काठमाडौँ। पत्रकारीता कर्मसंगै ब्यावसायीक रुपमा किंग्स मोसन पिक्चर प्रालीबाट आफ्नो ब्यावसायलाई अघी बढाउँदै संञ्चार क्षेत्रलाई आश्यक पर्ने ब्यावसायीक बिज्ञापन निर्माण निर्देशक साथै दृष्य सम्पादनमा अब्बल रहेका पत्रकार सुनिल श्रेष्ठलाई भिडियो एडिटर अवार्डबाट सम्मान गरिएको छ।
न्युज एक्सप्रेस मिडिया प्राइभेट लिमिटेडले मंगलबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रमका बीच श्रेष्ठलाइ भिडियो एडिटर अवार्ड प्रदान गरिएको थियो।
पत्रकारीता क्षेत्र बाट आफ्नो परीचय बनाएका सुनिल श्रेष्ठ ‘प्रतिक’ ले नेश्नल टेलिभिजनबाट आफ्नो पत्रकारीता सुरुगर्दै एभिन्यूज टेलिभिजन , हिमालय टेलिभिजनमा दृष्य सम्बादक, नेपाल वान टेलिभिजनमा सम्बाददाता अर्थ न्यूज टेलिभिजनमा प्रदेश १ ब्यूरो प्रमुख हुँदै पुनः एभिन्यूज टेलिभिजनमा प्रदेश १ बाट आफ्नो पत्रकारीता कर्म गर्दै आएका छन्।
राजधानीमा मात्र नभई मोफसलमा पनी उत्कृष्ट काम गर्न सकिन्छ भन्ने उधाहरण सहित उहाँले दृष्य सम्पादनमा गरेको योगदानलाई कदर गर्दै राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८० को भिडियो एडिटर अवार्डबाट श्रेष्ठ सम्मानित भएका हुन्।