मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल फर्काइएको छ । साइबर कसूरमा पक्राउ परेका प्रसाईंलाई मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट बमोजिम अदालतमा उपस्थित गराइएको थियो ।
उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । अहिले उनलाई अस्पताल नै फिर्ता लगिएको छ ।
यो पनि हेनुहोस :
घरेलु हिंसा पीडित भनेर बताउँदै आएकी बिनु यादव पक्राउ परेकी छन् । सर्वोच्च अदालतअघि बोर्डमा कालो रङ छ्यापेर विरोध प्रदर्शन गरेपछि उनलाई पक्राउ गरिएको हो । उनलाई हाल प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । यादवले लामो समयदेखि आफ्नो माग सम्बोधनका लागि प्रदर्शन र अनसन बस्दै आएको छन् । यसअघि उनले अनसन बसेपछि सरकार पक्ष उनको चारबुँदे सहमति पनि भएको थियो ।
बिज्ञापन
त्यतिबेला यादवमाथि पवन कठायतले जबर्जस्ती करणी उद्योग गरेको मुद्दाको निवेदनउपर कारबाहीका लागि गृह मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालय पठाउने सहमति भएको थियो । कालीमाटी प्रहरीलाई विसं २०७५ मा आफूमाथि जबर्जस्ती करणीको उजुरी फिर्ता गर्न लगाउने तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीमाथि कारबाही र अन्य विभिन्न पाँचबुँदे मागसहित यादव माइतीघर मण्डलामा सत्याग्रह बसेकी थिइन्।