• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

मन्त्रि प्रतिभा रावलको सक्रियतामा धमाधम भूमिहीनलाई जग्गा बितरण अहिलेसम्म १०० जनाले पाए लालपूर्जा ,

अर्थमन्त्रीको प्रवासी नेपालीलाई आग्रह: ‘मातृभूमिको विकासमा लगानी गरेर साथ दिनुस्’

चुच्चे नक्सासहित कालभैरव अंकित नयाँ सिक्का सार्वजनिक, बालेन सरकारमाथि उठेका राष्ट्रियताको प्रश्न फेरि चर्चामा

रोल्पाको पहिरोमा बेपत्ता भएका दुई महिला मृत भेटिए

ओली–प्रचण्डले गरे फेरी ३ बुँदे सहमति कुन प्रदेश कसको भागमा ?

तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे विद्युतीय कारभित्र जलेको अवस्थामा भेटियो महिलाको शव

सोमबारदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो प्राथमिकता एम्बुलेन्स र आकस्मिक सेवालाई

रास्वपा सांसदले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको अन्तिम स्वीकृति अनिवार्य

प्रधानमन्त्री बालेनको प्रचार पछि डीडीसीको कारोबार ४ अर्ब नाघ्यो

लोकप्रिय समाचार

  • १. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • २. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • ३. आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

  • ४. हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

  • ५. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

  • ६. भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

  • ७. प्रधानमन्त्री र मन्त्रीहरू पार्टी र नेतृत्वप्रति उत्तरदायी हुनुपर्छ : स्वर्णिम वाग्ले

  • ८. उजुरी दिनै सास्ती! वैदेशिक रोजगार विभागको साँघुरो गल्लीमा घण्टौँ कुर्न बाध्य पीडित श्रममन्त्रीको छड्के

  • ९. काठमाडौँको बौद्धमा खाजाघर चलाउदै आएकी २७ वर्षीय युवतीले गरिन् आत्मदाह प्रयास

  • १०. स्थानीय तहमा ढिलासुस्ती र भ्रष्टाचार रोक्न सरकारको कडा कदम मुख्यसचिवको निगरानी

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै


  •   बिहिबार, असोज ०३, २०८१ मा प्रकाशित
  • काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।

    Advertisement

    त्यस अवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । आजै साँझै राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम निर्धारण भएको छ । संविधान दिवसका उपलक्ष्यमा सङ्घ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा पनि विभिन्न कार्यक्रमको आयोजना गरिने छ । विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुनेछन् ।

    नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट विस २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो। ३५ भाग, ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ ।

    सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ । ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आजै नौ वर्ष पूरा भएको छ ।

    संविधान दिवसकै खुसियालीमा नागरिकस्तरबाट काठमाडौँको दरबारमार्गमा राष्ट्रिय दिवस साङगीतिक प्रस्तुती हुनेछ । यसैबीच, संविधान दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरुले शुभकामना सन्देशमार्फत उल्लासमय वातावरणमा राष्ट्रिय दिवस भव्य रूपमा मनाउन आम–जनसमुदायलाई आह्वान गरेका छन् ।

    सरकारले संविधान दिवसका अवसरमा दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वानसमेत गरेको छ । रासस

    बिहिबार, असोज ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सोमबारदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो प्राथमिकता एम्बुलेन्स र आकस्मिक सेवालाई
    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    Facebook Page

    लोकप्रिय

    • १.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • २.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • ३.
      आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

    • ४.
      हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

    • ५.
      कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

    • ६.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    भर्खरै

    • १.
      मन्त्रि प्रतिभा रावलको सक्रियतामा धमाधम भूमिहीनलाई जग्गा बितरण अहिलेसम्म १०० जनाले पाए लालपूर्जा ,

    • २.
      अर्थमन्त्रीको प्रवासी नेपालीलाई आग्रह: ‘मातृभूमिको विकासमा लगानी गरेर साथ दिनुस्’

    • ३.
      चुच्चे नक्सासहित कालभैरव अंकित नयाँ सिक्का सार्वजनिक, बालेन सरकारमाथि उठेका राष्ट्रियताको प्रश्न फेरि चर्चामा

    • ४.
      रोल्पाको पहिरोमा बेपत्ता भएका दुई महिला मृत भेटिए

    • ५.
      ओली–प्रचण्डले गरे फेरी ३ बुँदे सहमति कुन प्रदेश कसको भागमा ?

    • ६.
      तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे विद्युतीय कारभित्र जलेको अवस्थामा भेटियो महिलाको शव

    • ७.
      सोमबारदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो प्राथमिकता एम्बुलेन्स र आकस्मिक सेवालाई

    • ८.
      रास्वपा सांसदले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको अन्तिम स्वीकृति अनिवार्य

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.