१३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्तिको पलायन रोक्नका लागि स्वदेशमै रोजगारीको पर्याप्त अवसर दिन सरकार क्रियाशील रहेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले स्वदेशमै रोजगारीको पर्याप्त अवसर नभएसम्म वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनु पर्ने समेत बताएका छन् ।
नेपाल सरकारले श्रमिकहरूको हितरक्षालाई केन्द्रमा राख्दै विदेशमा रहेका नेपालीहरू, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा
क्रियाशील श्रमिकहरूका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरी प्रभावकारी कार्यान्वयनसमेत गरिरहेको छ’ उनले भनेका छन् ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर श्रमको सम्मान, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जना गर्न सरकार गम्भीर रुपमा लागेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरेका छन् ।

