• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

सोमबार पनि घट्यो सुन-चाँदीको भाउ

देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

लोकप्रिय समाचार

  • १. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ५. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • १०. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

भूमाफियाले जग्गा अर्कैलाई बेचिदिए घर न घाटका भए किसान जग्गा फिर्ता नपाएसम्म घर नफर्किने !


  •   मङ्गलबार, साउन ३१, २०७९ मा प्रकाशित
  • काठमाडौं: आफूले वर्षौदेखि खनजोत गरेर पेट पाल्दै आएको जग्गा अचानक अर्कैको नाममा नामसारी भएको देख्दा कसलाई अचम्म नलाग्ला ।

    Advertisement

    त्यस्तै भएको छ नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका-६ का रघुनाथ मिश्रलाई । उनको १५ कट्टा जग्गासँगै ओत लाग्ने झुप्रोमाथिसमेत अर्कैले मेरो हो भनेर दाबी गरिरहेको छ । अहिले उनी घरबारविहीन जस्तै बनेका छन् । घरबारी छ भनौं आफ्नो नाममा छैन् । छैन भनौं आफ्नै बाजेले किनेको जग्गा, जुन अहिलेसम्म उनले भोगचलन गर्दै आएका छन् ।

    म त घरजग्गाविहीन भएको छु । मेरो जग्गा हो भनौं भने अर्कैको नाममा गरिसक्या रहेछ । होइन भनौं भने बाजेका पालामा किनेको जग्गा मिश्र भन्छन् ।
    बाजे राजाराम मिश्रले साहुजन प्रेमशरण खत्रीबाट १६ कठ्ठा जग्गा किनेका थिए । बाजेले किनेकै जग्गा बुवा वैजनाथ मिश्र र आफूले अहिलेसम्म भोगचलन गर्दै आइरहेको उनी बताउँछन् ।

    कुनै जागिर नभएका उनी १६ कठ्ठामै खेतीपाती गरेर गुजरा गर्दै आइरहेका थिए । तर अहिले त्यही खेतबारी उनको नरहने अवस्था आएको छ । भूमाफियाले जालझेल गरेर मिश्रलाई कुनै छनकसमेत नदिई जग्गा अर्कैलाई बेचिदिए ।

    भूमाफियाले २०७४ सालमा मिश्रलाई कुनै शंका नहुने गरी उनले भोगचलन गर्दै आइरहेको जग्गा सुटुक्क अर्कैलाई बेचिदिए । मिश्रको जग्गा किन्ने मान्छे अहिले उनलाई बारम्बार खेतबारी र घरबार छोडेर जा भनेर धम्की दिन्छ ।

    ‘बाजेका पालादेखि गुजारा गर्ने त्यही जग्गा र कच्ची घर त थियो त्यही पनि माफियाले अरुलाई नै बेचिदिए । कुन बेला सडकमा आउनुपर्ने हो पत्तो छैन । सरकारसँग घरबारी बचाइमाग्न काठमाडौं आएको हुँ,’ सोमबार माइतीघर मण्डलाको धर्नामा भेटिएका उनले भने ।

    मिश्रको घरसहितको १६ कट्टा जग्गा भूमाफियाले स्युलाल चमारलाई बेचिसकेका रहेछन् । मालपोत विभागका कर्मचारीसँगको मिलेमतोमा भूमाफियाले जग्गा अर्कैको नाममा नामसारी गरिसक्दा पनि मिश्रले कुनै सुइको पाएनन् ।

    ‘हामी त आफ्नो काम गरिखाने मान्छे । बाजेका पालादेखि खनिखेत गर्दै आएको जग्गामा माफियाको आँखा लाग्छ भनेर सोच्नै सकेनौं । भूमाफियाले घर न घाटको बनाइदिए । अब कसरी परिवार पाल्नु, कसरी छोराछोरी पढाउनु, कहाँ बस्नु ?’ मिश्रले गुनासो गरे ।

    त्यसैले उनी अहिले न्याय पाइने आशामा काठमाडौंमा धर्ना दिन आएका छन् । ‘जनताको समस्या र दुःखमा साथ दिने भनेकै सरकार हो । हामी अन्तत कहाँ जाने ? सरकारले हाम्रो परिवारको विचल्ली हुनबाट बचाइदेओस्’ उनी आशावादी सुनिए ।

    उस्तै समस्या छ रामदेव केवटको । १३ कट्टा ५ धुर जग्गा उनी बाजेको पालादेखि भोगचलन गर्दै आइरहेका थिए । उनीसँग बाजेले साहु प्रेमशरण खत्रीलाई जग्गा किन्दा तिरेको पैसाको कागजसमेत छ ।

    तर उनको जग्गा भूमाफियाले अर्कैलाई बेचिसकेका रहेछन् । उनको सम्पूर्ण जग्गा र घर अहिले प्रदीप सुनारको नाममा छ ।

    ‘थाहा नदिई जग्गा बेचेका माफियाहरू अहिले तेरो घरजग्गा मेरो नाममा छ, निस्केर जा छोडेर जा भन्छन् । हामी कहाँ जानु, आफ्नो जग्गा कसरी छोड्नु ?’ उनले भने ।

    तातो दूध निल्नु न अकेल्नु जस्तै भएको छ रामरामदेवलाई । आफ्नो हो भनौं किन्नेले प्रमाण देखाउँछ । होइन भनौं आफूले बाजेका पालादेखि बनिबुतो गर्दै आएको छ । उनीसँग जग्गा धनी खत्रीलाई तिरेको पैसाको बिलसमेत छ ।

    रामदेवका अनुसार माफियाले सरकार, राजस्व कार्यालय र मालपोत विभागबाट बच्नका लागि किसानको जग्गालाई थोरैथोरै गरि आफ्ना छोराछोरीको नाममा नामसारी गरी बिक्री गरेको छ ।
    खगेन कहारको १५ कट्टा जग्गा अहिले असकुमार सैतवार र प्रदीप सुनारको नाममा छ ।

    ७५ वर्षीय खगेन कहारलाई बुढेसकाल सुख दुःख जे भए पनि घरमै बिताउन मन थियो । तर घरमा बस्दा उनलाई माफियाले बेलाबेला तर्साइरहन्छ । घरखेत छाडेर जा भनिरहन्छ । तर जाने कहाँ ? उनको भएको सम्पत्ति त्यही १५ कट्टा जग्गा र सानो घर हो ।

    उनी घरबारी बचाउने आशाको पोका बोकेर काठमाडौं आएका हुन् । ‘भूमाफियाले एकातिर घर जग्गा छोड भनेर धम्की दिइरहन्छ । अर्कातिर तेरो बाली काटेर लैजान्छु भनेर तर्साइरहन्छ । भोकै परिने घरबारविहीन हुने कुराले निद चैन सबै हराएको छ’ माइतीघर मण्डलामा धर्नामा बसेका उनले सुनाए ।

    रती कहारको पीडा पनि उस्तै छ । ‘स-साना छोराछोरीलाई छोडेर काठमाडौं आउन कुन आमाको रहर हुन्छ र ? हामी त बाध्य भएर घरखेत नरहने भएपनि आउन बाध्य भएका हौं,’ उनले सुरुमै सुनाइन् । रती कहरको पाल्हीनन्दन गाउँपालिका- ६ मा ५ कठ्ठा जग्गा थियो । तर अहिले त्यो जग्गा अर्कैको नाममा छ । भूमाफियाले उनको जग्गा अर्कैलाई बेचिसकेका छन् ।

    ‘न श्रीमानको जागिर छ न घरबारी रहन्छ । मैले कसरी छोराछोरी पाल्ने कहाँ बस्ने ?’ उनले गुनासो गरिन । नक्कली जग्गा धनी खडा गरेर भूमाफियाले जग्गा बेचेपछि उनीहरु आक्रोशित र निराश बनेका छन् । पाल्हीनन्दन गाउँपालिका-६ का अध्यक्ष किशोरचन्द्र यादवसहित ६५ जना पीडित काठमाडौं आएका छन् ।

    जग्गा पीडित किसान संघर्ष समितिको आयोजनामा ६५ पीडित परिवार नक्कली जग्गाधनी खडा गर्ने भूमाफिया र भ्रष्ट कर्मचारी विरुद्ध धर्ना दिन आइतबार काठमाडौं आएका हुन् । उनीहरुले किसानको जग्गा फिर्ता नपाएसम्म घर नफर्किने बताएका छन् ।

    के हो समस्या ?

    ७० वर्षीय गोरखनाथ कहारका अनुसार वडानम्बर ५ मा ३४ विघा जग्गा छ । जुन पहिले साहु प्रेमशरण खत्रीको नाममा थियो । खत्रीको जन्म नेपालमा भएको बताइए पनि उनको बसोबास भारततिरै थियो । नेपालमा धेरै जग्गा रहेको चाल पाएपछि प्रेमशरणको नक्कली छोरा बने अनुप मेहरा ।

    गोरखनाथका अनुसार अनुप मेहराको खत्रीसँग कुनै सम्बन्ध छैन । उसले जग्गाको लोभमा परेर मालपोतका कर्मचारी मिलाएर आफ्नो नाममा जग्गा पास गरेको हो । अनुप भारतमा मेहरा थर लेख्छन् भने नेपालमा खत्री लेखाएका छन् । पैसाको भरमा अनुपले नेपालमा आई प्रेम खत्रीलाई बुवा बनाई मृत्यु दर्ता गराएको र छोरा भएको प्रमाणपत्र लिएको गोरखनााथको भनाइ छ ।

    ३४ विघा जग्गा कब्जा गर्ने उद्देश्यले मालपोतका कर्मचारीको मिलेमतोमा दीपेन्द्र सैतवार, अस कुमार सैतवार, प्रदीप सुनार, तेजस सुनार र पियंका बर्मा लागिपरेको उनले अनलाइनखबरलाई बताए । उनका अनुसार प्रदीप, तेजस र प्रियंका बर्मा भारतीय नागरिक हुन ।

    पाल्हीनन्दनका ६५ घरपरिवारका पीडितसँग पाल्हीनन्दन गाउँपालिका-६ का वडाध्यक्ष किशोरचन्द्र यादवसमेत पीडित किसानसँग काठमाडौं आएका छन् । यादव पनि दिनभर न्यायका लागि माइतीघर मण्डलामा धर्नामा बसिरहेका छन् ।

    अनुप मेहरा लगायतका अन्य भूमाफिया मालपोतका कर्मचारीसँग मिलेर किसानलाई घरबारविहीन बनाएका छन् । बाजेको पालादेखि खनिखेत गर्दै आएको र साहुबाट किनेको जमीन अर्कैको नाममा राख्दा सर्वसाधारण घरबारविहीन हुने अवस्थामा पुगेका छन् । हामी सरकारसँग न्याय माग्न आएका हौं’ उनले अनलाइनखबरसँग भने ।

    भूमाफियाले गैरकानुनी तरिकाले नियोजित र गलत नियतले किसानको जग्गा बेचेको उनको भनाइ छ । सरकारले भूमाफियाको नाममा रहेको जग्गा बदर गरी आफ्नो नाममा ल्याई भोग चलन गर्दै आएका किसानलाई दिनुपर्ने उनको माग छ ।

    किसानसँग साहुलाई तिरेको पैसाको कागजात र बिलसमेत रहेको भन्दै कतिपयले नगदसमेत पैसा बुझाएको उनको भनाइ छ । ३४ विघाका साहु भनिनेहरू तीन पुस्तादेखि नेपाल नआए पनि बिचौलिया तथा भूमाफियाले आफ्नो नाममा नामसारी गरेर पीडित किसानको बिचल्ली पारेको उनले बताए ।
    घर जग्गा बचाइदिनका लागि पाल्हीनन्दन गाउँपालिका-६ का किसानले जिल्ला अदालत नवलपरासीका साथै वुटवलको उच्च अदालत गुहारे ।

    तर उच्च अदालतबाट न्याय पाउने आशा नभएको भन्दै उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिएका छन् । आयोगले अनुसन्धान गरी जग्गा रोक्का गरेको छ ।अहिले काठमाडौं विशेष अदालतमा मुद्दा चलिरहेको छ । मंगलबार मुद्दाको पेसी तोकिएको छ ।

    मङ्गलबार, साउन ३१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सोमबार पनि घट्यो सुन-चाँदीको भाउ
    देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम
    आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने
    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    Facebook Page

    लोकप्रिय

    • १.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ५.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      सोमबार पनि घट्यो सुन-चाँदीको भाउ

    • २.
      देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

    • ३.
      आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

    • ४.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • ५.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ६.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ७.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ८.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.