वैशाख १५ मा भएको उपनिर्वाचनमा एमाका उम्मेदवार नेम्वाङलाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का मिलन लिम्बूले इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका नेकपा (एमाले) का सुहाङ नेम्वाङलाई बधाई दिएका छन्।
मतपरिणाम आएपछि मंगलबार नेम्वाङलाई भेटेर लिम्बूले बधाई दिएका हुन्।
लिम्बूले नेम्वाङको जित समग्र इलाम र इलामेली जनताको जितमा रूपान्तरण हुने अपेक्षा पनि गरेका छन्।
उपनिर्वाचनमा एमाले उम्मेदवार नेम्वाङ २७ हजार ७७२ मत ल्याएर निर्वाचित भएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार लिम्बूले ५०५० मत ल्याएका थिए।

