प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा महाअभियान थालेको बताए ।

    सामाजिक न्यायको रुपमा नागरिकताविहीन नागरिकलाई नागरिकता प्रदान गर्ने कानुन बनाइएको, मिटरब्याज पीडित, सहकारीपीडित र लघुवित्त नागरिकलाई न्याय दिने तथा देश भित्र र बाहिरका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्ने काम गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले देशलाई आर्थिक संकटबाट मुक्त गर्न महत्वपूर्ण थालनी गरिएको बताए ।

    प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा आफूले सुरु गरेका मध्यपहाडी लोकमार्ग, मदन भन्डारी मार्ग, उत्तर दक्षिण कोरिडोर लगायतका आयोजना पूरा हुने चरणमा हुनु खुसीको कुरा भएको उनको भनाइ थियो । आफूले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा लिएको पहलबाट डराएर भ्रष्ट, दलाल र बिचौलियाहरूले कांग्रेस र एमालेका नेतालाई आफ्नै घरमा बोलाएर अलोकतान्त्रिक, अप्राकृतिक र अपारदर्शी ढङ्गले अहिलेको सरकार बनेको स्पष्ट गरे ।

    मङ्गलबार, फागुन १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    • ४.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ५.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    • ६.
      चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

    भर्खरै

    • १.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ४.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ५.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ७.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ८.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.