काठमाडौँ। सरकारले विभिन्न २३ वटा निर्माण व्यवसायी र आपूर्तिकतालाई कालोसूचीमा राखेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै ती कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको नकारी गराएको छ ।
ठेक्का लिएर समयमा काम नगरेको भन्दै श्री आई.एस. कन्स्ट्रक्सन प्रालि दिपायल, पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, काठमाडौँ, श्री धिताल बिल्डर्स, नौबस्ता–०८ बाँकेलगायत कम्पनीलाई कालोसूचीमा राखिएको सूचनामा उल्लेख गरिएको छ ।
कालोसूचीमा राखिएका कम्पनी तथा आपूर्तिकर्ताले कालोसूचीको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जनाएको छ ।