• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने

रास्वपा पार्टी कार्यालमा सभापति लामिछानेको उपस्थिति सहित बैठक जारि

रवि लामिछाने : संसद् पुनर्स्थापना भन्दै षड्यन्त्रको आँखा नचम्काइयोस्

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, रविले सम्बोधन गर्ने

पर्सामा गाडी लिएर हतियारसहित बर्दीमै आए भारतीय सुरक्षाकर्मी

विद्यालय सुधार्न अभिभावकले आन्दोलन गर्नुपर्छ: शिक्षामन्त्री पुन

चिसो बढे पनि पानि नपर्ने मौसमबिद्दहरुको भनाइ

चाँदीको मूल्य नयाँ उचाइमा, सुन सामान्य घट्यो

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ३. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ४. केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

  • ५. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ६. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ७. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ८. निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

  • ९. एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

  • १०. निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली

प्रहरी भन्छ- उहाँ घरमै हुनुहुन्छ उम्मेदवारलाई अपहरण गरिएको रास्वपाको दाबी


  •   आइतबार, मङि्सर ०२, २०८१ मा प्रकाशित
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुजाता थापालाई उम्मेदवारीलाई हुम्लाको सर्केगाड गाउँपालिकामा आफ्नो उपाध्यक्ष पदका उम्मेदवारलाई अपहरण गरिएको दाबी गरेको छ ।
    पार्टीका कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आफ्ना उम्मेदवार सुजाता थापालाई उम्मेदवारी नदिन धम्क्याएको भन्दै आइतबार निर्वाचन आयोगमा निवेदन सम्म दिएका हुन् ।

    Advertisement

    हालसम्म असुरक्षाका कारण थापा उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुगेको रास्वपाको दाबी छ ।

    रास्वपाका अनुसार थापाले उम्मेदवारी मनोनयन दर्ताको तयारी गरिरहेका बेला शनिबार दिउँसो १ बजेतिर अपहरणको शैलीमा अज्ञात स्थलतर्फ लगिएको थियो ।

    ‘निज सुजाता थापा र उहाँको श्रीमान् बल थापालाई करिब ४०–४५ जना युवाहरुको समूहले घरबाट लछारपछार गर्दै अपहरणको शैलीमा अज्ञातस्थलतर्फ लिएर गएको र त्यसलगत्तै गाउँमा खैलाबैला भएको थियो’, कार्यबाहक महामन्त्री थापाले भनेका छन्, ‘यो कुरा थाहा पाएलगत्तै हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई जानकारी गराइएको थियो ।’

    पत्रमा रास्वपाका उम्मेदवार र उनको परिवारलाई त्यसरी अपहरण शैलीमा अज्ञात स्थलमा लछारपछार गरेर उम्मेदवारी नदिन धम्क्याउँदै मानसिक दबाब दिने र उम्मेदवारी दिएमा जे पनि हुनसक्ने भन्दै यातना दिइएकाले थापा र उनको परिवार मानसिक तनावमा देखिएको भनिएको छ ।

    जिल्ला प्रहरी कार्यालय, हुम्लाका प्रमुख डीएसपी रवीन्द्र खनालले भने उनलाई अपहरण गरिएको पुष्टि नभएको बताए । ‘त्यसक्रममा उहाँले आफूहरु सहमतिमै गएको बताउनुभएको छ ।’

    आइतबार दिउँसो फोनमा सम्पर्क गर्दा पनि थापाले आफू श्रीमान्सँगै घरमा रहेको जानकारी गराएको प्रहरीले जनाएको छ । ‘बाहिर अरु सूचना आइरहेकाले भेरिफाइ गर्न महिला प्रहरीसहितको टोली भेट्न पठाएका थियौं’, उनले थपे, ‘त्यसक्रममा उहाँले सल्लाहले हिँडेको बताउनुभयो भने त्यहीँबाट टोलीले सीडीओ सा’ब र मसँग कुरा गराएको थियो ।’

    आफूहरुले समाचारहरुमा अपहरण गरिएको भन्ने आएकाले के हो भन्ने सोध्दा थापाले त्यस्तो नभएको बताएको खनालले जानकारी दिए ।

    हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले पनि आफूले थापासँग कुरा गरेको भन्दै अपहरणमा परेजस्तो नलागेको बताए ।

    ‘उहाँले आफ्नो पारिवारिक पृष्ठभूमि पनि बताउनुभयो, उहाँका ससुराबुबा नेपाली कांग्रेस ४ नम्बर वडाको वडा सभापति हुनु हुँदोरहेछ’, सीडीओ पाण्डेयले भने, ‘यस्तोमा साथीहरुले परिवर्तन गराउने इच्छा राख्नुभएको होला, तर म आफ्नै घरमा स्वतन्त्र हिसाबले बसिरहेको छु भन्नुभएको छ । मैले हिजो र आज दुवै पटक उहाँसँग कुरा गरेको छु ।’

    सर्केगाड गाउँपालिकामा यसअघि निर्वाचित उपाध्यक्ष चन्द्र सिंह कार्कीको ८ भदौ २०८१ मा सवारी दुर्घटनामा मृत्यु भएको थियो । उनी नेकपा माओवादी केन्द्रबाट उम्मेदवार थिए ।
    रिक्त रहेको पदमा उपनिर्वाचनका लागि आइतबार साँझ ५ बजेसम्म मनोनयन दर्ता हुँदैछ ।

    आइतबार, मङि्सर ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने
    एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !
    भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए
    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा
    ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ३.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ४.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ५.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ६.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    भर्खरै

    • १.
      जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने

    • २.
      रास्वपा पार्टी कार्यालमा सभापति लामिछानेको उपस्थिति सहित बैठक जारि

    • ३.
      रवि लामिछाने : संसद् पुनर्स्थापना भन्दै षड्यन्त्रको आँखा नचम्काइयोस्

    • ४.
      मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

    • ५.
      रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, रविले सम्बोधन गर्ने

    • ६.
      पर्सामा गाडी लिएर हतियारसहित बर्दीमै आए भारतीय सुरक्षाकर्मी

    • ७.
      विद्यालय सुधार्न अभिभावकले आन्दोलन गर्नुपर्छ: शिक्षामन्त्री पुन

    • ८.
      चिसो बढे पनि पानि नपर्ने मौसमबिद्दहरुको भनाइ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.