काठमाडौँ। बर्दियाको मधुवन नगरपालिकामा नातिनीको बलात्कार गरेको आरोप हजुरबुवा पक्राउ परेका छन् ।
४३ वर्षीय एक पुरुषले नातिनी पर्ने ९ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
कक्षा- ३ मा पास भएको खबर सुनाउन जाँदा बुधवार हजुरबुवाले बलात्कार गरेको जाहेरी परेको प्रहरीले जनाएको छ ।
आरोपित पुरुषलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डिएसपी तुलसीराम अर्यालले बताएका छन् । उनीमाथि नाबालिक जबरजस्ती करणीमा मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।