काठमाडौं । सिन्धुलीमा कुकर बम बिस्फोट भएको छ । एनसेलको टावरमा बम विस्फोट भएको बताइएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिकास्थित एनसेलको टावरमा बम विस्फोट भएको हो । गएराति साढे १ बजेतिर कुकर बम विस्फोट भएको थियो ।विस्फोटबाट टावरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
विष्फोटका कारण टावरको विद्युतीय तारलगायत उपकरणमा समान्य क्षति भएकाले टेलिकम सेवामा भने असर नभएको प्रहरीले जनाएको छ ।घटनास्थलमा जनमुक्ति सेनाको पर्चा भेटिएको छ । पर्चामा एनसेलले ठगी गरेको आरोप लगाइएको छ । विस्फोट गराउने समूहलाई प्रहरीले खोजी गरिरहेको छ ।