काठमाडौँ। फोटो पत्रकार प्रकाशचन्द्र तिमिल्सेनालाई जोखिमपूर्ण फोटोपत्रकारिता अवार्ड प्रदान गरिएको छ । तिमल्सेना कान्तिपुर दैनिक र द काठमाण्डु पोस्टका फोटो सम्पादक हुन्।
न्युज एक्सप्रेस मिडिया प्राइभेट लिमिटेडले मंगलबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रमका बीच तिमिल्सेनालाई जोखिमपूर्ण फोटोपत्रकारिता अवार्ड प्रदान गरिएको थियो।
तिमल्सेनाले जोखिम उठाएरै फोटो पत्रकारिता मार्फत् जनतालाई सुसूचित गर्ने र विक्रिती विसंगती विरुद्ध खवरदारी गर्ने कार्य गर्दै आएका
तिमिल्सेनालाई उपसभामुख इन्दिरा राना र प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीले प्रमाणपत्र दिएका थिए । तिमिल्सेनाले पछिल्लो समय इजरायल-हमास युद्धको स्थलगत रिपोर्टिङ गरेका थिए ।
आफ्नो ज्यानलाई समेत जोखिम राख्दै देश देखि बिदेश सम्म पुगेर फोटो पत्रकारिता मार्फत जनतालाई सत्य तथ्य सुचना दिन अहोरात्र आफ्नो कर्ममा लागी परेका प्रकाश चन्द्र तिमिल्सेना कान्तिपुर अघि उहाँले द रिपोर्टर साप्ताहिक अंग्रजी, राजधानी दैनिक, समाचारपत्र दैनिक र फ्रिलान्सरका रुपमा काम गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए गरेका छन् ।