पछिलो समय बैदेशिक रोजगारीको नाममा धेरै ठगि धन्दा मौलाएका छन् जसका कारण नेपालीहरु घर नघाट समेत भएका छन्। यसै बिच आज भन्दा २ वर्ष अगाडि जपान पठाउने भन्दै पुरानो घर गोर्खाको आरुपोखरी भई हाल चितवन भरतपुर १६ घर भएका राजेन्द्र अधिकारी भनिने (जयराम अधिकारीले जापान लैजाने भन्दै करोडौ अशुली धन्दा मच्चाएका छन्।
जयराम अधिकारी भने परिवार सहित जपान बस्दै आएका छन्।
२०७९ सालमा जपान लैजाने भन्दै नक्कली कागजाद समेत खडा गरेर जयराम अधिकारीले ५० जाना भन्दा बढि व्यक्तिहरु संग धन्दै ४ करोड बराबर अशुली गरेर ठगि गरेको घटना बाहिर आएको छ। जुन घटनालाई लिएर पिडितहरु स्वयमले प्रहरीमा समेत जाहेरी दर्खास्त समेत दीएका छन्।
करोडौ ठगि गरेर जपान मानै फरार भएका जयराम अधिकारीले ओर्किङ्ग भिषा दिलाई दिने नाममा ५० जना बाट जनही ५ देखि १० लाख सम्म असुली गरेको पाईएको छ। देशमा रोजगारी नभएर रोजगारीको अवसर खोजिरहेका सयौ युवाहरु यति बेला जयराम अधिकारी बाट ठगिएका छन्।
जपानमा आफ्नै व्यसाय गर्दै परिवार संग बस्दै आएका कारण पनि युवाहरु जयरामको बिश्वाशमा परेको बताउछन विभन्न कागजात देखाई युवाहरुलाई विश्वासमा पारेर पटक पटक गर्दै युवाहरु बाट लाखौ रकम लिएका जयराम अधिकारीको पेशा भनेकै यति बेला नेपाली युवायुवतीलाई बैदेशिक रोजगारीमा भिषा र उचित काम दिलाई दिने भन्दै जपानमा बस्दै नेपालिहरुलाई लुट्ने धन्दा मच्चाई रहेका छन्।