×
शनिबार, जेठ ०४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

गगन थापाले भने कांग्रेसलाई लखेट्ने अवस्था नआओस्

भीम रावलको गृहजिल्ला मै पुगेर प्रचण्डले आउनुस्, सहकार्य गरौं भने

देश बनाउन अरु पार्टीकाले पनि एमाले नै चाहिने रहेछ भन्न थाले :ओली

सरकारले संविधान मिच्दै गभर्नर नियुक्तिमा चलखेल गरेको छ :डा. कोइराला

विद्युत प्राधिकरणको लापरबाहीले विद्युत पोलमा काम गरिरहेका उपेशको मृत्यु

विचार मिल्ने पार्टीसँग पार्टी एकता गर्नुपर्छ :नेपाल

धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा भएको झडपले स्थिति तनावग्रस्त

काठमाडौंमा नोरा फतेही र दुर्गेश विशेष प्रस्तुति’ दिँदै

शाक्यले भने ‘विद्युतीय सवारी साधनको प्रवद्र्धनमा छौं’

लोकप्रिय समाचार

  • १. झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

  • २. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • ३. नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

  • ४. रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

  • ५. धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

  • ६. मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

  • ७. चितवनमा दुई समूहबीच खुकुरी हानाहान

  • ८. अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

  • ९. सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

  • १०. मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

ठमेलमा ड्युटीमा खटिएका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्ति, बाँकीलाई पक्राउ पुर्जी


  •   मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
  • ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता कमलराज जोशीलाई ‘उन्मुक्ति’ दिइएको छ । यही घटनामा संलग्न अन्य पाँच जनाविरुद्ध भने पक्राउ पुर्जी जारी गरिएको छ ।

    Advertisement

    नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी सदस्य रहेका जोशी सहितको समूहले गत बिहीबार ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको थियो । घटनामा संलग्न रहेको आरोपमा पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी हुँदा जोशीलाई किन ‘उन्मुक्ति’ दिइयो भन्ने प्रश्न उठेको छ ।
    आइतबार मात्रै प्रहरीमाथि आक्रमण गरेको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए । अमृत साइन्स क्याम्पस (अस्कल)मा अध्ययनरत दुवै जना नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध छन् ।

    पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए ।

    पक्राउ परेका दुई जनाबाहेक नवीन ऐरी, सौजन्य शाही र गोपालबहादुर शाहीविरुद्ध पनि पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएका पाँचजना सँगै रहेका जोशीविरुद्ध भने पक्राउ पुर्जी जारी भएको छैन ।

    माथिल्लो तहबाट दबाब आएपछि प्रहरीले जोशीविरुद्ध पक्राउ पुर्जीका लागि प्रशासनसँग अनुमति समेत नमागेको प्रहरी स्रोत बताउँछ । ‘मुख्यगरी, जोशीकै आडमा प्रहरीमाथि आक्रमण भएको देखिन्छ । तर, माथिल्लो तहबाट प्रेसर आएकै कारण उनलाई उन्मुक्ति दिएर बाँकी पाँच जना विरुद्ध मात्रै पक्राउ पुर्जी जारी भएको छ,’ परिसरका एक अधिकृतले अनलाइनखबरसँग भने ।

    जोशीको समूहबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्ट कुटिएका थिए । दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी) को टोलीमाथि यो समूहले आक्रमण गरेको थियो । मध्यराति हो–हल्ला गर्दै हिँडेपछि प्रहरीले उनीहरुलाई सम्झाउन खोजेको थियो । तर मोटरसाइकलमा सवार दुई प्रहरीको मोटरसाइकल लडाउँदै लौरो समेत फालिएको थियो ।

    आक्रमणबाट प्रहरीको बर्दी च्यातिनुका साथै हेल्मेट समेत फुकालेर प्रहरीलाई हिर्काइएको थियो । हाल उन्मुक्ति दिइएका जोशीले समेत प्रहरीलाई औंलो ठड्याउँदै चेतावनी दिएको भिडिओमा प्रष्ट देखिन्छ ।
    पक्राउ परेका अमृत साइन्स क्याम्पस (अस्कल)मा अध्ययनरत २६ वर्षीय दिनेश सिग्देल र २२ वर्षीय रमेश फुलारा
    तर, आफ्नो समूहका व्यक्तिले प्रहरीमाथि कुटपिट गरिसकेपछि भने जोशीले छुट्याएजसो गरेको भिडिओमा देखिन्छ ।
    आक्रमणबाट प्रहरीको बर्दी च्यातिनुका साथै हेल्मेट समेत फुकालेर प्रहरीलाई हिर्काइएको थियो । हाल उन्मुक्ति दिइएका कमलराज जोशीले समेत प्रहरीलाई औंलो ठड्याउँदै चेतावनी दिएको भिडिओमा प्रष्ट देखिन्छ ।
    यसैलाई आधारमा मान्दै उनीविरुद्ध अहिले पक्राउ पुर्जी माग नगरिएको एक प्रहरी अधिकारीको तर्क छ । ‘सार्वजनिक भएको भिडिओमा पनि देख्न सक्नु हुन्छ । प्रहरीमाथि आफ्नो समूहले आक्रमण गर्न लाग्दा उनले छुटउन खोजेको जस्तो देखिन्छ । त्यही भएर पक्राउ पुर्जीका लागि माग नगरिएको हो,’ एक अनुसन्धान अधिकारीले दाबी गरे ।

    प्रहरीमाथि कुटपिट गर्नेलाई उन्मुक्ति दिनुले अपराधको राजनीतिकरण कसरी हुन्छ भन्ने पछिल्लो केस स्टडीको रुपमा यो केस हुने नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल बताउँछन् ।
    ‘ड्युटीमा खटिएको प्रहरीमाथि जसरी आक्रमण भएको छ, त्यो हेर्दा तत्कालै समाएर कारबाही गर्नुपर्ने देखिन्छ । तर उन्मुक्ति दिने खेल भएको छ भने यसले समग्र पुलिसिङमै असर पार्छ,’ मल्लले भने ।

    जोशीका बारेमा प्रहरी अधिकारीहरुले अहिले नै खुलेर बोल्न चाहेका छैनन् । अनुसन्धानकै क्रम चलिरहेको भन्दै परिसरका एसएसपी विश्व अधिकारीले भने थप खुलेको अवस्थामा कानुन बमोजिम हुने बताए । ‘अहिले यो विषय अनुसन्धानकै क्रममा छ । दुईजना पक्राउ परिसकेका छन् । अनुसन्धानबाट खुलेका विषयहरु कानुन बमोजिम हुन्छन्,’ एसएसपी अधिकारीले भने ।

    प्रहरीलाई कुटपिट गरेको भिडिओ सार्वजनिक हुँदा समेत कारबाही नगरी उन्मुक्ति दिनुले कुटाई खाने प्रहरी मात्रै नभएर सिंगो प्रहरी संगठनकै मनोबल गिर्ने सुरक्षा मामलाका जानकारहरु बताउँछन् ।

    प्रहरी कुट्ने विवादास्पद समूह ठमेलमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा लागेका व्यक्तिहरु विवादास्पद समूह रहेको खुलेको छ । अहिले उन्मुक्ति पाएका अखिल नेता जोशीको घर बझाङ हो । बझाङको साविक मौलाली गाविस-३ हाल दुर्गाथली गाउँपालिका–४ स्थायी घर भएका २९ वर्षीय जोशीको पृष्ठभूमि पनि निकै विवादास्पद छ ।

    यसअघि अस्कल क्याम्पसकै विद्यार्थी विकास राईलाई आक्रमण गरेको आरोपमा जोशीसहित पाँच जनाविरुद्ध १६ माघ २०७९ मा काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दायर भएको थियो । त्यतिबेला पनि जोशीलाई पक्राउ नै नगरी फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो ।

    जोशीसहित त्यतिबेला अहिले पक्राउ परेका दिनेश सिग्देल, हाल फरार रहेका गोपालबहादुर शाहीविरुद्ध पनि ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दायर भएको थियो ।

    यो समूहले २६ साउन २०७९ मा अस्कल क्याम्पसमा विकास राईमाथि आक्रमण गरेको थियो । उनीहरुको आक्रमणमा परेका राईको त्यतिबेला टाउकामा ९ वटा टाँका लगाउनु परेको थियो ।

    अदालतमा मुद्दा रहेकै बेला जोशीले स्ववियु चुनावमा सभापति पदका लागि उम्मेदवारी समेत दिएका थिए । त्यतिबेला फौजदारी आरोपमा अदालतमा मुद्दा विचाराधीन रहेको व्यक्ति उम्मेदवार हुनु नहुने भन्दै विभिन्न विद्यार्थी संगठनहरूले विज्ञप्ति निकाल्दै २८ फागुन २०७९ मा अस्कल क्याम्पसमा तालाबन्दी गरेका थिए ।
    त्यतिबेला ज्यान मार्ने उद्योगमा मुद्दा चलेका उनै जोशी, सिग्देल र हाल फरार रहेका शाही सहितको समूहबाट प्रहरीमाथि कुटपिट भएको हो ।

    मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गगन थापाले भने कांग्रेसलाई लखेट्ने अवस्था नआओस्
    भीम रावलको गृहजिल्ला मै पुगेर प्रचण्डले आउनुस्, सहकार्य गरौं भने
    देश बनाउन अरु पार्टीकाले पनि एमाले नै चाहिने रहेछ भन्न थाले :ओली
    सरकारले संविधान मिच्दै गभर्नर नियुक्तिमा चलखेल गरेको छ :डा. कोइराला
    विद्युत प्राधिकरणको लापरबाहीले विद्युत पोलमा काम गरिरहेका उपेशको मृत्यु
    विचार मिल्ने पार्टीसँग पार्टी एकता गर्नुपर्छ :नेपाल

    Facebook Page

    लोकप्रिय

    • १.
      झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

    • २.
      सुनको मूल्यमा भारी रुपमा घट्यो

    • ३.
      नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

    • ४.
      रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

    • ५.
      धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

    • ६.
      मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

    भर्खरै

    • १.
      गगन थापाले भने कांग्रेसलाई लखेट्ने अवस्था नआओस्

    • २.
      भीम रावलको गृहजिल्ला मै पुगेर प्रचण्डले आउनुस्, सहकार्य गरौं भने

    • ३.
      देश बनाउन अरु पार्टीकाले पनि एमाले नै चाहिने रहेछ भन्न थाले :ओली

    • ४.
      सरकारले संविधान मिच्दै गभर्नर नियुक्तिमा चलखेल गरेको छ :डा. कोइराला

    • ५.
      विद्युत प्राधिकरणको लापरबाहीले विद्युत पोलमा काम गरिरहेका उपेशको मृत्यु

    • ६.
      विचार मिल्ने पार्टीसँग पार्टी एकता गर्नुपर्छ :नेपाल

    • ७.
      धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा भएको झडपले स्थिति तनावग्रस्त

    • ८.
      काठमाडौंमा नोरा फतेही र दुर्गेश विशेष प्रस्तुति’ दिँदै

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.